Butwal Today

सप्तकोशीको बहाव घट्दै, ब्यारेजका ४८ ढोका खोलियो

२० आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २० असोज ।

अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर घट्दै गएको छ । सोमबार बिहान १०ः३० बजेको मापनअनुसार नदीको बहाव ३ लाख ४५ हजार १४० क्युसेक प्रति सेकेन्ड रहेको छ ।

स्रोतका अनुसार हाल नदी नियन्त्रण गर्न ब्यारेजका ४८ वटा ढोका खुला राखिएको छ । आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको थियो र रातो झन्डा फहराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?