विजया दशमी हिन्दूहरूको महान् पर्व भन्ने कुरा हामीले सुन्दै, देख्दै र मनाउँदै आएका हौँ । यस पर्वलाई देवी दुर्गाले दानवको नाश गरी देवताको रक्षा गरेको विजयको प्रतीक र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सन्दर्भमा असत्यमाथि सत्यको जीतको रूपमा मनाउने चलन छ ।
तर, देवी दुर्गाको नाममा बली दिने प्रचलनले दशैँलाई हिंशात्मक बनाएको आरोप लाग्दै आएको छ । यसै सन्दर्भमा, शान्ति, अहिंसा र करुणालाई प्रमुख मान्यता दिएको बौद्ध धर्ममा भने विजया दशमीको गरिमा र महत्व बेग्लै छ । बौद्ध धर्ममा यसलाई हिंसामाथि अहिंसाको विजयको रूपमा लिइन्छ र बौद्धहरू यस दिनलाई ‘अशोक विजया दशमी’ को रूपमा मनाउने गर्दछन् । बौद्धहरूको चाड अशोक विजया दशमी हिन्दूहरूले विजया दशमी पर्व मनाएजस्तै सोही समयमा बौद्धहरूले अशोक विजया दशमी मनाउँछन् ।
बौद्धहरू अशोक विजया दशमीलाई अशान्तिमाथि शान्तिको, असत्यमाथि सत्यको र हिंसामाथि अहिंसाको विजयको प्रतीकको रूपमा लिन्छन् । बौद्ध धर्ममा सत्य, करुणा र धम्मलाई जीवनको आधार मानिएको छ । यस धर्ममा असली विजय प्राप्त गर्नु भनेको बाहिरी शत्रुमाथि होइन, आफ्नै मनका लोभ, द्वेष र मोहमाथि विजय प्राप्त गर्नु हो ।
सम्राट अशोकले कलिङ्गको युद्धपश्चात् बौद्ध धर्मबाट प्रभावित भई हतियार विसाएको र हिंशाको मार्गबाट अहिंशा तथा शान्ति र करुणाको मार्गमा अर्थात् धम्मको मार्गमा हिडेको र त्यसको दशौँ दिन राज्य भरी दिपावली गरी धुमधामका साथ विजय उत्सव मनाउन थाले । यही समयबाट विजया दशमी अर्थात् अशोक विजयादशमी पर्वको सुरुवात भएको मान्यता छ । त्यसैगरी विजयादशमीको अवसर पारेर १४ अक्टोबर १९५६ का दिन डा.भीमराव अम्बेडकर आफ्ना लाखौँ अनुयायीहरूसँगै बौद्ध धर्ममा प्रवेश गरेका थिए ।
त्यसैले पनि बौद्धहरूका निम्ति यो पर्वले महत्वपूर्ण स्थान राखेको छ । अम्बेडकरले हिन्दू धर्ममा रहेको जातीय व्यवस्थाको घोर विरोध गरे । उनी आफ्ना करिब तीन लाख अनुयायीहरूसहित बौद्ध धर्ममा प्रवेश गरेका थिए । त्यसैगरी विजयदशमीकै दिन गुरू पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा महाविद्याधरको परम सिद्धि प्राप्त गरेका थिए । यही दिन सम्यक समाधिमा बस्दा उनले बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरूको दमन गरेको तिथिको रूपमा पनि विजया दशमी मनाइन्छ ।
सम्राट अशोक र विजया दशमी कुनै समय प्राचीन मगध राज्यमा मौर्यवंशीहरूले राज्य गर्दथे । राजधानी थियो पाटलीपुत्र । मौर्यवंशी चन्द्र गुप्तका सन्तान बिन्दुसार र बिन्दुसारका छोरा थिए अशोक । विन्दुसारको देहान्तपछि आफ्ना उनान्सय दाजुभाइको रगतको जगमा अशोकले राज्यभिशेष गरे । मगधको सम्राट त बने तरपनि उनमा बेचैनी रही रह्यो । खासमा उनी समग्र भारत वर्षको विजेता बन्न चाहन्थे । त्यसैले युद्धमा निस्किए उनी ।
समग्र विजय प्राप्त गरिसकेपछि बाँकी थियो कलिङ्ग । कलिङ्ग आफैमा एक सम्पन्न र शक्तिशाली राज्य । अशोकले कलिङ्गमा आक्रमण सुरु गरे । भनिन्छ मगध र कलिङ्गका बीच करीब चार वर्षसम्म युद्ध चलेको थियो । कलिङ्ग युद्ध एक भयङ्कर युद्ध थियो । यस युद्धका बारेमा अशोकको १३ औँ शिलालेखमा भेट्न सकिन्छ । युद्धमा लगभग डेढ लाख मानिस घायल भए । करिब एक लाख मानिसको मृत्यु भयो । कलिङ्ग युद्धमा दुवै राज्यका असङ्ख्य जनकायको विनाश भयो । युद्धले नरसंहार ग¥यो । युद्धमा नरसंहार गरेकै कारण अशोकलाई “चण्डशोक” पनि भन्न थालियो ।
