Butwal Today

स्रोत नखुलेको रकमसहित तीन जना पक्राउ

३० भाद्र २०८२, सोमबार
अ+
अ-

बाँके, ३० भदौ । 

कोहलपुर नगरपालिका वडा नम्बर २ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका ५ बस्ने १९ वर्षीय प्रयास लम्साल, २० वर्षीय युवल बलायर र नेपालगंज उपमहानगरपालिका १८ कारकाँदो बस्ने २६ वर्षीय ऋषिकेश मिश्र रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बा ८७ प ९०२० नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।  आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।