ट्रेंडिंग:

>> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

सरकारी गाडी होइन, आफ्नै स्कुटरमा जनताको सेवामा अध्यक्ष 

२१ आश्विन २०८२, मंगलवार
२१ आश्विन २०८२, मंगलवार

लमही, २१ असोज ।

स्थानीय तहका प्रमुखहरू प्रायः सरकारी सवारी साधनमै आवतजावत गर्ने गर्छन् । तर दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट भने पछिल्लो समय यस चलन तोड्दै आफ्नै विद्युतीय स्कुटरमा गाउँपालिकाभित्रका सबै कार्यसम्पादन र जनसम्पर्कका गतिविधिहरू गर्दै आएका छन् ।

गाउँपालिका बाहिरका लामो दूरीका यात्राबाहेक, पालिकाभित्रका बैठक, निरीक्षण, कार्यालय काम तथा जनभेटघाटजस्ता सबै गतिविधिमा उनी विद्युतीय स्कुटरमै पुग्ने गरेको बताउँछन् ।

उनको यो कार्यशैलीले सादगी, मितव्ययिता र वातावरणमैत्री सोच बोकेको नेतृत्वको परिचय दिन थालेको छ । अध्यक्ष विष्टका अनुसार आर्थिक मितव्ययिता कायम गर्न, जनताको करको सम्मान गर्न र वातावरणमैत्री जीवनशैलीलाई प्रोत्साहन गर्न उनले विद्युतीय स्कुटर प्रयोग गर्न थालेका छन् ।

“पद ठुलो भएर होइन, सोच ठुलो भएर नेतृत्व महान् हुन्छ,” उनले भने, “जनताको करको सम्मान, वातावरणको सुरक्षा र सादगीपूर्ण जीवनशैली नै नयाँ युगको नेतृत्वको मार्ग हो । जनप्रतिनिधि देखावटी होइन, उदाहरणीय हुनुपर्छ ।

सानो प्रयासले पनि ठुलो परिवर्तनको सुरुवात गर्न सकिन्छ ।” राप्ती गाउँपालिकाको अध्यक्षको यस्तो पहलले गाउँभित्रका अन्य जनप्रतिनिधि र कर्मचारीहरूलाई ऊर्जा–संवेदनशील, जिम्मेवार र व्यवहारिक नेतृत्वतर्फ प्रेरित गरेको स्थानीय बासीहरू बताउँछन् ।

स्थानीय तहका कार्यालयहरूमा खर्चिलो सवारी साधन र विलासी जीवनशैली देखिँदै आएको अवस्थामा अध्यक्ष विष्टको विद्युतीय स्कुटर यात्रा एउटा सकारात्मक सन्देश बनेको छ । उनको यो कार्यले नेतृत्व पद होइन, जीवनशैली र सोचको उदाहरण हो भन्ने कुरा थप स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?