जीवनकालमा कहिले पनि र कुनै पनि युद्ध हारेका थिएनन् अशोकले । कलिङ्गमाथि पनि विजय प्राप्त गरे । युद्धको दौरान नदीमा मिसिएको मानिसको रगतले नदी पनि रगताम्य देखियो । घाइते, अपाङ्ग तथा असाह्यहरूको चित्कार अशोकको कानमा गुन्जिरह्यो । उनी आफैमा अशान्त बने । युद्ध मैदानमा विजयी भएका अशोकले आफैसँग हारेको महशुस गरे । युद्धप्रति उनको वितृष्णा जाग्यो । यस घटनापछि उनले युद्धलाई सधैँको लागि विराम मात्र गरेनन्, स्वयम्लाई बुद्ध धम्मको शरणमा समर्पित पनि गरे । चण्डाशोक “धर्माशोक” मा परिणत भए ।
विजयादशमीको दिनदेखि उनले आफ्नो पूर्ववत शस्त्र युद्धलाई त्यागे र बौद्ध धर्मको पालना गरी बौद्ध धर्मको प्रचार प्रसारमा लागे । त्यसैले यस दिनलाई बौद्धहरू शस्त्र युद्धमाथि धर्म युद्धको विजय भएको दिनका रूपमा मान्छन् । सम्राट अशोकले यसरी शस्त्रअस्त्र त्यागको घोषणा गर्दा युद्धबाट पीडित बनेका प्रजाहरूमा खुशीयाली छायो । त्यसयता बौद्ध धर्मावलम्वीले विजयादशमीलाई शस्त्र परित्याग दिवसको रूपमा मनाउदै आएका छन् । विजयादशमीमा पञ्चशील पालन गर्ने, दान दक्षिण गर्ने, प्राणी हत्या त्यागी प्राणी रक्षा गर्ने लगायतका पूण्य कार्यहरू गरिन्छ । बौद्ध धर्म अंगीकार गरेपछि सम्राट अशोक तीर्थयात्रामा निस्किए । भगवान बुद्धको आदर्श जीवनलाई आत्मसात् गर्न र आफ्नै जीवनलाई कृतार्थ बनाउन उनले हजारौँ स्तूप, शिलालेख र धम्म स्तम्भहरूको निर्माण गराए ।
यस धार्मिक रूपान्तरणबाट प्रेरित जनसमुदायले ती स्मारकहरूलाई आभूषणले सजाए, दीपावलीले आलोकित गरे र आनन्द–उल्लासपूर्वक पूजा–अर्चना गरे । यो उत्सव निरन्तर दश दिनसम्म उल्लासमय वातावरणमा सम्पन्न भयो । अन्ततः दशौँ दिन सम्राट अशोकले राजपरिवारसहित पूज्य भन्ते मोग्गलिपुत्त तिष्यबाट धम्मदीक्षा ग्रहण गरी बौद्ध जीवनको मार्गमा दृढ प्रतिबद्धता व्यक्त गरे । गुरु पद्म संभव र विजया दशमी गुरू पद्मसम्भव अर्थात तिब्बती भाषामा गुरु रिम्पोचे । वज्रयान बौद्ध धर्मका एक विशिष्ट तान्त्रिक आचार्य । रिम्पोचेले तिब्बत, भुटान र नेपाल जस्ता मुलुकहरूमा बज्रयान सम्प्रदायको जग बसालेका थिए । बौद्ध धर्मको ञिङमा अर्थात प्राचीन सम्प्रदायका अनुयायीहरूले उनलाई महागुरु मान्छन् । कतिपयले उनलाई कमलबाट उत्पन्न भएको पनि बताउँछन् ।
पद्मसम्भवले गौतमबुद्धको मौलिक बौद्ध दर्शनमा तन्त्रविद्या थपेर यसलाई समृद्ध बनाउने काम गरेका हुन् । राजा ठि स्रिङ देचनको निमन्त्रणामा ७४७ ई. मा उनी तिब्बत गएका थिए । तिब्बतमा बज्रयानको विस्तारमा यिनको महत्वपूर्ण योगदान रहेको छ । त्यहाँ उनले तन्त्रमन्त्रको शक्तिले बौद्ध मठ निर्माणमा बाधा पु¥याउने ‘मारहरू’ लाई समेत परास्त गरेका थिए । परम्परागत मान्यताअनुसार पद्मसम्भव भारतको पश्चिममा रहेको ओभियान क्षेत्रका थिए । यिनले तान्त्रिक क्रिया, पूजा र योग शिक्षालाई तिब्बती बौद्ध परम्परामा स्थापित गराउने काम गरे । यतिमात्र होइन, उनले संस्कृतमा रहेका धेरै तान्त्रिक पुस्तकहरूलाई तिब्बती भाषामा अनुवाद गरेका थिए । यसरी, गुरू पद्मसम्भवले बौद्ध धर्मको भौतिकवादी दर्शनमा तन्त्रमन्त्र विद्यालाई जोडेर यसको स्वरूपलाई नयाँ आयाम दिए ।
उनै गुरू पद्मसम्भवले विजयदशमीका दिन काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्दा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरूको दमन गरी महाविद्याधरको परम सिद्धि प्राप्त गरेका थिए । सुत्र तन्त्रमा यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरूको फल बलवान (दुगर्तिको हेतु) हुने पनि उल्लेख गरिएको पाइन्छ । त्यसैले पनि विजया दशमी शान्ति, अहिंशा र करुणाको जगेर्नाका निम्ति उर्जा प्रदान गर्ने पर्वका रूपमा बौद्ध परम्परामा आज पनि उत्तिकै लोकप्रिय छ ।
