© २०२३
बुटवल, २७ मंसिर ।
काभ्रेपलाञ्चोकको बेथानचोकमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । मंगलबार साँझ भएको दुर्घटनामा परी १३ जनाको घटनास्थलमै र अन्यको अस्पतालमा मृत्यु भएको हो ।
अहिलेसम्म १८ जनाको मृत्यु भएको र २५ जनाभन्दा बढीको शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बनेपा नगरपालिका ११ सल्लेबाट बस दुर्घटना भएको बताइएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
च्याल्टीबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख ४३८५ नम्बरको बस बेथानचोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । भान्जाको छेवरका लागि मावलीतर्फका आफन्त बोकेको बस साँझ दुर्घटना भएको काभ्रेका प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए ।
२५ जनालाई उद्दार गरी सिल मेमोरियल बनेपा र धुलिखेल अस्पतालमा लगिएको छ । सबैको अवस्था गम्भीर रहेको डीएसपी न्यौपानेले बताए । भान्जाको छेवरमा मामलीहरु र आफन्त बनेपा ११ सल्लेबाट बिहान बस रिजर्भ गरेर बेथानचोकस्थित च्याल्टीमा गएका थिए । छेवर सकेर च्याल्टीबाट फर्किने क्रममा बस दुर्घटना भएको हो ।