Butwal Today

विजयादशमीको अवसरमा फूलपाती भित्र्याइयो 

१३ आश्विन २०८२, सोमबार
अ+
अ-

दाङ ,१३ असोज ।

वडा दसैँको सातौँ दिन (सप्तमी) अर्थात् फूलपातीको दिन घोराही उपमहानगरपालिका -१८ मा रहेको अम्बिकेस्वरी  शक्तिपिठबाट फूलपाती भित्र्याइएको छ  ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल  सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी,  सशस्त्र प्रहरी टोल विकास संस्थाका भक्तजनहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।

फूलपाती सहितको र्‍यालीले नगर परिक्रमा गरी अम्बिकेस्वरी मन्दिरमा पूजा अर्चना सहित भगवती सलामी दिइएको थियो ।

सर्वसाधारण नागरिकले पनि आज फूलपाती भित्र्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?