ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

‘दलहरूलाई सच्चिने सुनौलो अवसर’

१ आश्विन २०८२, बुधबार
१ आश्विन २०८२, बुधबार

मुलुकका ठुला राजनैतिक दलहरूले फागुन २१ मा घोषणा भएको प्रतिनिधि सभाको निर्वाचनमा भाग लिने सङ्केत गरेका छन् । यो खुसीको कुरा हो । निर्वाचनका माध्यमबाटै मुलुकलाई सही दिशा दिने हो ।

अहिले ट्याक छोडेको मुलुकले निर्वाचनपछि सही दिशा लिने विश्वास गरिएको छ । जेनजी आन्दोलनले स्पष्ट दिशानिर्देश गरेको छ– अव नेताहरूमा सुधार हुनु जरुरी छ । राजनीतिक दल र तिनका नेताहरूमा अव पनि सुधार नहुने हो भने उनीहरूलाई देशले धेरै पछि धकेलिदिनेछ । त्यसैले अब राजनीतिलाई सफा बनाउने राजनीतिक दलले नै हो ।

फागुनको निर्वाचनपछि मुुलुकको कायापलट गर्ने जिम्मेवारी फेरीपनि राजनैतिक दलको काँधमा आउँदैछ । निश्चितरूपमा देशका लागि प्रदेश महंगो सावित भएको छ । महँगो निर्वाचन प्रणालीलाई फेर्नु जरुरी छ । मुलुकले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग गरेको छ । यी सवै प्रणालीको परिवर्तन संविधानमा संशोधनबाट मात्रै संभव छ ।

तसर्थ फागुनमा हुने निर्वाचनपछि बन्ने सरकारले सवैभन्दा पहिले जेनजी युवाहरूले उठाएका यी मागको सम्बोधन गर्नैपर्नेछ । अहिलेको निर्वाचन प्रणालीबाट सामान्य नागरिक निर्वाचित भएर प्रतिनिधि सभा, प्रदेश सभा वा स्थानीय सभामा पुग्नै सक्दैन । अव राजनीतिक दलले आत्मसमीक्षा गर्न ढिलाइ गर्न हुँदैन ।

अव मुलुकमा विदेशबाट सीप सिकेर फर्केको जनशक्तिलाई गाउँमै रहेको युवासँग समन्वय गराई बाँझो जमिनलाई उपयोग गर्ने योजना चाहिएको छ । हिमाल, पहाड र तराई मधेशका बीचमा समन्वयात्मक उत्पादन योजना बनाएर कार्यान्वयनमा लैजाने कानुन चाहिएको छ ।

त्यसका लागि संघ सरकारसंग समन्वय गरेर स्थानीय सरकारलाई प्रभावकारी वनाउनुको विकल्प छैन । अलमलिएका स्थानीय सरकारलाई दौडाउने योजना अव संघले लिनुपर्दछ । अवको दिनमा विकास निर्माणको गतिलो संरचना, रोजगारी सिर्जना गर्ने गराउने, आत्मनिर्भर अर्थतन्त्र निर्माण, आयात प्रतिस्थापन गरी निर्यात बढाउने संरचना बनाउनु जरुरी छ ।

त्यसका लागि परिकल्पना चाहिन्छ, त्यो परिकल्पना साकार पार्ने दृढ सकल्पसहितको कानुन चाहिन्छ । त्यो कानुन कार्यान्वयन गर्ने असल जनशक्ति चाहिन्छ । तर त्यसका लागि फेरिपनि संविधानमा संशोधन आवश्यक छ । त्यो फागुनपछि निर्माण हुने सरकारको काँधमा जिम्मेवारी हुनेछ । त्यो ऐतिहासिक दायित्व पूरा गर्नेगरि दलहरू अव निर्वाचनमा होमिनुको अर्को विकल्प छैन ।

संविधानले प्रत्याभूत गरेका मौलिक हकसँग सम्बन्धित विषयमा सरकारले आफूलाई केन्द्रित गराएर कानुन बनाई कार्यान्वयन गर्ने हो भने समाजवाद उन्मुख मुलुक बनाउन सकिन्छ । दल र तिनका नेताहरूमा आत्मसमीक्षा गर्ने चेत अव सिर्जना होस् ।

मुलुकको मूल दस्तावेज संविधानमा संशोधनको लागि दुई तिहाई आवश्यक हुन्छ । त्यसको आधार निर्माण गर्ने काम निर्वाचनले गर्नेछ । तसर्थ राजनैतिक दलहरूले एकपटक पुनः आफूहरूलाई सच्चाउँदै आम निर्वाचनमार्फत मुुलुकलाई पुनर्संंरचनाको दिशामा अघि बढाउनु जरुरी छ ।

मुलुकले परिवर्तन चाहेको कुरा जेनजी युवा पुस्ताको विद्रोहबाट स्पष्ट भैसकेको छ । विगतमा जस्तो परिवारबाद, नातेदार, आसेपासे, चेला/चपेटाबादलाई तिलाञ्जली दिन नेताहरूमा अव सतबुद्धि आओस् । विगत ३०-४० बर्षदेखि उही अनुहार, उही अस्थीरता, अन्यौलताले मुलुकलाई गिजोलेको थियो ।

विगत चार दशकदेखि सत्ताको मियोमा रहेका दलका नेताहरूबाट देश उँभो लाग्न सक्दैन, जनताको दुःख, पीडा तथा गरिबी घटन सक्दैन र देशले निकास पाउँदैन, परिवर्तन संभव छैन भन्ने जेनजी आन्दोलन दृष्टान्त हो । तसर्थ अवको दिनमा जेनजी आन्दोलनले दिएको सन्देशलाई आत्मसाथ गर्दै देशलाई रूपान्तारणको बाटोमा अघि बढाउनु जरुरी छ ।

संगै दलहरूमा आमूल रूपान्तरणको खाँचो छ । त्यसको सुरुवात ७० बर्ष पार भएका नेताहरूको विस्थापनबाटै हुनुपर्दछ । दशकौंदेखि सरकार तथा राजनीतिक पार्टीहरूमा मुठ्ठीभर व्यक्तिले पद तथा पावर ओगटेर बसेका छन् । युवा नेताको हैसियतामा राजनीतिमा छिरेका नेताहरू सवै वृद्धभत्ताका हकदार भइसकेका छन् ।

राजनीतिबाट सात दशक पार भएका नेताहरूले अवकास लिनैपर्दछ । उनीहरूको भूमिका अव सल्लाहकारको हैसियतमा हुनुपर्दछ । अनिमात्र जेनजीको भावनाको सम्मान हुन सक्छ । दलहरूपनि रूपान्तरित भूमिकामा निर्वाचनमा जानुको विकल्प छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?