ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

अल्लोबाट कमाइ गर्दै सत्यवतीका महिला

३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

समाचार सारांशमा


  • गुल्मी, सत्यवती गाउँपालिका–८ भार्सेका महिलाहरूले गाउँमै अल्लो (लेकाली सिस्नो) बाट कपडा बनाउने लघु उद्यम सञ्चालन गरेका छन् ।


  • अल्लोबाट टोपी, गलबन्दी, कोट, सल, मजा, पर्स आदि सामग्रीहरू बनाइन्छ ।


  • पहिले खेर जाने सिस्नोलाई अहिले उपयोगमा ल्याइएको छ ।


गुल्मी, ०३ असोज ।

गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका महिलाहरूले गाउँमै लघु उद्यम सञ्चालन गरेका छन् । त्यही उद्यमबाट महिलाहरूले राम्रो आम्दानी गर्न थालेका छन् । उनीहरूले गाउँघरमा त्यत्तिकै खेर गईरहेका अल्लो (लेकाली सिस्नो) लाई प्रशोधन गरेर त्यसबाट कपडाहरू बनाउने गर्दछन् ।

घरधन्दा सकेर फुर्सदको समयलाई सदुपयोग गर्दै उनीहरूले घरमै बसेर अल्लोका सामग्रीहरू बुनेर जीविकोपार्जन गर्न थालेका हुन् ।
सत्यवती गाउँपालिका–८ स्थित भार्से गाउँमा जनजातिहरूको सिङ्गो बस्ती छ ।

उक्त बस्ती प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक परम्परा बोकेको सुन्दर ठाउँ हो । रैथाने खाद्यवालीहरू उत्पादन गर्दै आएको त्यहाँका महिलाहरू पछिल्लो समयमा उद्यमशीलतासँग जोडिन थालेका छन् ।

पहाडी जिल्लामा अल्लो अर्थात् लेकाली सिस्नुको कपडा बनाउने चलन पुरानै मानिन्छ । तर चलन पुरानै भए पनि भनी गुल्मी जिल्लामा भने यसरी व्यावसायिक रूपमा लघु उद्यम सञ्चालन गर्न लागेको भने थोरै समय भएको छ ।

ग्रामीण क्षेत्रमा यत्तिकै सडेर खेर गइरहेको लेकाली सिस्नोलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सत्यवती गाउँपालिकाले पनि अल्लोका कपडा बुन्नका लागि त्यहाँका महिलाहरूलाई उत्प्रेरित गरेको छ । गाउँपालिकाको सहयोग पाएपछि त्यहाँका महिलाहरू पनि व्यावसायिक रूपमा अल्लोका कपडा बनाउनेतर्फ रुचि देखाएका हुन ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको सहयोगमा लघु उद्यमका लागि साझा सुविधा केन्द्रको भवन निर्माण गरिएको छ । उक्त भवनमा यति बेला गाउँका कतिपय महिलाहरू त्यही साझा सुविधा केन्द्रमा जम्मा भएर काम सिक्न थालेका छन् ।

गत आठ वर्षदेखि सञ्चालनमा आएको सुविधा केन्द्रमा यति बेला स्थानीय महिलाहरू अल्लोको धागोबाट टोपी, गलबन्दी, कोट, सल, मजा, पर्स लगायतका सामग्रीहरू बनाउने गर्दछन् । अल्लोबाट उत्पादन हुने सामग्रीहरू नरम र धेरै टिकाउ हुन्छन् ।

ग्रामीण क्षेत्रका स–साना बजारदेखि अन्तर्राष्ट्रिय बजारसम्म यसको माग धेरै हुने भएका कारण यसले स्थानीयहरूको जीविकोपार्जनमा थप सहयोग पुराउँदै आएको सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताउँछन् ।

अध्यक्ष पाण्डेले उद्यम सञ्चालनका लागि गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय गुल्मीबाट समय समयमा तालिम उपलब्ध गराउनुका साथै त्यसका लागि आवश्यक सामग्रीहरू समेत सहयोग गरेको पाण्डेले बताए ।

नयाँ पुस्ताका युवायुवतीहरूलाई यो पेसामा खासै चासो छैन । तर पुराना पुस्ताहरूले अल्लोको व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । अल्लोको कपडाको माग बढी भएका कारण बिक्रीका लागि बजारको कुनै समस्या नभएको सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले बताएकी छन् ।

नयाँ पुस्तालाई सिप हस्तान्तरण गर्नका लागि पालिकाले वडा नं ३ को लुम्पेकमा तालिम समेत उपलब्ध गराइसकेको उपाध्यक्ष तरामुले बताएकी छन् ।  सत्यवतीमा अल्लोको प्रचुर सम्भावना भएको कारण त्यहाँका महिलाहरू कृषि कर्मसँगै फुर्सदको समयमा उद्यम सिकेर अल्लोका सामग्रीहरूबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

अल्लोको कपडा तयार पार्नको लागि सुरुमा सिस्नोको बोट काटेर यसको छालाको बाहिरी भाग निकाल्ने र यसलाई राम्रोसँग सफा गर्नुपर्दछ । त्यसपछि पानीमा खरानी राखेर उमाल्ने र उमालेपछि त्यसलाई धोएर घाममा सुकाउने गरिन्छ ।

यसरी सुकाइसकेपछि त्यसलाई हात वा चर्खाको माध्यमबाट धागो काटेर कपडा बुन्ने गरिएको स्थानीय नरबहादुर बुढाथोकीले बताएका छन् ।
अल्लोलाई बनाउने प्रक्रिया र मेहनत लामो भए पनि यसबाट बन्ने कपडा राम्रा र टिकाउ हुने गर्दछन् ।

अल्लोका कपडाहरू विशेष गरी पहाडी क्षेत्रमा बसोबास गर्ने समुदायहरूको मुख्य पहिचानका रूपमा चिनिन्छ । अल्लो खेतीले ग्रामीण क्षेत्रका मानिसहरूलाई रोजगारी सिर्जना गर्नुका साथै उनीहरूलाई आर्थिक अवस्थालाई सशक्त बनाउन सहयोग पुराउने सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।

अल्लोलाई गुल्मी, अर्घाखाँची, प्युठान लगायतका जिल्लाहरूमा चाल्लने सिस्नोको नामबाट समेत चिन्ने गरिन्छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?