© २०२३
काठमान्डौ, २० असोज ।
अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर घट्दै गएको छ । सोमबार बिहान १०ः३० बजेको मापनअनुसार नदीको बहाव ३ लाख ४५ हजार १४० क्युसेक प्रति सेकेन्ड रहेको छ ।
स्रोतका अनुसार हाल नदी नियन्त्रण गर्न ब्यारेजका ४८ वटा ढोका खुला राखिएको छ । आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केत स्वरुप रातो बत्ती बालिएको थियो र रातो झन्डा फहराइएको थियो ।