ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

फोक्सोबारे सचेतना जगाउँदै चौराहा हस्पिटल

२८ मंसिर २०७९, बुधबार
२८ मंसिर २०७९, बुधबार

बुटवल, २८ मंसिर ।

फोक्सोबारे सचेतना दिन मध्येनजर गरी चौराहा हस्पिटल प्रालिले निःशुल्क फोक्सो जाँच तथा परामर्श कार्यक्रम गरेको छ ।

सामाजिक उत्तरदायित्वमा रहेर अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार बिरामीहरुलाई फोक्सोको काम, सुरक्षाको विषयमा जानकारी दिने गरी निःशुल्क परामर्श तथा परीक्षणको काम गरेको हो । एक महिनाको अवधिमा अस्पतालमा उपचारमा आउने बिरामीहरुमा खोकी, फोक्सोमा समस्या भएका दमका बिरामी बढी देखिएको अस्पतालका फिजिसियन डा सरोज थापाले बताए ।

फोक्सो शरीरको महत्वपूर्ण अंग हो । शरीरलाई चाहिने अक्सिजन लिने र कार्वनडाईअक्साइड बाहिर फयाँक्ने काम फोक्सोले गर्छ । शरीरको हरेक अंगहरुमा अक्सिजन पु¥याउँछ । यसैबीच बुधबार लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका ७० जना सहित श्वास प्रश्वासमा समस्या भएका बिरामीको जाँच गरिएको उनले बताए । फोक्सोको पम्लरी फन्सनल टेष्ट (पिएफटी) मा फोक्सोले प्रतिसेकेन्ड सास लिने र फयाँक्ने गति मापन गरी त्यसको आधारमा दम भए नभएको छुट्टयाउने र समस्याबारे जानकारी दिईएको उनले बताए ।

अस्पतालका म्यानेजिङ डाईरेक्टर बिरु भण्डारीले सामाजिक उत्तरदायित्व अन्तर्गत वर्षभरि नै विभिन्न स्थानमा निःशुल्क स्वस्थ्य शिविरका साथै अस्पताल परिसरमा चिकित्सकीय परीक्षण र औषधि वितरणका कार्यक्रमहरु चलाउँदै आएको बताए । निजी लगानीमा संचालन भएको अस्पतालबाट विशेषज्ञ सेवासंगै ट्रमा सेवालाई विशेष प्राथमिकता दिएको उनले बताए ।

सडक दुर्घटना बढी हुने लुम्बिनी प्रदेशमै ट्रमा सेवामा आफुहरु अगाडि रहेको उनले बताए । अस्पतालमा न्युरोसर्जरी, जनरल सर्जरी, ईएनटी, महिला तथा प्रसुति, डेन्टल, कार्डियो, अर्थो, मानसिक रोग विशेषज्ञ चिकित्सकहरुबाट सेवा दिदै आएको छ । अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार फ्रि पल्मनरी फन्सन टेष्ट र हरेक हप्ता विहीबार निःशुल्क फिजिसियन र सुगर परीक्षण तथा परामर्श गर्दै आएको उनले बताए ।

रुपन्देहीमा पूर्वाधार निर्माणको कामसंगै चिसो र धुलोधुवाका कारण वायु प्रदुषण बढेको छ । त्यसमा पनि अधिकांश समय सडकमा बस्नुपर्ने ट्राफिक प्रहरीहरुमा श्वासप्रश्वासको समस्या बढी हुने भएकाले उनीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको उनले बताए । साउनदेखि सुुरु गरेको निःशुल्क सेवामा ७ सय जना भन्दा बढीले सेवा लिएको उनले बताए । अस्पतालमा १५ जना चिकित्सकहरुसहित १ सय ५० जनाले सेवा दिईरहेका छन् । अस्पतालमा अर्घाखाँची, गुल्मी, दाङ लगायत लुम्बिनी प्रदेशसहित अन्य छिमेकी जिल्लाबाट समेत विरामीहरु आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?