© २०२३
दाङ ,१३ असोज ।
वडा दसैँको सातौँ दिन (सप्तमी) अर्थात् फूलपातीको दिन घोराही उपमहानगरपालिका -१८ मा रहेको अम्बिकेस्वरी शक्तिपिठबाट फूलपाती भित्र्याइएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहित जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी टोल विकास संस्थाका भक्तजनहरू समेतको बाक्लो उपस्थिति रहेको थियो ।

फूलपाती सहितको र्यालीले नगर परिक्रमा गरी अम्बिकेस्वरी मन्दिरमा पूजा अर्चना सहित भगवती सलामी दिइएको थियो ।
सर्वसाधारण नागरिकले पनि आज फूलपाती भित्र्याएका छन् ।