Butwal Today

बुधबारपछि धान भित्र्याउन उपयुक्त हुन्छ : डा. उप्रेती

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २१ असोज ।

जलवायु तथा विपद् विशेषज्ञ डा. धर्मराज उप्रेतीले आगामी बुधबारपछि धान भित्र्याउन अनुकूल समय सुरु हुने बताएका छन् ।

उनका अनुसार बुधबारदेखि नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको छ, जसका कारण धान काट्न र भित्र्याउन अनुकूल मौसम रहने अनुमान गरिएको छ ।

आउँदो बुधवारदेखि मनसुन बाहिरिने र तत्काल पश्चिमी वायुको समेत प्रभाव नहुने अनुमान गर्दै उनले तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?