ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

विश्वविद्यालयको विषयमा भ्रम छरेको भन्दै निन्दा

२९ मंसिर २०७९, बिहीबार
२९ मंसिर २०७९, बिहीबार

बुटवल, २९ मंसिर ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले विश्वविद्यालयका विषयमा केही सञ्चारमाध्यममा प्रकाशित भएका समाचारबाट भ्रम छरिएको भन्दै निन्दा गरेको छ । विश्वविद्यालयमा भएका नियुक्ती तथा शिक्षकहरुका विषयमा लगाइएका आरोपहरु तथ्यहीन भएको विश्वविद्यालयले जनाएको छ ।

केही सञ्चारमाध्यमले विश्वविद्यालयका भएका नियुक्ती नियमविपरीत र नातापाताका आधारमा भएको भन्ने समाचार प्रकाशित गरेका थिए । विश्वविद्यालयले त्यसको खण्डन गर्दै समाचारमा उल्लेख गरिएका विषयहरुमा कुनै पनि सत्यता नभएको जनाएको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै विश्वविद्यालयले विश्वविद्यालय ऐनको दफा २३ को उपदफा २ बमोजिम रजिष्ट्रारको नियुक्ती प्रधानमन्त्री एवं कुलपतिबाट भएको जनाएको छ । ‘रजिष्ट्रारको नियुक्ती कसरी हुन्छ भन्ने समान्य जानकारी समेत नभई समाचार प्रकाशित गर्नुले नियत गलत रहेको पुष्टि गर्दछ, सूचना अधिकारी चुरामणि पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

‘सत्य, तथ्य सूचनाका आधारमा जनतालाई सूसुचित गर्ने अहम् भूमिका सञ्चारमाध्यमको रहन्छ । सञ्चारमाध्यमा प्रकाशन र प्रशारण हुने समाचारहरु सत्य तथ्यमा आधारित र निष्पक्ष हुन्छन् भन्ने कुरामा आम नागरिक विश्वास गर्छन् । तथापि, मिति २०७९ मंसिर २७ गते केही सञ्चारमाध्यममा प्रकाशित लुम्बिनी बौद्ध विश्वविद्यालय सम्बन्धी समाचार हेर्दा आश्चर्यचकित बनाएको छ, विज्ञप्तीमा भनिएको छ । विश्वविद्यालयले समाचारको खण्डन गर्दै लगाइएका आरोपहरुको प्रमाण समेत दिएको छ ।

विश्वविद्यालयमा स्थायी, करार, कोर्ष करार, आगन्तुक शिक्षक तथा विज्ञ रहने व्यवस्था छ । हाल विश्वविद्यालयमा कार्यरत प्राज्ञिक जनशक्ति विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २०,२१ र २३ बमोजिमको प्रक्रिया पु¥याई नियुक्त गरिएको विज्ञप्तीमा जनाइएको छ । समाचारमा भनिएजस्तो करारमा नियुक्त शिक्षकसंग कुनै पनि पदाधिकारी नाता सम्बन्ध नरहेको जनाइएको छ । त्यस्तै २०७२ सालमै एलएलएम गरेका शिक्षकलाई योग्यता नपुगी नियुक्त गरिएको भन्ने भ्रम फैलाउने काम भएको भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

विश्वविद्यालयको पुस्तकालय भवन निर्माणका सन्दर्भमा रजिष्ट्रारले आर्थिक लाभ लिएको विषय निराधार र कपोलकल्पित रहेको विज्ञप्तीमा जनाइएको छ । ‘समाचारमा उल्लेख गरिएजस्तो पैसा जम्मा गर्नका लागि विश्वविद्यालयका रजिष्ट्रारको माछापुच्छ्रे बैंकमा खाता नै हालसम्म नखोलेको अवस्था छ । आवश्यक परेमा माछापुच्छ्रे बैंकबाट सूचना लिन सकिन्छ । तसर्थ यो काल्पनिक विषय हो, विज्ञप्तीमा भनिएको छ ।

विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा समय–समयमा विषय विज्ञ आमन्त्रण गरी विशेष कक्षा सञ्चालन हुने गरेको र सोही क्रममा विषय विज्ञहरुलाई होटलमा राख्ने गरिएको र त्यो नियमसंगत रहेको जनाइएको छ ।
विश्वविद्यालयमा रहेको सबै डिनहरुको नियुक्ती विश्वविद्यालय ऐन २०६३ को दफा २४ (२) बमोमिज कार्यकारी परिषद्को निर्णयबाट हुने गरेको र आवश्यक भए प्रमाण लिन विश्वविद्यालयमा आउन आग्रह गरिएको छ । विश्वविद्यालयको सेवा सम्बन्धी नियमावली २०७४ को नियम २३ ले विषय विज्ञ नियुक्त गर्न सक्ने व्यवस्था गरेको, सो अधिकार कार्यकारी परिषद्मा रहेकाले सोही अधिकारभित्र रहेर विषय विज्ञ नियुक्त हुने गरेको विज्ञप्तीमा जनाइएको छ । शिक्षकहरुको चरित्रमाथि गम्भिर प्रकृतिको आरोप लगाइएको प्रति विश्वविद्यालयले खेद व्यक्त गरेको छ ।

‘समाचारमा उल्लेख गरिएका आरोपहरु पदाधिकारीको चरित्रहत्या तथा विश्वविद्यालयको शाख गिराउने र बदनाम गर्ने नियतबाट समाचार प्रकाशित भएको प्रष्ट देखिन्छ, विज्ञप्तीमा जनाइएको छ ।

शिक्षकमा फेल भएका खनालले गरे भ्रमको खेती

विश्वविद्यालयबाट पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार सहप्राध्यापकका लागि आवेदन दिएका दाङका दीपक खनालले आफू फेल भएको रिसमा विश्वविद्यालयको बदनाम गर्न खोजेको विश्वविद्यालय स्रोतले जनाएको छ । ‘दीपक खनालले सहायक प्राध्यापकमा आवेदन दिएका थिए, मौखिक परीक्षाका दिनसम्म पनि उनले आफ्नो एलएलएम पास गरेको सर्टिफिकेट देखाउन सकेनन, एक अधिकारीले भने,–‘योग्यता नै नभएपछि उनले अन्र्तवार्ताकारसंग अभद्र व्यवहार गर्दै परीक्षाहलबाट बाहिरिएका थिए । त्यही रिसमा उनले विश्वविद्यालयको विषयमा भ्रम छरिरहेका छन् ।’

खनालले आफ्नो कमजोरी ढाकछोप गर्न भ्रमण फैलाउने काम गरेको बताइएको छ । उनले अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कर्ता केन्द्रमा समेत अनावश्यक आरोप लगाउदै उजुरी दिएको बताइएको छ ।

शिक्षकमा फेल भएका खनालले विश्वविद्यालयको बुटवल सिटी क्याम्पसमा अध्ययनरत केही विद्यार्थीलाई समेत दुरुपयोग गरी विश्वविद्यालयको विषयमा भ्रम फैलाउने काम गरेको बताइएको छ । उनकै निर्देशनमा क्याम्पसमा होहल्ला समेत गरिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?