© २०२३
काठमान्डौ, ३० भदौ ।
नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहणपछि आफूले सरकारी तलब, भत्ता, सुरक्षा लगायत कुनै सुविधा नलिने घोषणा गरेका छन् ।
सोमबार ऊर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री घिसिङले आफूले पाउने सम्पूर्ण तलबभत्ता सहिद परिवारको नाममा स्थापना गरिने विशेष कोषमा जम्मा गर्ने जानकारी दिए ।
देश र जनताप्रति समर्पित भावनासहित जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले जनताको करको पैसा सेवा र परिवर्तनका लागि खर्चिनुपर्नेमा जोड दिए ।
त्यसैगरी, मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको डेडिकेटेड लाइनतर्फको बक्यौता उठाउने निर्णय आफ्नो पहिलो कार्यादेश भएको बताए ।