ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

नयाँ घर सर्न नपाउँदै खरानी, पूर्व मेयरको पिडाः मलाई हात्ती ठान्दा हुन ५ करोड ऋणमा छु

३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार

नवलपरासी, पश्चिम् ।

जेन्जीको आन्दोलनका नाममा भएको घुसपैठका कारण नवलपरासीमा सरकारी कार्यालय देखि व्यक्तिगत संरचना समेत जलेर ध्वस्त भएका छन् । स्थानीय तहका सबै कार्यालय र जनप्रतिनिधिका घर जलेर खरानीमा परिणत भएको छ ।

जनताको पीडा सुन्ने जनप्रतिनिधि यति बेला आफै मुर्छित छन् ।बहालवाला जनप्रतिनिधि देखि पूर्व जनप्रतिनिधि सम्मका घरमा आगजनी र तोडफोड भएको छ ।

संविधान सभा सदस्य विक्रम खनाल, बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठ ,पूर्व नगरप्रमुख धिरज शर्मा बस्याल, उपप्रमुख रुद्र प्रकाश उपाध्याय ,प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, उप प्रमुख मानकुमारी चौधरी लगायतका व्यक्तिहरूको निजी घर सम्मतिमा तोडफोड र आगजनी हुँदा करोडौँको क्षति भएको छ ।

घर जलेर खरानी भएपछि सबै यति बेला शोकमा छन् । बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धिरज बस्यालको सर्ने तयारीमा रहेको नवनिर्मित घर जलेर ध्वस्त भएको छ ।उनी निजी विद्यालय सञ्चालक हुन ।

शिक्षा क्षेत्रमा गरेको लगानी र आफूहरूको वर्षौँ देखिको परिश्रम खरानी भएको बस्यालले पीडा पोखेका छन् ।”मलाई हात्ती ठान्दा हुन तर म ५ करोड ऋणमा छु “उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पाल्पाको सामान्य घरमा जन्मिएको आफू लामो सङ्घर्ष र मेहनत बाट अहिलेको संरचना आर्जन भएको र कहीँ कतै बाट आफूले अनुचित लेनदेन नगरेको र भोलिका दिनमा समेत त्यस्तो कुनै सोच नरहेको उनले प्रस्ट्याएका छन् ।

“मैले कुनै चुरोट कारखाना वा रक्सी कारखाना चलाएको होइन राज्यले कतै अवसर नदिएपछि शिक्षा जस्तो पवित्र कार्यमा लागेको हु ! शिक्षा र समाजसेवा सँगै लिएर जाँदा मेरो जिम्मेवारी नगरप्रमुखमा आई पर्‍यो त्यो काम बहुत इमान पूर्वक गरे त्यस बखत कहीँ कसैको सामान्य मन दुखाएको भए पनि घरै जलाएर ध्वस्त पारिदिने कुकर्म गरेको छैन “बस्यालले भनेका छन् ।

उनले थपेका छन् -” नयाँ घरमा त कोही बस्दो रहेनछ भनेर फर्किएका आततायी हरूलाई फर्काएर लिएर जाने हरूको हुलिया अनि व्यक्तिको पहिचानमा समाजले सहयोग गर्नु पर्दछ अन्यथा यो समाज मृत प्राय हुने छ र हाम्रा सन्ततिले सामाजिक सद्भाव , भाइचारा अनि आत्मीयता भन्ने कुनै भावना बुझ्ने छैनन् ” प्रदर्शनकारीले घर सोध्दा आफ्नै छिमेकीले घर देखाइदिएको भन्दै बस्यालले सामाजिक सञ्जालमा समेत उक्त भिडियो पोस्ट गरेका छन् ।

भिडियो निकै भाइरल समेत बनेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले छिमेकीको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् । जिल्लामा उनको मात्रै होइन संविधान सभा सदस्य विक्रम खनालको घर समेत जलेर ध्वस्त छ । उनी परिवार सहित आफन्तकोमा आश्रय लिएर बसेका छन् ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठको रुपाकोट पार्टी प्यालेस समेत जलेर खरानी भएको छ भने उनको घरमा तोडफोड गरिएको र गरगहना र नगद समेत चोरी भएको श्रेष्ठले बताएका छन् ।

यस्तै प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवका दुई वटै घर तोडफोड र आगजनीले खरानी भएको छ । घर पुर्ण रूपमा क्षतविक्षत भएको छ । आफ्नै नजिकका आफैले सहयोग गरेका व्यक्तिहरूले क्षति गराएको यादवले बताएका छन् ।

प्रहरी प्रशासनकै अघि घर जल्दा प्रहरी मुख दर्शक बनेको भन्दै उनले रोष प्रकट गरेका छन् । उनी अहिले छिमेकि राष्ट्र भारतमा स-परिवार आश्रय लिएर बसेको बताइएको छ ।

यसै गरी सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्याय,पाल्हीनन्दन गाउँपालिकाकी उपप्रमुख फतिमा खातुन लगायत अन्य जनप्रतिनिधि को समेत घर जलाइएको छ । सरकारी कार्यालय र निजी घर तोडफोड र आगजनी गर्नेहरूको क्रमिक रूपमा पहिचान हुँदै गएको र न्यायिक रूपमा अघि बढ्ने उनीहरूले बताएका छन् ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले समेत सरकारी सम्पत्ति सर्वोच्च अदालत जलाउनेहरू नेपाली हुन नसक्ने बताउँदै जेनजी आन्दोलनमा घुसेर तोडफोड र आगजनी गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताएकी छन् ।

सबै सरकारी कार्यालयका भौतिक संरचना कागजात र उपकरणहरू ध्वस्त भएपछि सहजै रूपमा सेवा प्रवाह हुने अवस्था देखिएको छैन ।स्थानीय तहहरूले सेवा सुचारु गर्न कार्यालय सरसफाइ गरिरहेका छन् ।

भदौ २४ गते भएको जेनजी आन्दोलनमा राज्यको दमनका कारण गोली प्रहार बाट युवाहरूको ज्यान गएपछि आन्दोलनले उग्र रूप लिएको थियो । गोली हान्न आदेश दिनेहरू विरुद्ध कानुनी कारबाही हुनुपर्ने चौतर्फी दबाब सिर्जना भएको छ ।पुराना दल र नेतृत्वको रवैयाले आम नागरिक आजित बनेपछि बितृष्णाका कारण आन्दोलने उघ्र रूप लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?