© २०२३
नवलपरासी, २८ मंसिर ।
अवैध रुपमा भारतबाट नेपाल भित्र्याउँदै गरिएको सय थान मोवाईल जिल्ला प्रहरी कार्यालयको टोलीले बरामद गरेको छ । करिब १७ लाख मूल्य बराबरको उतm मोवाईल वर्दघाट नगरपालिका ४ टिसिएन चोक स्थित पुर्वपश्चिम राजमार्गमा रोकिराखिएको सार्वजनिक बसबाट बरामद गरेको हो ।
चेकजाँचको क्रममा ५ वटा प्याकेटमा वेवारिसे अवस्थामा बसमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी गराएको हो । कुलपैड कुल १२ ए एन्ड्रोइड स्मार्टफोन फेला परेको थियो । आवश्यक अनुसंन्धानका लागि बरामद उक्त मोवाईल राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।