अम्बेडकरको बौद्ध धर्ममा दीक्षा स्वतन्त्र भारतका प्रथम कानुनमन्त्री तथा संविधान मस्यौदा समितिका अध्यक्ष थिए डा. भीमराव अम्बेडकर । उनी सन् १९५६ को विजया दशमी (१४ अक्टोबर) को दिन आफ्ना लाखौँ अनुयायीहरूलाई लिएर हिन्दू धर्म परित्याग गरी बौद्ध धर्ममा प्रवेश गरेका थिए । अम्बेडकरले जातीय व्यवस्थाको घोर विरोध गरेर बौद्ध धर्मको अहिंसा, शान्ति, करुणा र समानता को मार्ग रोजेका थिए ।
अम्बेडकरले धम्म–दीक्षा लिएको स्थान आज “दीक्षाभूमि” का नामले प्रख्यात छ । दीक्षाभूमिमा आज पनि केवल भारतकै होइन, सम्पूर्ण विश्वका बौद्ध र मानवअधिकार आन्दोलनका लागि प्रेरणाको केन्द्र बनेको छ । हरेक वर्ष “अशोक विजया दशमी”को अवसरमा त्यहाँ हजारौँ मानिसहरू भेला भएर बौद्ध धर्म ग्रहण गर्छन् । वास्तवमा यो परम्परा केवल धार्मिक रूपान्तरण मात्र होइन, सामाजिक समानता, न्याय र आत्म–सम्मानको ऐतिहासिक उद्घोष पनि हो । यसललाई बौद्ध धर्मको पुनर्जागरण र उत्पीडित वर्गको मुक्ति–आन्दोलनको महान् अध्यायका रूपमा लिन सकिन्छ ।
यस दिन बौद्ध धर्म अँगाल्नेहरूले देवी–देवताको पूजापाठ छाडेर मानवतावाद, गैरभेदभाव, इमानदारी, अहिंसा, सत्यजस्ता आदर्श मान्छन् भन्ने अपेक्षा गरिन्छ । सत्य, शान्ति, करुणा र मानवताको पर्व विजयादशमी पर्व हिन्दू र बौद्ध परम्परामा फरक–फरक दृष्टिले मनाइने भए पनि, दुवैले असल चरित्र, सत्य र धर्मको विजयलाई महत्व दिएका छन् । यस पर्वलाई आत्मिक शुद्धि र अन्यायविरुद्धको सामाजिक चेतना जगाउने अवसरका रूपमा लिन सकिन्छ । तर, निरीह पशुको बली चढाएर देवी खुसी हुने कुरामा भने कुनै तुक देखिँदैन । कुनै पनि प्राणीको हत्याबाट देवी खुसी हुने कुरालाई तर्कसङ्गत मान्न पनि सकिँदैन । यदि हत्या र हिंसाबाट कोही खुसी हुन्छ भने त्यो देवी वा देवता कसरी हुन सक्छ र ? त्यसैले परम्परागत रूपमा के गरिँदै आएको छ भन्दा पनि के गर्दा उचित हुन्छ वा के नगर्दा उचित हुन्छ भन्ने कुरामा मानिसले आफ्नो विवेक प्रयोग गर्नु राम्रो हुन्छ ।
यसैबाट हाम्रा चाडपर्वहरू संस्कारित हुन्छन् र भावी पुस्ताले कुशल संस्कार र संस्कृति प्राप्त गर्न सक्दछन् । बौद्धहरूको चाडः अशोक विजयादशमी विजया दशमी हिन्दूहरूको महान् पर्व भन्ने कुरा हामीले सुन्दै, देख्दै र मनाउँदै आएका हौँ । यस पर्वलाई देवी दुर्गाले दानवको नाश गरी देवताको रक्षा गरेको विजयको प्रतीक र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सन्दर्भमा असत्यमाथि सत्यको जीतको रूपमा मनाउने चलन छ । तर, देवी दुर्गाको नाममा बली दिने प्रचलनले दशैँलाई हिंशात्मक बनाएको आरोप लाग्दै आएको छ । यसै सन्दर्भमा, शान्ति, अहिंसा र करुणालाई प्रमुख मान्यता दिएको बौद्ध धर्ममा भने विजया दशमीको गरिमा र महत्व बेग्लै छ । बौद्ध धर्ममा यसलाई हिंसामाथि अहिंसाको विजयको रूपमा लिइन्छ र बौद्धहरू यस दिनलाई ‘अशोक विजया दशमी’ को रूपमा मनाउने गर्दछन् ।
बौद्धहरूको चाड अशोक विजया दशमी हिन्दूहरूले विजया दशमी पर्व मनाएजस्तै सोही समयमा बौद्धहरूले अशोक विजया दशमी मनाउँछन् । बौद्धहरू अशोक विजया दशमीलाई अशान्तिमाथि शान्तिको, असत्यमाथि सत्यको र हिंसामाथि अहिंसाको विजयको प्रतीकको रूपमा लिन्छन् । बौद्ध धर्ममा सत्य, करुणा र धम्मलाई जीवनको आधार मानिएको छ । यस धर्ममा असली विजय प्राप्त गर्नु भनेको बाहिरी शत्रुमाथि होइन, आफ्नै मनका लोभ, द्वेष र मोहमाथि विजय प्राप्त गर्नु हो । सम्राट अशोकले कलिङ्गको युद्धपश्चात् बौद्ध धर्मबाट प्रभावित भई हतियार विसाएको र हिंशाको मार्गबाट अहिंशा तथा शान्ति र करुणाको मार्गमा अर्थात् धम्मको मार्गमा हिडेको र त्यसको दशौँ दिन राज्य भरी दिपावली गरी धुमधामका साथ विजय उत्सव मनाउन थाले ।
