© २०२३
बर्दिया, ८ असोज ।
बर्दिया राष्ट्रिय निकुञ्जमा साउन महिनादेखि अवरुद्ध भएको जिप सफारी सेवा पुनः संचालनमा आएको छ । वर्षायामसँगै आएको लगातारको वर्षा र हावाहुरीका कारण निकुञ्जभित्रका सडक अवरुद्ध भएपछि करिब दुई महिनासम्म सफारी सेवा स्थगित गरिएको थियो ।
निकुञ्ज भित्र हावाहुरीले ढालेका रुख तथा अवरोध पन्छाएर बाटो मर्मत सम्पन्न भएपछि फेरि जिप सफारी खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार निकुञ्ज प्रशासनले चाडपर्वको समयमा आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी सफारी संचालनमा ल्याएको हो । निकुञ्ज परिसर बाहेक घुम्न आउने अधिकांश पर्यटकले जिप सफारीलाई प्राथमिकता दिने भएकाले सेवाको उच्च माग निरन्तर रहेको छ ।
हरेक बर्ष झै यो बर्ष पनि निकुञ्जमा जिप सफारी चाडपर्वका बेला पर्यटकहरुलाई लक्ष्ति गरेर प्याकेज समेत ल्याएको छ ।