Butwal Today

जिप दुर्घटनामा एकको मृत्यु

१७ आश्विन २०८२, शुक्रबार
अ+
अ-

बुटवल, १७ असोज ।

बाग्लुङको ताराखोला गाउँपालिका वडा नम्वर १ अन्तर्गत पर्ने गाईघाट झरना नजिकै जीप दुर्घटना भएको छ ।

ताराखोलाबाट गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेत जाँदै गरेको ग १ ज ६१०० नम्वरको जीप गाईघाट नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी गलकोट नगरपालिका वडा नम्वर ५ सर्दाखेतका २६ वर्षीय दिनेश थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । त्यस्तै दुर्घटनामा परी वडा नम्वर ५ सर्दाखेतका २४ वर्षीय मिलन परियार, ४३ वर्षीय बिरवल परियार घाइते भएका छन् । घाइते बिरवल परियारलाई थप उपचारका लागि पोखरा मणिपाल हस्पिटलमा रिफर गरिएको छ ।

जीप सडकबाट करिब २० मिटर तल खोलामा खसेको थियो। घाइतेको अहिले गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?