यही समयबाट विजया दशमी अर्थात् अशोक विजयादशमी पर्वको सुरुवात भएको मान्यता छ । त्यसैगरी विजयादशमीको अवसर पारेर १४ अक्टोबर १९५६ का दिन डा.भीमराव अम्बेडकर आफ्ना लाखौँ अनुयायीहरूसँगै बौद्ध धर्ममा प्रवेश गरेका थिए । त्यसैले पनि बौद्धहरूका निम्ति यो पर्वले महत्वपूर्ण स्थान राखेको छ । अम्बेडकरले हिन्दू धर्ममा रहेको जातीय व्यवस्थाको घोर विरोध गरे । उनी आफ्ना करिब तीन लाख अनुयायीहरूसहित बौद्ध धर्ममा प्रवेश गरेका थिए । त्यसैगरी विजयदशमीकै दिन गुरू पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा महाविद्याधरको परम सिद्धि प्राप्त गरेका थिए । यही दिन सम्यक समाधिमा बस्दा उनले बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरूको दमन गरेको तिथिको रूपमा पनि विजया दशमी मनाइन्छ ।
सम्राट अशोक र विजया दशमी कुनै समय प्राचीन मगध राज्यमा मौर्यवंशीहरूले राज्य गर्दथे । राजधानी थियो पाटलीपुत्र । मौर्यवंशी चन्द्र गुप्तका सन्तान बिन्दुसार र बिन्दुसारका छोरा थिए अशोक । विन्दुसारको देहान्तपछि आफ्ना उनान्सय दाजुभाइको रगतको जगमा अशोकले राज्यभिशेष गरे । मगधको सम्राट त बने तरपनि उनमा बेचैनी रही रह्यो । खासमा उनी समग्र भारत वर्षको विजेता बन्न चाहन्थे । त्यसैले युद्धमा निस्किए उनी । समग्र विजय प्राप्त गरिसकेपछि बाँकी थियो कलिङ्ग । कलिङ्ग आफैमा एक सम्पन्न र शक्तिशाली राज्य । अशोकले कलिङ्गमा आक्रमण सुरु गरे । भनिन्छ मगध र कलिङ्गका बीच करीब चार वर्षसम्म युद्ध चलेको थियो । कलिङ्ग युद्ध एक भयङ्कर युद्ध थियो ।
यस युद्धका बारेमा अशोकको १३ औँ शिलालेखमा भेट्न सकिन्छ । युद्धमा लगभग डेढ लाख मानिस घायल भए । करिब एक लाख मानिसको मृत्यु भयो । कलिङ्ग युद्धमा दुवै राज्यका असङ्ख्य जनकायको विनाश भयो । युद्धले नरसंहार ग¥यो । युद्धमा नरसंहार गरेकै कारण अशोकलाई “चण्डशोक” पनि भन्न थालियो । जीवनकालमा कहिले पनि र कुनै पनि युद्ध हारेका थिएनन् अशोकले । कलिङ्गमाथि पनि विजय प्राप्त गरे । युद्धको दौरान नदीमा मिसिएको मानिसको रगतले नदी पनि रगताम्य देखियो । घाइते, अपाङ्ग तथा असाह्यहरूको चित्कार अशोकको कानमा गुन्जिरह्यो । उनी आफैमा अशान्त बने । युद्ध मैदानमा विजयी भएका अशोकले आफैसँग हारेको महशुस गरे । युद्धप्रति उनको वितृष्णा जाग्यो । यस घटनापछि उनले युद्धलाई सधैँको लागि विराम मात्र गरेनन्, स्वयम्लाई बुद्ध धम्मको शरणमा समर्पित पनि गरे । चण्डाशोक “धर्माशोक” मा परिणत भए ।
विजयादशमीको दिनदेखि उनले आफ्नो पूर्ववत शस्त्र युद्धलाई त्यागे र बौद्ध धर्मको पालना गरी बौद्ध धर्मको प्रचार प्रसारमा लागे । त्यसैले यस दिनलाई बौद्धहरू शस्त्र युद्धमाथि धर्म युद्धको विजय भएको दिनका रूपमा मान्छन् । सम्राट अशोकले यसरी शस्त्रअस्त्र त्यागको घोषणा गर्दा युद्धबाट पीडित बनेका प्रजाहरूमा खुशीयाली छायो । त्यसयता बौद्ध धर्मावलम्वीले विजयादशमीलाई शस्त्र परित्याग दिवसको रूपमा मनाउदै आएका छन् । विजयादशमीमा पञ्चशील पालन गर्ने, दान दक्षिण गर्ने, प्राणी हत्या त्यागी प्राणी रक्षा गर्ने लगायतका पूण्य कार्यहरू गरिन्छ । बौद्ध धर्म अंगीकार गरेपछि सम्राट अशोक तीर्थयात्रामा निस्किए । भगवान बुद्धको आदर्श जीवनलाई आत्मसात् गर्न र आफ्नै जीवनलाई कृतार्थ बनाउन उनले हजारौँ स्तूप, शिलालेख र धम्म स्तम्भहरूको निर्माण गराए । यस धार्मिक रूपान्तरणबाट प्रेरित जनसमुदायले ती स्मारकहरूलाई आभूषणले सजाए, दीपावलीले आलोकित गरे र आनन्द–उल्लासपूर्वक पूजा–अर्चना गरे । यो उत्सव निरन्तर दश दिनसम्म उल्लासमय वातावरणमा सम्पन्न भयो ।
