© २०२३
बुटवल, २९ मंसिर ।
यातायात मजदुर तथा ब्यवसायी भलाई कोषले दर्ता शुल्कमा छुट गरेको छ । यातायात मजदुर तथा ब्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले भाडामा चल्ने सवारी तथा निजी सवारी साधनमा लिइदै आएको शुल्कमा रु ५०० र ठूला सवारी साधनको दर्ता शुल्क रु १ हजारमा दर्ता गरिने बताए ।
यो सुविधा केही समयको लागि भएको अध्यक्ष फुल्लेलले बताए । यातायात मजदुर तथा ब्यवसायी भलाई कोषमा दर्ता गरी मासिक तथा वार्षिक शुल्क बुझाई दुर्घटनाको झन्झटबाट मुक्ति हुन सवारी धनी वर्गमा अध्यक्ष फुल्लेलले आग्रह गरेका छन ।
पुरानो शुल्क साना सवारीमा रु १५ सय र ठूला सवारी साधनमा रु २१सय भएकोमा अहिले भारी छुटको अवसर लिन यातायात मजदुर तथा ब्यवसायी भलाई कोषका सचिव प्रकाश कुमार नेपालले आग्रह गरे ।