© २०२३
बुटवल, २४ मंसिर ।
जनउत्थान बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको आयोजनामा संस्थाको समिति, लेखा तथा उपसमितिहरुका महिलाको लागि लैंगिक हिंसा न्यूनीकरण र नेतृत्व विकास तालिम कोटिहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश सरला कुमारी पाण्डेले पछिल्लो समय श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद बढिरहेको र यसले समाजमा नराम्रो प्रभाव पारिरहेको बताउँदै बलात्कारका घटनाहरु बढिरहेको बताईन् । उनले त्यसका लागि सबै अभिभावकले सचेत हुन जरुरी रहेको बताईन् ।
तालिममा ३६ जनाको सहभागिता रहेको थियो भने सहजीकरण महिला बालबालिका जेष्ठ नागरिक मन्त्रालय महाशाखा प्रमुख शारदा बस्यालले गरेकी थिइन् । उनले सहकारीले गरेको चेतनामुलक कार्य राम्रो भएको भन्दै अब महिलाहरुले संस्थामा नेतृतवदायी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिईन् ।
जनउत्थान सहकारी संस्थाका अध्यक्ष ज्ञानु पौड्यालले संस्थाले महिलाहरु सबल बन्नका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको र शनिवार भएको कार्यक्रमले पनि चेतना अभिवृद्धि गर्न सहयोगी बन्ने बताईन् ।
कार्यक्रम सहकारी संस्थाका उपाध्यक्ष गिरी प्रसाद पुन, सचिव सरु राना लगायतले बोलेका थिए । सहकारी संस्थामा अहिले सम्म ३८ हजार सदस्य रहेका छन् । त्यस मध्ये ३० हजार महिला सदस्य रहेका छन् ।