ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

केरा कुहिएपछि किसान आन्दोलित

७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

समाचार सारांशमा


  • सस्तो भारतीय केरा नेपाल आयात हुँदा नेपाली किसानको केरा बिक्री गर्न नसकी ठूलो समस्यामा परेका छन् ।


  • पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि समाधान नआएपछि किसानहरू आन्दोलनमा उत्रिएका छन् ।


  • केरा उत्पादक सङ्घले  भारतबाट आयात हुने केरा बोकेको सबै सवारीसाधन नियन्त्रणमा लिने चेतावनी दिएको छ ।


सुनवल, ०७ असोज  । 

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि पश्चिम नवलपरासीमा केरा खेती गर्दे आएका किसानहरू आन्दोलित भएका छन् । भारतबाट आयात भएको केराका कारण स्थानीयले बजार नपाएको भन्दै किसानहरू आन्दोलित भएका हुन् ।

उनीहरूले आजदेखि भारतबाट आयात भएर आएका केरा नियन्त्रणमा लिने जनाएका छन् । भारत बाट सस्तोमा केरा आयात हुँदा स्थानीय उत्पादनले बजार नपाएको भन्दै किसानहरूले पटक पटक सरकारको ध्यानाकर्षण गराउँदा समेत सुनवाइ नभएपछि बाध्य भएर सडकमा उत्रनु परेको बताएका छन् ।

चाडपर्वको समयमा नेपाली उत्पादनले माग धान्ने भए पनि भारतबाट धमाधम केरा आयात हुँदा नेपाली उत्पादन बोटमै कुहिन थालेको केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष लख्खु यादवले बताए ।

भारतीय केरा बोकेर भन्सार हुँदै आउने सबै सवारी साधन नियन्त्रणमा लिने सङ्घले जनाएको छ । ‘भारतबाट आएका गाडी अब हामी नियन्त्रणमा लिन्छौँ, नेपाली उत्पादन खेर जाँदा वास्ता नगर्ने भएपछि बाध्य हुनुपरेको छ,’ अध्यक्ष यादवले भने । नयाँ सरकारले किसानको समस्या सुन्छ कि भन्ने अपेक्षा रहेको पनि उनको भनाइ छ ।

गत वर्ष ४५ रुपैयाँ प्रतिदर्जन सम्ममा बिक्री भएको केरा यस वर्ष २० रुपैयाँमा पनि बिक्री नभएपछि जमिन भाडामा लिएर खेती गर्दै आएका अधिकांश किसान चिन्तित बनेका छन् । नवलपरासीको प्रतापपुर र सुस्ता केरा पकेट क्षेत्र हो । सो क्षेत्रमा झन्डै १८ सय बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।

असारदेखि ६ महिनासम्म आन्तरिक उत्पादनले नेपालको माग धान्ने भएकाले भारतीय केराको आयात तत्काल रोक्न केरा उत्पादक सङ्घले माग गरेको छ । केही दिन भित्र केरा बिक्री नभए खेतमा नष्ट हुने जोखिम रहेको भन्दै किसानहरूले तिन तहका सरकारले बजारीकरणको व्यवस्था गर्न माग गरेका छन् ।

जिल्लाको सुस्ता, प्रतापपुर र सरावलमा झन्डै १८ सय बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । अहिले नवलपरासीमा झन्डै एक लाख मेट्रिक टन केरा बिक्रीका लागि तयार भएको केरा उत्पादक सङ्घले जनाएको छ । नवलपरासीमा यस वर्ष दश प्रतिशतले केरा खेतीको क्षेत्रफल विस्तार भएको छ ।

तर केराले उचित मूल्य नपाउँदा फेरि केरा खेतीबाट पनि पलायन हुनुपर्ने अवस्था सृजना भएको किसानहरूले बताएका छन् । लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगन्ज भन्सार कार्यालयबाट अहिले भारतीय केराको आयात हुँदै आएको छ । बेलहिया नाका बाट प्रति दिन ८० मेट्रिकटनको दरले केरा आयात भइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भारतमा उत्पादन लागत सस्तो पर्ने भएकाले भन्सारबाट अहिले धमाधम सस्तोमा भारतीय केरा आयात भइरहेको हो । अहिले नेपाली उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले भारतीय केराको आयात रोक्नुपर्नेमा किसानहरूको जोड छ । भारतीय केराको आयात भइरहेपनी बजारमा केराको मूल्यमा भने गिरावट आएको छैन । उपभोक्ताले खरिद गर्दा महँगोमै किन्नुपर्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?