© २०२३
दाङ, २८ मङ्सिर ।
संचारिका समूह नेपाल र आइपीएसको आयोजनामा लुम्बिनी प्रदेशका महिला पत्रकारहरुका लागि प्रजनन स्वास्थ्य नेतृत्व विकास सम्बन्धी तालिम बुधबारबाट बुटवलमा सुरु भएको छ ।
तालिममा तथ्य जाँच, सम्पादक र रिपोर्टरको सम्बन्ध कस्तो हुने, पत्रकार महिलाको क्षमता विकास सम्बन्धी विविध विषयमा जानकारी गराइने छ । तथ्य जाँचका दिपक अधिकारी, न्युज एजेन्सीका कृष्ण पौडेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले सहजीकरण गर्नेछन् । सञ्चारिका समूह केन्द्रका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको बताइन् ।
कार्यक्रममा महासचिव वसन्ती बास्तोलाले महिलालाई संचार गृहमा विश्वास नगरी अगाडि बढ्न नसकेको कारण तालिमको अवश्यक परेको बताइन् । तीन दिन सम्म चल्ने सो कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका २५ जना पत्रकार महिलाको सहभागिता रहेको छ ।