ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

प्रभावित क्षेत्रमा सरकारको काम देखियोस् 

२१ आश्विन २०८२, मंगलवार
२१ आश्विन २०८२, मंगलवार

तीन दिनको भीषण वर्षाले नेपालको पूर्वी क्षेत्र हायलकायल भएको छ । बाढीमा परि सयौँ घर परिवार विस्थापित भएका छन् ।

देशभरबाट ५२ जनाको मृत्यु भएको सार्वजनिक भैसकेको छ । मृतक परिवार राहतको पर्खाइमा छन् । बाढी प्रभावितहरूको साँझ बिहानको छाक टार्ने समस्या देखिएको छ । हजारौँ परिवारलाई तत्कालै राहत दिनुपर्ने आवश्यकता छ ।

तसर्थ प्रभावित क्षेत्रमा ढिलो नगरी राहत वितरणलाई प्राथमिकता दिनु जरुरी छ । खासगरि रेडक्रस जस्ता सङ्घ संस्थाहरूले प्रभावित परिवारको राहत र उपरिवारको राहत र उद्धार तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने आवश्यकता महसुस भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठकले राहत, उद्धार र पुनर्स्थापना सम्बन्धी आठ बुँदे निर्णय गरेको छ । तर, त्यतिले मात्रै पुग्ने अवस्था छैन । मधेस प्रदेशमा कैयौँ गाउँ बाढीको चपेटामा परेका छन् ।

घरमा डुबान भएको छ । अन्नपात नष्ट भएको छ । वर्षभरि खाने अन्न पानीमा भिजेर नष्ट भएको छ । ती घरमा नाना र खानाको बन्दोबस्त गर्नु पहिलो आवश्यकता हो । अतः सरकारी निकायले गर्ने काममा दोहोरोपना नहुने गरी प्रभावित क्षेत्रमा राहत वितरणको जरुरी छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन प्रतिकार्य कमान्ड पोष्टको बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्ड अनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै, मनसुनजन्य विपद् प्रभावितहरूका खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।

प्रारम्भिक क्षतिको आङ्कलन, प्रभावित जनसङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी प्राधिकरणमा पठाउन सम्बन्धित निकायलाई अनुरोध गर्न पनि बैठकले निर्णय गरेको छ । विपद् प्रभावित व्यक्तिहरूको राहत, स्थानान्तरण तथा पुनर्स्थापना कार्य शीघ्र सम्पन्न गर्न स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गरिएको छ ।

त्यसै गरी, अवरुद्ध खानेपानी, विद्युत् र सञ्चार सेवाहरू पुनः सञ्चालन गर्न सम्बन्धित सेवा प्रदायक संस्थाहरूलाई आवश्यक कार्य तत्काल गर्न प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मृतकका परिवारलाई मापदण्ड बमोजिम तत्काल दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा राहत ढिलो भएको गुनासो सुनिन थालेको छ । बाढीबाट प्रभावित भएका बासिन्दाहरू राहतको पर्खाइमा छन् । सरकारले उद्धार र राहत वितरण कार्यलाई तीव्रता दिएको बताए पनि बाढीपीडितहरूले राहत पाउन नसकेको गुनासो गरेका छन् ।

समयमा नै राहत पु¥याउनु सरकारको दायित्व र कर्तव्य पनि हो । सरकारले राहत वितरणमा अनियमितता हुन नदिने निर्णयलाई जनअपेक्षा अनुसार सहज ढङ्गले राहत प्राप्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्छ ।

सरकारले राहत वितरणका लागि सरकारी संयन्त्रको साथै आम नागरिकको साथ र सहयोग लिनुपर्छ । विपद्को समयमा सबै नागरिकले आफ्नो दायित्व र कर्तव्य सम्झिएर बाढी पीडितहरूको समस्यामाथि मलहम लगाउनु जरुरी छ ।

बाढी पहिरोबाट प्रभावित भएको क्षेत्रमा तत्काल राहत पु¥याउने काममा कुनै पनि मानेमा ढिलाइ गरिनुहुँदैन । सरकारले बाढीबाट घाइते भएकाहरूको उचित उपचार र बाढीबाट भत्किएका भौतिक संरचना निर्माणमा विशेष ध्यान दिनुपर्छ ।

बाढी पीडितहरूले अब राहत पाउनबाट वञ्चित हुनु नपरोस् । बाढी पहिरोमा फसेका तथा दसैँ मनाउन घर गएकाहरू फर्किन समस्या परेकोले सरकारको पहलमा भैरहवाबाट सोमबार नेपाल एयरलाइन्सको जहाजले अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याएको छ ।

हाम्रो जस्तो गरिब मुलुकका धेरैजसो यात्रुका लागि हवाईजहाजको यात्रा पहुँच बाहिरको कुरा हो । धेरैजसो यात्रुका लागि हवाई मार्ग आकाशको फल जस्तै हो । तसर्थ समस्यामा परेका यात्रुलाई गन्तव्यसम्म पु¥याउने काममा सरकारले पहल गरोस् । बाढी पहिरोमा घाइतेहरूको निःशुल्क उपचार र पुनर्स्थापनामा सरकारको काम देखियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?