ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

तिहारमा घन्किने चित्रे बादीको मादल

२३ आश्विन २०८२, बिहीबार
२३ आश्विन २०८२, बिहीबार

दाङ, २३ असोज ।

कच्ची, कमेरो माटाले लिपेको चिटिक्कको घर । वरिपरि मादलले घेरिएर बसेका घोराही उपमहानगरपालिका–१७ पचुर्खाका चित्रे बादी ।

तिहार नजिकिँदै गर्दा मादलमा खरी भर्न व्यस्त छन् उनी । तिहारका बेला मादलको माग अत्यधिक बढ्ने हुँदा उनी मादल बनाउने चटारोमा छन् । यसबाट आएको कमाइ नै उनको घर खर्च चलाउने प्रमुख माध्यम हो ।

पुरानो मादल मर्मत गर्ने र नयाँ तयार गर्ने गरेको उनले बताए । उनका बुवा गुइँठे बादीले मादल बनाउने काम गर्ने गरेको बुवासँगै काम गर्दागर्दै उनले काम सिकेको बताए । उनले भने, ‘म १२ वर्ष हुँदा देखि मादल बनाउन सिकेको हुँ ।

पहिले जमानामा पढ्ने लेख्ने काम हुँदै थ्यो । बुवाले हातमा सीप भएपछि भोकै बस्नु पर्दैन भन्नुहुन्थ्यो त्यही भएर सीप सिक्न थाले । अहिले ७० वर्ष भए यो पेसा निरन्तर दिइरहेको छु’ उनले भने । ‘बिहान उज्यालो भएदेखि बेलुका अँध्यारो नभएसम्म हामी काम गर्छौ ।

काम त अरू समय पनि हुन्छ तर तिहारमा काम बढी हुन्छ, काम अनुसारको कमाइ नि हुन्छ । यसैबाट हाम्रो गुजारा चलेको छ ।’ उनले आफ्नो बुवाबाट सिकेको सीपलाई उपयोग गरेर आफ्ना चार छोरा र दुई छोरीको पालनपोषण गरेको बताए ।

मादल बिक्रीबाट राम्रो आम्दानी हुने र खर्च पनि चलेको उनको भनाइ छ । तिहारको समय देउसी भैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्न ल्याउने गरेकाले उनले व्यस्त भएका छन् ।

तिहारको समय मादलबाट कमाइ राम्रै हुने गरेको र मादलमा प्रयोग हुने छाला काढ्न र सुकाउन झन्झट हुने गरेको बताए ।  नयाँ मादलको आकार हेरेर सात हजारदेखि १५ हजार सम्ममा बिक्री हुन्छ भने पुरानो मादल मर्मत गरेको १२ सयदेखि १६ सयसम्म लिने गरेको उनको भनाइ छ ।

तिहार नजिक आउन लागेसँगै मादल मर्मत गर्न ल्याउनेको चाप बढेको छ । घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्यूठान र रोल्पा लगायतका स्थानबाट मादल बनाउन ल्याउने गरेको उनले बताए । चित्रेको काममा उनकी श्रीमती भूमि बादीले सहयोग गर्ने गर्ने गर्दछिन् ।

नयाँ बनाउन आउँदैन श्रीमानको सहयोगीको रूपमा काम गर्ने गरेको छु, उनले भनिन् । खरी बनाउने, छाला काट्ने र मर्मत गर्न सहयोग गर्ने गरेको भूमिले बताइन् ।

बुढाबुढी मिलेर काम गर्छौ खाली समय बस्नु परेको छैन काम पनि भएको छ दाम पनि भएको छ । पुर्खौली सीपलाई सदुपयोग गरेका छौँ, उनले भनिन ।
मादलको ढुङ्ग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले गाउँमा काठ खोज्न समय लाग्ने गरेको उनको भनाइ छ ।

खिर्रो, मौवा, मलेतो, खमारी लगायतका काठको ढुङ्ग्रो बनाउन सकिने भए पनि मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?