ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर
आज विश्व मुटु दिवस 

मुटुको सुरक्षा गर्दै बडादसैँ मनाऔँ 

१३ आश्विन २०८२, सोमबार
१३ आश्विन २०८२, सोमबार

नेपालीमात्रको ठुलो पर्व दसैँको रौनकले घर आँगनमा उत्साह सुरु भैसकेको छ । दसैँमा खास गरी मान्यजनको हातबाट आशिर्बाद लिने र मासु खाने रमाउने नेपाली परम्परा हो ।

यो वर्ष अर्को संयोग जुरेको छ । त्यो हो विश्व मुटु दिवसको । दसैँमा मिठो कुरा खाने प्रसङ्ग चलिरहँदा आज मुटु दिवस पनि हो । कतिपय हाम्रा खानेकुराले मुटुलाई हानी गर्दछ । अतः दसैँमा मिठो खानपान गर्दै मुटु दिवस मनाउँदै गर्दा मुटुको जोखिमबाट बच्नेतर्फ सतर्कता आवश्यक छ । चाडपर्व आउँछन् जान्छन् । शरीर स्वास्थ्य भएन भने चाडपर्वमा महत्त्व र अर्थ पनि हुँदैन । तसर्थ मुटु जोगाउँदै चाडपर्व मनाऔँ ।

प्रसङ्ग बडादसैँको भएकोले यो पर्वमा मिठो खानेकुरा खाँदै गर्दा सन्तुलित खानपानतर्फ ध्यान दिऔँ । स्वास्थ्यलाई ख्याल गरेर पनि चाडपर्व मनाउन सकिन्छ । अतः मुटु दिवसको संयोग समेत परेको अवस्थामा हाम्रो भान्सा मुटुमैत्री होस् । कोही पनि नागरिक गलत खानपानका कारण मृत्युको जोखिममा पर्नु नपरोस् । यो वर्षको बडादसैँको यही शुभकामना । हरेक वर्ष सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिएको छ ।

हालैको राजनैतिक उथलपुथल र देशका विभिन्न स्थानमा प्राकृतिक प्रकोपको जोखिमका बिच मुलुक अनिश्चयको अवस्थामा सबै नेपालीको घरमा बडादसैँ खुसी बनेर आएको छ ।

आम नेपालीले दसैँ हर्षोल्लासपूर्वक मनाउने वातावरण सिर्जना हुनुपर्दछ । सङ्घीय राजधानीमा बसोबास गर्ने नेपालीको सङ्ख्या ठुलो छ । हरेक वर्ष राजधानी छोडेर आफ्नो थातथलो जानेको सङ्ख्या २० देखि २४ लाख हुने गरेकोमा यस पटक १० लाख मानिस मात्रै आफ्नो जन्मस्थान फर्किने अनुमान गरिएको छ ।

बजारमा भीडभाड देखिएपनि राजधानीलगायत मुख्य शहर छोडेर जानेको सङ्ख्या न्यून रहेपछि गाउँबस्तीमा दशैँको रौनकता देखिएको छैन । जसको कारण गाउँबस्तीको दसैँ पनि उल्लासमय नहुनेजस्तै देखिन्छ । वर्षमा एकपटक आउने चाडपर्वले आम नेपालीलाई एउटै सूत्रमा बाँध्ने काम गर्ने भएकोले अहिलेको विषम परिस्थितिमा पनि संयमित भएर दसैँ मनाउने वातावरण हामी आफैले निर्माण गर्नुपर्दछ ।

बडादसैँको यो अवसरमा जनतामा बढ्दै गएको निराशा चिर्ने काम सरकारबाट तत्कालै हुन जरुरी छ । शोक र भोेकमा डुबेका नेपालीलाई मलमपट्टी लगाउने काम सरकारको हो । सरकारले यसतर्फ ध्यान दिनुपर्नेछ । देश–विदेशमा रहेका आम नेपालीले आफू जुन ठाउँमा बसेको भए पनि बडा दसैँलाई हर्षोल्लासपूर्वक मनाएर आफ्नो धर्म–संस्कृति जोगाउने कामबाट पछि हट्नुहुँदैन ।

नेपालीको मौलिक संस्कृतिको रूपमा रहेको यो पर्व सबैले मिलेर मनाऔँ । अर्कोतर्फ बडादसैँ मनाउँदै मिठो मिठो खानेकुरा खाँदै गर्दा स्वास्थ्यलाई पनि ख्याल गरौँ । त्यसै पनि नेपालमा प्रत्येक वर्ष मुटु रोगीहरूको सङ्ख्या अप्रत्याशित रूपमा बढ्दै गएको सार्वजनिक भएको छ । मुटु रोगका कारणहरूमा खानपानमा असन्तुलन, अनियमितता, मद्यपान, चिल्लो र बोसोयुक्त खाद्य पदार्थ र धुम्रपान प्रमुख कारण रहेका छन् ।

दसैँमा यस्तै खानेकुरा बढी खपत हुन्छ । मुटु सुरक्षा आजको प्रमुख चुनौतीका रूपमा देखा परेको छ । नेपालमा खाद्यान्नमा रासायनिक मलको प्रयोग बढ्दै गैरहेको छ । जसका कारण स्वास्थ्यमा चुनौति बढ्दो छ । मुटु रोगबाट बच्ने उपाय भनेको खानामा सन्तुलन पनि हो । अनेक विषादीयुक्त खानाका बिचमा पनि सन्तुलन आजको आवश्यकता हो ।

अर्को चिन्ता के छ भने अहिले बालबालिकाहरू समेत मुटुको जोखिममा पर्दै गएका छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै रूपमा मुटु रोगले पीडित रहेको चिकित्सकहरूको भनाई छ । अतः विश्व मुटु दिवसको पूर्व सन्ध्यामा मुटु रोगबाट बच्न सतर्कता अपनाउनेतर्फ हामी सबैको ध्यानाकर्षण हुनुपर्दछ ।

अहिलेको मानव स्वास्थ्यको सबैभन्दा पहिलो आवश्यकता मुटुको सुरक्षा हुनुपर्दछ । मुटु नभए मानव शरीरको कुनै अस्तित्व रहँदैन । तसर्थ मुटु सुरक्षामा ध्यान दिँदै बडादसैँ मनाऔँ । फेरी पनि बडादसैँको मङ्गलमय शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?