अन्ततः दशौँ दिन सम्राट अशोकले राजपरिवारसहित पूज्य भन्ते मोग्गलिपुत्त तिष्यबाट धम्मदीक्षा ग्रहण गरी बौद्ध जीवनको मार्गमा दृढ प्रतिबद्धता व्यक्त गरे । गुरु पद्म संभव र विजया दशमी गुरू पद्मसम्भव अर्थात तिब्बती भाषामा गुरु रिम्पोचे । वज्रयान बौद्ध धर्मका एक विशिष्ट तान्त्रिक आचार्य । रिम्पोचेले तिब्बत, भुटान र नेपाल जस्ता मुलुकहरूमा बज्रयान सम्प्रदायको जग बसालेका थिए । बौद्ध धर्मको ञिङमा अर्थात प्राचीन सम्प्रदायका अनुयायीहरूले उनलाई महागुरु मान्छन् । कतिपयले उनलाई कमलबाट उत्पन्न भएको पनि बताउँछन् । पद्मसम्भवले गौतमबुद्धको मौलिक बौद्ध दर्शनमा तन्त्रविद्या थपेर यसलाई समृद्ध बनाउने काम गरेका हुन् । राजा ठि स्रिङ देचनको निमन्त्रणामा ७४७ ई. मा उनी तिब्बत गएका थिए । तिब्बतमा बज्रयानको विस्तारमा यिनको महत्वपूर्ण योगदान रहेको छ । त्यहाँ उनले तन्त्रमन्त्रको शक्तिले बौद्ध मठ निर्माणमा बाधा पु¥याउने ‘मारहरू’ लाई समेत परास्त गरेका थिए । परम्परागत मान्यताअनुसार पद्मसम्भव भारतको पश्चिममा रहेको ओभियान क्षेत्रका थिए । यिनले तान्त्रिक क्रिया, पूजा र योग शिक्षालाई तिब्बती बौद्ध परम्परामा स्थापित गराउने काम गरे ।
यतिमात्र होइन, उनले संस्कृतमा रहेका धेरै तान्त्रिक पुस्तकहरूलाई तिब्बती भाषामा अनुवाद गरेका थिए । यसरी, गुरू पद्मसम्भवले बौद्ध धर्मको भौतिकवादी दर्शनमा तन्त्रमन्त्र विद्यालाई जोडेर यसको स्वरूपलाई नयाँ आयाम दिए । उनै गुरू पद्मसम्भवले विजयदशमीका दिन काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्दा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरूको दमन गरी महाविद्याधरको परम सिद्धि प्राप्त गरेका थिए । सुत्र तन्त्रमा यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरूको फल बलवान (दुगर्तिको हेतु) हुने पनि उल्लेख गरिएको पाइन्छ । त्यसैले पनि विजया दशमी शान्ति, अहिंशा र करुणाको जगेर्नाका निम्ति उर्जा प्रदान गर्ने पर्वका रूपमा बौद्ध परम्परामा आज पनि उत्तिकै लोकप्रिय छ । अम्बेडकरको बौद्ध धर्ममा दीक्षा स्वतन्त्र भारतका प्रथम कानुनमन्त्री तथा संविधान मस्यौदा समितिका अध्यक्ष थिए डा. भीमराव अम्बेडकर । उनी सन् १९५६ को विजया दशमी (१४ अक्टोबर) को दिन आफ्ना लाखौँ अनुयायीहरूलाई लिएर हिन्दू धर्म परित्याग गरी बौद्ध धर्ममा प्रवेश गरेका थिए । अम्बेडकरले जातीय व्यवस्थाको घोर विरोध गरेर बौद्ध धर्मको अहिंसा, शान्ति, करुणा र समानता को मार्ग रोजेका थिए ।
अम्बेडकरले धम्म–दीक्षा लिएको स्थान आज “दीक्षाभूमि” का नामले प्रख्यात छ । दीक्षाभूमिमा आज पनि केवल भारतकै होइन, सम्पूर्ण विश्वका बौद्ध र मानवअधिकार आन्दोलनका लागि प्रेरणाको केन्द्र बनेको छ । हरेक वर्ष “अशोक विजया दशमी”को अवसरमा त्यहाँ हजारौँ मानिसहरू भेला भएर बौद्ध धर्म ग्रहण गर्छन् । वास्तवमा यो परम्परा केवल धार्मिक रूपान्तरण मात्र होइन, सामाजिक समानता, न्याय र आत्म–सम्मानको ऐतिहासिक उद्घोष पनि हो । यसललाई बौद्ध धर्मको पुनर्जागरण र उत्पीडित वर्गको मुक्ति–आन्दोलनको