ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

आज एकादशीका दिन पनि दशैंको टीका र जमरा लगाइँदै

१७ आश्विन २०८२, शुक्रबार
१७ आश्विन २०८२, शुक्रबार

काठमान्डौ, १७ असोज ।

नेपालीहरूको महान चाड बडादशैंअन्तर्गत विजयादशमीको दिन सुरु भएको टीका र जमरा लगाउने परम्परा आज आश्विन शुक्ल एकादशीका दिन पनि निरन्तर रूपमा जारी छ । नवदुर्गाको प्रसादस्वरूप प्रदान गरिने टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाइने चलन रहेको छ । यो परम्परा अखिल बलि पूर्ति नभएसम्म कायम रहने धार्मिक विश्वास छ ।

नेपाली समाजमा दशैं पर्व आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिनसम्म श्रद्धा, भक्ति र उत्साहपूर्वक मनाइन्छ । विजयादशमीको दिन नजिकका परिवारका सदस्य र ज्येष्ठजनहरूसँग टीका जमरा ग्रहण गरिन्छ । तर टाढा रहेका आफन्तजनसम्म तत्कालै पुग्न नसक्नेहरुले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्ने चलन रहिआएको छ ।

दशैंको पहिलो दिन वैदिक विधिअनुसार पूजा कोठा वा दशैं घरमा घटस्थापना गरी जमरा उम्राइन्छ । त्यसको दशौँ दिन अर्थात् विजयादशमीमा देवी विसर्जन पश्चात् टीका र जमरा लगाउने विधि प्रारम्भ हुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वेदमणि भट्टराईका अनुसार, कसैले विजयादशमीको दिनमै मात्र टीका लगाउने चलन पालना गरे पनि, धेरै नेपालीले कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्ने परम्परा पालन गर्ने गर्छन् ।

उनका अनुसार, नेपाली समाजका परम्पराहरू विशिष्ट छन् । स्थान र समुदाय अनुसार फरक–फरक चलन रहेको पाइन्छ । पूर्वी तथा मध्य नेपालमा पूर्णिमासम्म टीका लगाउने चलन छ भने, पश्चिम नेपालका थुप्रै ठाउँमा देवी विसर्जन पछिको एक दिनमै टीका सकाउने परम्परा प्रचलनमा छ ।

यसै क्रममा आज आश्विन शुक्ल एकादशी ‘पापाङ्कुशा एकादशी’ का रूपमा मनाइँदैछ । धार्मिक शास्त्र अनुसार, आजको दिन व्रत बसेमा विगतमा जानी–नजानी गरिएका पापहरूमा अंकुश लाग्ने विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?