ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
प्रमुख समाचार

रुपन्देही लनटेनिसमा ज्ञवालीको नेतृत्व

२४ मंसिर २०७९, शनिबार
२४ मंसिर २०७९, शनिबार

बुटवल  मंसिर रुपन्देही लनटेनिस संघको दोस्रो साधारण सभा तथा अधिवेशनबाट गोपाल प्रसाद ज्ञवालीको अध्यक्षतामा आठ सदस्यीय नया नेतृत्व निर्वाचन भएको छ। शनिबार सम्पन्न अधिवेसनबाट संघको उपाध्यक्षमा डा मनोज ढुगाना, सचिव सबिर मिया, कोषाध्यक्ष विष्णु प्रसाद चापागाईं, सदस्यहरुमा मनोज नेपाल, डा टिकाराम घिमिरे, लक्ष्मी पौडेल अर्याल, सोम राना सर्वसम्मत चयन भएका हुन।
यसैबिच संघका अध्यक्ष सन्जय श्रेष्ठले नवनिर्वाचित अध्यक्ष ज्ञवालीलाई माईन्युट हस्तान्तरण गरेका छन।

नवनिर्वाचित अध्यक्ष ज्ञवालीले रुपन्देही खेलकुदको हब बन्दै गएको भन्दै यसलाई थप टेवा दिने गरि पुर्वाधार विकास र प्रतियोगितामा जोड दिने प्रतिवद्घता जनाए। खेलप्रेमी, तीन तहकै सरकारको सहयोगमा राष्ट्रियस्तरको खेलमैदान तयार भएको भन्दै आगामी दिनहरुमा लाग्ने उनले बताए।
कार्यक्रमको एक समारोहका बिच नेपाल ओलम्पिक कमिटिका सदस्य तथा अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी (कुमार) ले उद्घाटन गर्दै छोटोसमयमा लनटेनिस खेलबाट रुपन्देही देशमा नै चिनाउन सफल भएको बताए। उमेर समुहको राष्ट्रिय खेलाडी उत्पादन गर्ने गरि पुर्वाधार र प्रशिक्षणलाई निरन्तरता दिन सके खेलको भविष्य उज्वल रहेको उनले बताए। देविनगर क्षेत्रमा खेलकुद विकास गराउने लक्ष्यसहित आफुले सहयोग गरेको बताए। रुपन्देहीमा कान्छो खेलकुद संस्था भएपनि नितिगत र ब्यहारिक रुपमा अघि बढेर अन्य संस्थाहरुलाईलसमेत सिकाउन सफल भएको उनले दाबी गरे। रुपन्देहीमा एउटा सुविधासम्पन्न रंगशाला खड्किएको भन्दै यो निर्माणमा सबैको हातेमालो जरुरी रहेको उनले बताए।

कार्यक्रममा संघका अध्यक्ष सन्जय प्रकाश श्रेष्ठले आफ्नो ३ वर्षे प्रगति विवरण पेश गर्दै वर्षभरि गरिएका खेलकुद गतिविधि तथा पुर्वाधार निर्माणका बारे प्रकाश पारे।विश्वभर नै कोभिड संक्रमणको कारण प्रभावित भएको बेला पनि आफ्नो कार्यकालमा २ वटा राष्ट्रिय प्रतियोगिता गर्न सफल भएको तथा जुनियर लेभलको धेरै प्रतियोगितामा रुपन्देहीका खेलाडीहरुले पदक जित्न सफल भएको उनले बताए। हाल ४ वटा कोर्टलाई थपेर ६ वटा कोर्ट निर्माण गर्न सके अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सकिने सम्भावना रहेको उनले बताए।

कार्यक्रममा संघका उपाध्यक्ष मनोज कुमार बस्नेत, अर्जुन कुमार गुरुङ, अब्दुल सहमतले लनटेनिस खेल विकासमा सबैको लाग्नुपर्ने बताए। रुपन्देहीबाट नेपालको जुनियर लनटेनिसको राष्ट्रिय रेकिङमा विजेश अर्याल, निश्चल ज्ञवाली, संघर्ष फौज्दार, निर्जल टण्डन लगायतका आधा दर्जन बढि खेलाडीहरु उत्पादन भएको प्रशिक्षक विकास खड्काले बताए। कोर्टमा दुई दर्जन बढि उमेर समुहका खेलाडीहरु प्रशिक्षण लिदै आएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?