महान् अध्यायका रूपमा लिन सकिन्छ । यस दिन बौद्ध धर्म अँगाल्नेहरूले देवी–देवताको पूजापाठ छाडेर मानवतावाद, गैरभेदभाव, इमानदारी, अहिंसा, सत्यजस्ता आदर्श मान्छन् भन्ने अपेक्षा गरिन्छ । सत्य, शान्ति, करुणा र मानवताको पर्व विजयादशमी पर्व हिन्दू र बौद्ध परम्परामा फरक–फरक दृष्टिले मनाइने भए पनि, दुवैले असल चरित्र, सत्य र धर्मको विजयलाई महत्व दिएका छन् । यस पर्वलाई आत्मिक शुद्धि र अन्यायविरुद्धको सामाजिक चेतना जगाउने अवसरका रूपमा लिन सकिन्छ । तर, निरीह पशुको बली चढाएर देवी खुसी हुने कुरामा भने कुनै तुक देखिँदैन । कुनै पनि प्राणीको हत्याबाट देवी खुसी हुने कुरालाई तर्कसङ्गत मान्न पनि सकिँदैन ।
यदि हत्या र हिंसाबाट कोही खुसी हुन्छ भने त्यो देवी वा देवता कसरी हुन सक्छ र ? त्यसैले परम्परागत रूपमा के गरिँदै आएको छ भन्दा पनि के गर्दा उचित हुन्छ वा के नगर्दा उचित हुन्छ भन्ने कुरामा मानिसले आफ्नो विवेक प्रयोग गर्नु राम्रो हुन्छ । यसैबाट हाम्रा चाडपर्वहरू संस्कारित हुन्छन् र भावी पुस्ताले कुशल संस्कार र संस्कृति प्राप्त गर्न सक्दछन् । बौद्धहरूको चाडः अशोक विजयादशमी विजया दशमी हिन्दूहरूको महान् पर्व भन्ने कुरा हामीले सुन्दै, देख्दै र मनाउँदै आएका हौँ । यस पर्वलाई देवी दुर्गाले दानवको नाश गरी देवताको रक्षा गरेको विजयको प्रतीक र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सन्दर्भमा असत्यमाथि सत्यको जीतको रूपमा मनाउने चलन छ । तर, देवी दुर्गाको नाममा बली दिने प्रचलनले दशैँलाई हिंशात्मक बनाएको आरोप लाग्दै आएको छ ।
यसै सन्दर्भमा, शान्ति, अहिंसा र करुणालाई प्रमुख मान्यता दिएको बौद्ध धर्ममा भने विजया दशमीको गरिमा र महत्व बेग्लै छ । बौद्ध धर्ममा यसलाई हिंसामाथि अहिंसाको विजयको रूपमा लिइन्छ र बौद्धहरू यस दिनलाई ‘अशोक विजया दशमी’ को रूपमा मनाउने गर्दछन् । बौद्धहरूको चाड अशोक विजया दशमी हिन्दूहरूले विजया दशमी पर्व मनाएजस्तै सोही समयमा बौद्धहरूले अशोक विजया दशमी मनाउँछन् । बौद्धहरू अशोक विजया दशमीलाई अशान्तिमाथि शान्तिको, असत्यमाथि सत्यको र हिंसामाथि अहिंसाको विजयको प्रतीकको रूपमा लिन्छन् । बौद्ध धर्ममा सत्य, करुणा र धम्मलाई जीवनको आधार मानिएको छ । यस धर्ममा असली विजय प्राप्त गर्नु भनेको बाहिरी शत्रुमाथि होइन, आफ्नै मनका लोभ, द्वेष र मोहमाथि विजय प्राप्त गर्नु हो । सम्राट अशोकले कलिङ्गको युद्धपश्चात् बौद्ध धर्मबाट प्रभावित भई हतियार विसाएको र हिंशाको मार्गबाट अहिंशा तथा शान्ति र करुणाको मार्गमा अर्थात् धम्मको मार्गमा हिडेको र त्यसको दशौँ दिन राज्य भरी दिपावली गरी धुमधामका साथ विजय उत्सव मनाउन थाले ।
यही समयबाट विजया दशमी अर्थात् अशोक विजयादशमी पर्वको सुरुवात भएको मान्यता छ । त्यसैगरी विजयादशमीको अवसर पारेर १४ अक्टोबर १९५६ का दिन डा.भीमराव अम्बेडकर आफ्ना लाखौँ अनुयायीहरूसँगै बौद्ध धर्ममा प्रवेश गरेका थिए । त्यसैले पनि बौद्धहरूका निम्ति यो पर्वले महत्वपूर्ण स्थान राखेको छ । अम्बेडकरले हिन्दू धर्ममा रहेको जातीय व्यवस्थाको घोर विरोध गरे । उनी आफ्ना करिब तीन लाख अनुयायीहरूसहित बौद्ध धर्ममा प्रवेश गरेका थिए । त्यसैगरी विजयदशमीकै दिन गुरू पद्म संभव (गुरु रिन्पोछे) ले काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा महाविद्याधरको परम सिद्धि प्राप्त गरेका थिए । यही दिन सम्यक समाधिमा बस्दा उनले बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरूको दमन गरेको तिथिको रूपमा पनि विजया दशमी मनाइन्छ । सम्राट अशोक र विजया दशमी कुनै समय प्राचीन मगध राज्यमा मौर्यवंशीहरूले राज्य गर्दथे । राजधानी थियो पाटलीपुत्र ।
