ट्रेंडिंग:

>> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श 

कर्णाली प्रदेश सरकारका प्रयोगशाला भवन अलपत्र !

१ आश्विन २०८२, बुधबार
१ आश्विन २०८२, बुधबार

समाचार सारांशमा


  • कर्णाली प्रदेश सरकारले २०७७ सालमै सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रे मा विषादी परीक्षण प्रयोगशाला निर्माण  ।


  • चार वर्षअघि ३५ लाख रुपैयाँ बराबरको उपकरण खरिद ।


  • तत्काल प्रयोग गर्न नसकिने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमा थन्क्याइएको ।


  • कपुरकोटमा २ जना कर्मचारी खटाइए पनि उपकरण अभावका कारण कामविहीन छन् ।


 

सल्यान, ०१ असोज । 

कर्णाली प्रदेश सरकारले विषादी परीक्षणका लागि निर्माण गरेका प्रयोगशाला भवन लामो समयदेखि अलपत्र परेका छन् । सल्यानको कपुरकोट र सुर्खेतको छिन्चुस्थित हर्रेमा २०७७ सालमै प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने लक्ष्यसहित भवन बने पनि प्रयोगमा आउन सकेका छैनन् ।

प्रदेश सरकारले तरकारी, फलफूल तथा मासुजन्य वस्तुमा हुने विषादी परीक्षणका लागि चार वर्ष अघि करिब ३५ लाख रुपैयाँमा उपकरण खरिद गरेको थियो ।

तर ती उपकरण तत्काल प्रयोग गर्न नसक्ने भन्दै एकीकृत कृषि प्रयोगशाला सुर्खेतमै थन्क्याइएको छ । पछिल्लो वर्ष थप उपकरण खरिद भए पनि भवनमै थन्किएका छन् ।

यता कपुरकोटमा दुई जना कर्मचारी पठाइए पनि उपकरण अभावका कारण उनीहरू कामविहीन बनेका छन् ।
प्रयोगशाला सञ्चालन नभएकै कारण किसानले विषादी प्रयोगबारे सचेतना पाउने, उत्पादनलाई ब्रान्डिङ गर्ने र बजारमा विश्वसनीयता बढाउने अपेक्षा पुरा हुन सकेको छैन ।

बेमौसमी तरकारी उत्पादनका लागि प्रसिद्ध कपुरकोटबाट वार्षिक ५२ करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुने गरे पनि विषादी परीक्षण अभावमा गुणस्तर प्रमाणित गर्न समस्या भएको कपुरकोट गाउँपालिकाले जनाएको छ ।

कर्णाली प्रदेशको एकीकृत कृषि प्रयोगशालाका प्रमुख चित्रबहादुर रोकायका अनुसार भवन निर्माण भए पनि बजेट र जनशक्ति अभावले सञ्चालन हुन नसकेको हो । मन्त्रालयसँग आवश्यक व्यवस्था गर्न आग्रह गरिएको र बजेट पाउँदासाथ सञ्चालनमा ल्याइने उनले बताए ।

यता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत बहादुर खड्काले भने यस वर्ष प्रयोगशाला सञ्चालन गर्ने दाबी गरेका छन् । उनका अनुसार गत वर्ष बजेट अपुग भएकाले यस वर्ष ६० लाख रुपैयाँमा टेन्डर मार्फत उपकरण खरिद भइसकेकाले यो वर्ष प्रयोगशाला सञ्चालनमा ल्याइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?