ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

गुल्मीमा ४ अर्ब  बढीको पशुजन्य उत्पादन 

११ आश्विन २०८२, शनिबार
११ आश्विन २०८२, शनिबार

 गुल्मी, ११ असोज । 

गुल्मीमा पछिल्लो समयमा किसानहरू व्यावसायिक रूपमा पशुपालन क्षेत्रतर्फ आकर्षित हुन थालेका छन् । यसबाट किसानहरूमा समृद्धिको आशा पलाउन थालेको छ ।

पहाडी जिल्लाहरूमा ठुला उद्योग तथा कलकारखानाहरू नहुने भएका कारण पशुपालन क्षेत्र किसानहरूका लागि एउटा समृद्धिको मुख्य आधार बन्दै जान थालेको छ ।

जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा चार अर्ब भन्दा बढीको पशुजन्य उत्पादन भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मासु, दूध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख रुपैयाँ भन्दा बढीको पशुजन्य उत्पादन भएको छ ।

जस अन्तर्गत एक अर्ब ८४ करोड ३८ लाख रुपैयाँको दूध उत्पादन भएको बताइएको छ ।  किसानहरूले गाईको तुलनामा भैँसीको दूध उत्पादनमा बढी जोड दिन थालेका छन् ।

दूध उत्पादनमध्ये गाईको दूध छ हजार तीन सय ८१ मेट्रिकटन र भैंसीको दूध १६ हजार चार सय ३७ मेट्रिकटन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले जानकारी दिएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१÷०८२ मा २.५१ प्रतिशतले दूधको उत्पादनमा वृद्धि भएको छ ।

अहिले जिल्ला बाहिर दैनिक पन्ध्र सय लिटर दूध निर्यात गरिँदै आएको छ । जिल्लामा अन्य पालिकाहरूको तुलनामा सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा रहेका फर्मबाट बढिमात्रामा दूध बिक्री हुने गर्दछ ।

किसानहरूले उत्पादन गरेको दूध स्थानीय सहकारी र प्राईभेट डेरीमा (व्यक्तिगत) सङ्कलन हुने गर्दछ । उक्त सङ्कलित दूध स्थानीय बजारमा खपत भएर बाँकी रहेको दूध, रूपन्देही र पोखरा पठाउने गरिन्छ ।

यसै गरी गुल्मीमा राँगो, खसी बोका, कुखुरा, सुँगुरबुँगुर तथा भेडागरि दुई अर्ब ५८ लाख २३ हजार रुपैयाँ बरावरको मासु उत्पादन हुने गरेको कार्यालय प्रमुख पाण्डेले बताए । गत आर्थिक वर्षमा जिल्लाबाट पन्ध्र हजार खसी बोका, एक हजार नौ सय राँगाभैंसी र पाँच लाख ४७ हजार पाँच सय लिटर दूध बाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?