मौर्यवंशी चन्द्र गुप्तका सन्तान बिन्दुसार र बिन्दुसारका छोरा थिए अशोक । विन्दुसारको देहान्तपछि आफ्ना उनान्सय दाजुभाइको रगतको जगमा अशोकले राज्यभिशेष गरे । मगधको सम्राट त बने तरपनि उनमा बेचैनी रही रह्यो । खासमा उनी समग्र भारत वर्षको विजेता बन्न चाहन्थे । त्यसैले युद्धमा निस्किए उनी । समग्र विजय प्राप्त गरिसकेपछि बाँकी थियो कलिङ्ग । कलिङ्ग आफैमा एक सम्पन्न र शक्तिशाली राज्य । अशोकले कलिङ्गमा आक्रमण सुरु गरे । भनिन्छ मगध र कलिङ्गका बीच करीब चार वर्षसम्म युद्ध चलेको थियो । कलिङ्ग युद्ध एक भयङ्कर युद्ध थियो । यस युद्धका बारेमा अशोकको १३ औँ शिलालेखमा भेट्न सकिन्छ । युद्धमा लगभग डेढ लाख मानिस घायल भए । करिब एक लाख मानिसको मृत्यु भयो । कलिङ्ग युद्धमा दुवै राज्यका असङ्ख्य जनकायको विनाश भयो । युद्धले नरसंहार ग¥यो । युद्धमा नरसंहार गरेकै कारण अशोकलाई “चण्डशोक” पनि भन्न थालियो । जीवनकालमा कहिले पनि र कुनै पनि युद्ध हारेका थिएनन् अशोकले । कलिङ्गमाथि पनि विजय प्राप्त गरे । युद्धको दौरान नदीमा मिसिएको मानिसको रगतले नदी पनि रगताम्य देखियो । घाइते, अपाङ्ग तथा असाह्यहरूको चित्कार अशोकको कानमा गुन्जिरह्यो । उनी आफैमा अशान्त बने ।
युद्ध मैदानमा विजयी भएका अशोकले आफैसँग हारेको महशुस गरे । युद्धप्रति उनको वितृष्णा जाग्यो । यस घटनापछि उनले युद्धलाई सधैँको लागि विराम मात्र गरेनन्, स्वयम्लाई बुद्ध धम्मको शरणमा समर्पित पनि गरे । चण्डाशोक “धर्माशोक” मा परिणत भए । विजयादशमीको दिनदेखि उनले आफ्नो पूर्ववत शस्त्र युद्धलाई त्यागे र बौद्ध धर्मको पालना गरी बौद्ध धर्मको प्रचार प्रसारमा लागे । त्यसैले यस दिनलाई बौद्धहरू शस्त्र युद्धमाथि धर्म युद्धको विजय भएको दिनका रूपमा मान्छन् । सम्राट अशोकले यसरी शस्त्रअस्त्र त्यागको घोषणा गर्दा युद्धबाट पीडित बनेका प्रजाहरूमा खुशीयाली छायो । त्यसयता बौद्ध धर्मावलम्वीले विजयादशमीलाई शस्त्र परित्याग दिवसको रूपमा मनाउदै आएका छन् । विजयादशमीमा पञ्चशील पालन गर्ने, दान दक्षिण गर्ने, प्राणी हत्या त्यागी प्राणी रक्षा गर्ने लगायतका पूण्य कार्यहरू गरिन्छ । बौद्ध धर्म अंगीकार गरेपछि सम्राट अशोक तीर्थयात्रामा निस्किए । भगवान बुद्धको आदर्श जीवनलाई आत्मसात् गर्न र आफ्नै जीवनलाई कृतार्थ बनाउन उनले हजारौँ स्तूप, शिलालेख र धम्म स्तम्भहरूको निर्माण गराए । यस धार्मिक रूपान्तरणबाट प्रेरित जनसमुदायले ती स्मारकहरूलाई आभूषणले सजाए, दीपावलीले आलोकित गरे र आनन्द–उल्लासपूर्वक पूजा–अर्चना गरे ।
यो उत्सव निरन्तर दश दिनसम्म उल्लासमय वातावरणमा सम्पन्न भयो । अन्ततः दशौँ दिन सम्राट अशोकले राजपरिवारसहित पूज्य भन्ते मोग्गलिपुत्त तिष्यबाट धम्मदीक्षा ग्रहण गरी बौद्ध जीवनको मार्गमा दृढ प्रतिबद्धता व्यक्त गरे । गुरु पद्म संभव र विजया दशमी गुरू पद्मसम्भव अर्थात तिब्बती भाषामा गुरु रिम्पोचे । वज्रयान बौद्ध धर्मका एक विशिष्ट तान्त्रिक आचार्य । रिम्पोचेले तिब्बत, भुटान र नेपाल जस्ता मुलुकहरूमा बज्रयान सम्प्रदायको जग बसालेका थिए । बौद्ध धर्मको ञिङमा अर्थात प्राचीन सम्प्रदायका अनुयायीहरूले उनलाई महागुरु मान्छन् । कतिपयले उनलाई कमलबाट उत्पन्न भएको पनि बताउँछन् । पद्मसम्भवले गौतमबुद्धको मौलिक बौद्ध दर्शनमा तन्त्रविद्या थपेर यसलाई समृद्ध बनाउने काम गरेका हुन् । राजा ठि स्रिङ देचनको निमन्त्रणामा ७४७ ई. मा उनी तिब्बत गएका थिए । तिब्बतमा बज्रयानको विस्तारमा यिनको महत्वपूर्ण योगदान रहेको छ । त्यहाँ उनले तन्त्रमन्त्रको शक्तिले बौद्ध मठ निर्माणमा बाधा पु¥याउने ‘मारहरू’ लाई समेत परास्त गरेका थिए । परम्परागत मान्यताअनुसार पद्मसम्भव भारतको पश्चिममा रहेको ओभियान क्षेत्रका थिए । यिनले तान्त्रिक क्रिया, पूजा र योग शिक्षालाई तिब्बती बौद्ध परम्परामा स्थापित गराउने काम गरे ।
