ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास
सरकारको स्वागतयोग्य काम

सुशासनतर्फको यात्रामा एक कदम अगाडि 

९ आश्विन २०८२, बिहीबार
९ आश्विन २०८२, बिहीबार

अन्तरिम सरकारले सांसदसहित राजनीतिक पदाधिकारीहरूका स्वकीय सचिवको सुविधा खारेज गरेर स्वागतयोग्य काम गरेको छ । मुलुक पुनर्निर्माणको अभियान सुरु गर्नुपर्ने बेला सरकारमाथि निर्वाचन गर्नुपर्ने ठुलो जिम्मेवारी छ ।

त्यसका लागि ठुलो धनराशि खर्च गर्नुपर्ने अवस्थामा सरकारले खर्च कटौतीको निर्णय गरेर सुशासनतर्फको यात्रामा आफूलाई एक कदम अघि बढाएको छ । खर्च कटौतीको १२ बुँदे योजना ल्याएको सरकारले सांसदहरूको स्वकीय सचिवको सुविधा खारेज गरेको छ ।

प्रतिनिधि सभा विघटन भइसके पनि राष्ट्रिय सभा र प्रदेश सभा भने बाँकी नै छन् । फागुन २१ गतेको चुनावका लागि खर्च व्यवस्थापनको दबाबमा परेको सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री बाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गर्ने निर्णय गरेर जनताको मन जितेको छ ।

यसबाट राज्यको करोडौँ रकम जोगिने भएको छ । यसै गरी नेपाल सरकार र प्रदेश सरकारका मन्त्री तथा प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न सक्ने निर्णय सरकारले गरेर मितव्ययिताको छनक दिएको छ ।

सरकारले सङ्घ र प्रदेश सरकारका मन्त्री लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा अलग्गै कार्यकक्ष उपलब्ध नगराउने भएको छ । साथै स्वकीय सचिवालयका कर्मचारीका लागि सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा पनि नदिने निर्णय सरकारले गरेको छ ।

यो निर्णयबाट सरकारले लोकप्रियता हासिल गर्ने मात्र होइन, निर्वाचनपछि बन्ने नयाँ सरकारलाई मितव्ययी बन्न दबाब पर्ने निश्चित छ ।  सरकारले प्रेस समन्वयका लागि अतिरिक्त नियुक्ति नगरी सम्बन्धित निकायकै प्रवक्ता तथा सूचना अधिकारीबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।

सत्तामा पुग्ने बित्तिकै प्रधानमन्त्री, मन्त्री, सांसदहरूले आफ्ना नजिकका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गर्ने र सरकारी तलब भत्ता खुवाएर राज्य कोषको दोहन गर्ने परम्परामा सुशीला कार्की नेतृत्वको सरकारले विराम लगाएर जनताको स्याबासी पाएको छ ।

सरकारले वर्षौँदेखि चल्दै आएको गलत परम्परा रोक्ने काम गरेर सुशासनतर्फको यात्रामा एक कदम अघि बढ्दै राम्रो सन्देश दिने प्रयास गरेको छ । राज्य कोषको दोहन गर्ने, सल्लाहकार र आसेपासे चम्चे नियुक्त गरेर राज्यमाथि ठुलो आर्थिक दबाब पार्ने काम हुँदै आएको सन्दर्भमा सरकारको पछिल्लो निर्णयको सर्वत्र सराहना गरिएको छ ।

पछिल्लो समय त पालिका प्रमुख, विभागीय प्रमुख, योजना आयोगका पदाधिकारी लगायतले पनि सल्लाहकार नियुक्त गरेर महालेखालाई हरेक वर्ष बेरुजुको फाइल तन्काउन बाध्य पारिरहेका थिए । मन्त्रीहरू, मुख्यसचिव, सचिव, अन्य उच्चपदस्थ कर्मचारी र विज्ञहरू प्रधानमन्त्रीका सारथि हुन् ।

उनीहरूले सम्बन्धित मन्त्रालयमा बसेर विभिन्न अल्पकालीन र दीर्घकालीन नीति तर्जुमा गर्ने मात्र होइन, प्रधानमन्त्रीलाई नीतिगत र अन्य विषयमा विभिन्न सुझाव र सल्लाह पनि दिन्छन् । उनीहरू नै मुख्य रूपमा प्रधानमन्त्रीका सहयोगी र सल्लाहकार हुन् ।

तर, सत्तासीनहरूलाई विभिन्न विषयमा सल्लाह दिने यस्तो झुन्डको औचित्य समेत थिएन । जे होस सरकारले गरिरहेको राम्रो निर्णयमध्येको यो एक निर्णयलाई कार्यान्वयन गर्नु जरुरी छ । त्यसो त प्रधानमन्त्री र मन्त्रीहरूले निश्चित मात्रामा सल्लाहकार राख्न पाउने व्यवस्था छ ।

यसरी सल्लाहकार नियुक्त गर्दा नियम विपरीत ठुलो सङ्ख्यामा जम्बो टिम बनाउने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा त्यसको दायरा तोकिनु उदाहरणीय काम हो । सल्लाहकारको यो झुण्ड नेपालको सन्दर्भमा वास्तवमै अनुचित छ । यसले राज्यको खर्च बढाउने काम मात्रै गरेको छ भन्दा अत्युक्ति हुँदैन ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सल्लाहकारको यस प्रकारको झुण्ड कटौती गरेर सकारात्मक कामको सुरुवात गरेको छ । अव प्रधानमन्त्री कार्की र मन्त्रीहरूले पनि आफ्नो सचिवालयलाई मितव्ययी बनाउने घोषणा गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?