ट्रेंडिंग:

>> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य

हिमालको काखमा फुटबल सपना….

२५ मंसिर २०७९, आईतवार
२५ मंसिर २०७९, आईतवार

बाँके, २५ मंसिर ।

नेपाल सहित बिश्वभरको ध्यान कतारमा भइरहेको बिश्वकप फुटवलमा केन्द्रित छ । यता कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका बालबालिका ठिक यति नै बेला फुटबलर बन्ने सपना बुन्दै माइनस डिग्री तामपक्रममा फुटबल प्रशिक्षण लिइरहेका छन् । त्यो पनि समुन्द्र सतह भन्दा २९ सय १० मिटर उचाईमा अवस्थित हुम्ला फुटबल एकेडेमीमा ।

सदरमुकाम सिमीकोट प्राकृतिकरुपमा सुन्दर छ । वरिपरि हिमालले घेरिएको दृश्य हेर्न बर्षेनी पर्यटकहरु आइरहन्छन् । प्राकृतिकरुपमा सुन्दर हुम्लाका दुःख पनि अनेक छन् । सुविधा सम्पन्न ठाउँमा खेलकुद गतिविधि फस्टाउन नसकेका बेला भौगोलिक कठिनाई भएको हुम्लामा फुटबल गतिविधि बढाउनु चानचुने कुरा होइन । तर २०७७ सालदेखि बिष्णु रावतको अगुवाईमा हिमालको काखबाट फुटबलर बन्ने सपना बुन्दै बालबालिका प्रशिक्षण लिइरहेका छन् ।

‘नेपाली फुटबलका नेतृत्व तहमा बस्नेहरु कतार विश्वकपमा ब्यस्त भइरहँदा हामी हुम्ला फुटबल विकासको लागि माइन्स डिग्रीको चिसोमा हिमालको काखमा २९ सय १० मिटरको उचाईमा फुटबल सिकाइरहेका छौं’– हुम्ला फुटबल एकेडेमीका अध्यक्ष समेत रहेका रावत भन्छन्–‘केवल लक्ष्य पुरा गर्नु छ । हुम्लालाई पर्यटन मात्र होइन फुटबलबाट पनि चिनाउनु छ ।’

उमेरले पचास दशक पुग्नै लागेका रावत काठमाडौंमा पढे । त्यहींबाट फुटबल खेल्न सिके । एसएलसी सकेपछि घर फर्किदा एउटा राम्रो फुटबल पनि संगै ल्याए । त्यसअघि हुम्लामा कपडाको बल बनाएर केटाकेटीहरु खेल्थे । रावतले गतिलो बल ल्याएपछि सिमिकोटको एयरपोर्टमै फुटबल खेलेका थिए । धेरैलाई फुटबल बारे त्यति नै बेला चासो बढ्यो । पछि फुटबल खेलमै उनले आफुलाई समर्पण गरे । रावत नेपालगन्जमा रहेर फुटबल खेल्थे ।

  • ‘नेपाली फुटबलका नेतृत्वतहमा बस्नेहरु कतार विश्वकपमा ब्यस्त भइरहँदा हामी हुम्ला फुटबल विकासको लागि माइन्स डिग्रीको चिसोमा हिमालको काखमा २९ सय १० मिटरको उचाईमा फुटबल सिकाइरहेका छौं ।’

क्षेत्रीय प्रतियोगितामा पनि भाग लिए । पर्यटन उद्योगका क्षेत्रमा पनि सक्रियतापूर्वक लागे । उनको मन फुटबल भन्दा अन्त गएन । अन्ततः २०७७ सालमा हुम्ला फुटबल एकेडेमी दर्ता गरी हिमालको काखबाट फुटबल जन्माउने सपना देख्दै सिमिकोट हानिए । अहिले रावत नेतृत्वको टिम सिमिकोटमा फुटबल गतिविधिलाई बढावा दिइरहेको छ । उनीहरुलाई सरकारको सहयोग कम छ । तर पनि आफ्नै बलबुतामा फुटबल खेलाइरहेका छन् । कतिपय दाताले सहयोग गर्छन् । गतिलो फुटबल पूर्वाधार छैन । सरकारी सहयोगको आशा राखेका छन् ।

कोरोनाकाल अघि करिब चारसय बालबालिकालाई फुटबल प्रशिक्षण दिन्थे । अहिले घटेर दुई सय जनामा झरेको छ । प्रशिक्षण लिन आउने बालबालिकालाई खेलकुद सामग्री एकेडेमी आफैले दिने गरेको छ । बालबालिका पनि उत्साहित हुँदै प्रशिक्षण लिने गरेका छन् । प्रशिक्षण रावत र अर्का प्रशिक्षण प्रिती बहादुर रावतले दिने गरेका छन् । ‘एन्फासंग प्रशिक्षक माग गरेका छौं । अहिले भने हामी दुईजनाले प्रशिक्षण दिइरहेका छौं’– अध्यक्ष रावतले भने ।

हुम्लामा फुटवलको विकास र विस्तारको मुख्य उद्देश्य राखेको छ, हुम्ला फुटवल एकेडेमीले । स्थानीयस्तरमा फुटवल खेलाडीको रूपमा चिनिएका हुम्ली युवाहरूले जिल्लाको फुटवल, फुटवल प्रेमी र फुटवल खेलाडीलाई एकताबद्ध बनाउनका लागि एकेडेमी दर्ता गरी फुटबल गतिबिधि बढाएको रावतले जानकारी दिएका छन् ।

यो एकेडेमीले साविकको कर्णालीको पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटलाई कार्य क्षेत्र बनाएको छ । यो एकेडेमीलाई छिट्टै विस्तार गरिने भएको छ । कर्णाली क्षेत्रमा फुटवलको विकास र विस्तार गर्न गराउनका लागि आवश्यक पहल, सहकार्य र समन्वय गर्न गराउनका लागि यो एकेडेमीको स्थापना गरिएको हो । ‘मैले धेरै काम छाडेर यतै लागे । हुम्लालाई पर्यटनका रुपमा मात्र होइन फुटबलको क्षेत्रबाट पनि चिनाउने मन छ’– रावतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?