Butwal Today

नागढुंगामा रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाउन सुरु

१९ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, १९ असोज ।

वर्षा रोकिएसँगै काठमाडौँको नागढुंगामा रोकिएका सवारी साधनलाई धादिङतर्फ पठाउने काम सुरु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार, पहिलो चरणमा १०० वटा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन लागिएको हो ।

साथै, पृथ्वी राजमार्गमा परेको अवरोध हटाउने काम पनि जारी रहेको छ । यातायात सुचारु गर्न सुरक्षा निकाय र सम्बन्धित पक्षले तत्काल आवश्यक कार्य अघि बढाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?