यतिमात्र होइन, उनले संस्कृतमा रहेका धेरै तान्त्रिक पुस्तकहरूलाई तिब्बती भाषामा अनुवाद गरेका थिए । यसरी, गुरू पद्मसम्भवले बौद्ध धर्मको भौतिकवादी दर्शनमा तन्त्रमन्त्र विद्यालाई जोडेर यसको स्वरूपलाई नयाँ आयाम दिए । उनै गुरू पद्मसम्भवले विजयदशमीका दिन काठमाण्डौं स्थित फर्पिङको शेषनारायण गुफामा सम्यक समाधिमा बस्दा बज्रकिलायको शक्तिद्धारा बिध्न–बाधा पु¥याउने अमनुष्य जातीहरूको दमन गरी महाविद्याधरको परम सिद्धि प्राप्त गरेका थिए । सुत्र तन्त्रमा यस महापुण्य तिथिमा धर्मको नाऊँमा गरिने अकुशल कर्महरूको फल बलवान (दुगर्तिको हेतु) हुने पनि उल्लेख गरिएको पाइन्छ । त्यसैले पनि विजया दशमी शान्ति, अहिंशा र करुणाको जगेर्नाका निम्ति उर्जा प्रदान गर्ने पर्वका रूपमा बौद्ध परम्परामा आज पनि उत्तिकै लोकप्रिय छ । अम्बेडकरको बौद्ध धर्ममा दीक्षा स्वतन्त्र भारतका प्रथम कानुनमन्त्री तथा संविधान मस्यौदा समितिका अध्यक्ष थिए डा. भीमराव अम्बेडकर ।
उनी सन् १९५६ को विजया दशमी (१४ अक्टोबर) को दिन आफ्ना लाखौँ अनुयायीहरूलाई लिएर हिन्दू धर्म परित्याग गरी बौद्ध धर्ममा प्रवेश गरेका थिए । अम्बेडकरले जातीय व्यवस्थाको घोर विरोध गरेर बौद्ध धर्मको अहिंसा, शान्ति, करुणा र समानता को मार्ग रोजेका थिए । अम्बेडकरले धम्म–दीक्षा लिएको स्थान आज “दीक्षाभूमि” का नामले प्रख्यात छ । दीक्षाभूमिमा आज पनि केवल भारतकै होइन, सम्पूर्ण विश्वका बौद्ध र मानवअधिकार आन्दोलनका लागि प्रेरणाको केन्द्र बनेको छ । हरेक वर्ष “अशोक विजया दशमी”को अवसरमा त्यहाँ हजारौँ मानिसहरू भेला भएर बौद्ध धर्म ग्रहण गर्छन् । वास्तवमा यो परम्परा केवल धार्मिक रूपान्तरण मात्र होइन, सामाजिक समानता, न्याय र आत्म–सम्मानको ऐतिहासिक उद्घोष पनि हो । यसललाई बौद्ध धर्मको पुनर्जागरण र उत्पीडित वर्गको मुक्ति–आन्दोलनको महान् अध्यायका रूपमा लिन सकिन्छ ।
यस दिन बौद्ध धर्म अँगाल्नेहरूले देवी–देवताको पूजापाठ छाडेर मानवतावाद, गैरभेदभाव, इमानदारी, अहिंसा, सत्यजस्ता आदर्श मान्छन् भन्ने अपेक्षा गरिन्छ । सत्य, शान्ति, करुणा र मानवताको पर्व विजयादशमी पर्व हिन्दू र बौद्ध परम्परामा फरक–फरक दृष्टिले मनाइने भए पनि, दुवैले असल चरित्र, सत्य र धर्मको विजयलाई महत्व दिएका छन् । यस पर्वलाई आत्मिक शुद्धि र अन्यायविरुद्धको सामाजिक चेतना जगाउने अवसरका रूपमा लिन सकिन्छ । तर, निरीह पशुको बली चढाएर देवी खुसी हुने कुरामा भने कुनै तुक देखिँदैन । कुनै पनि प्राणीको हत्याबाट देवी खुसी हुने कुरालाई तर्कसङ्गत मान्न पनि सकिँदैन । यदि हत्या र हिंसाबाट कोही खुसी हुन्छ भने त्यो देवी वा देवता कसरी हुन सक्छ र ? त्यसैले परम्परागत रूपमा के गरिँदै आएको छ भन्दा पनि के गर्दा उचित हुन्छ वा के नगर्दा उचित हुन्छ भन्ने कुरामा मानिसले आफ्नो विवेक प्रयोग गर्नु राम्रो हुन्छ । यसैबाट हाम्रा चाडपर्वहरू संस्कारित हुन्छन् र भावी पुस्ताले कुशल संस्कार र संस्कृति प्राप्त गर्न सक्दछन् ।