ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

क्षतिग्रस्त बाँकेका केही सरकारी कार्यालयहरूले अस्थायी रूपमा सेवा सुरु गरे

३० भाद्र २०८२, सोमबार
३० भाद्र २०८२, सोमबार

नेपालगन्ज, ३० भदौ ।

जेनजी आन्दोलनपछि क्षतिग्रस्त बाँकेका केही कार्यालयहरूले अस्थायी रूपमा सेवा सुरु गरेका छन् । आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका बाँकेका करिब दुई दर्जन बढी विभिन्न सरकारी कार्यालयमध्ये केहीले आइतबारदेखि अस्थायी रूपमा सेवा प्रवाह सुरु गरेका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका, भन्सार कार्यालय र उच्च अदालत तुल्सीपुर–नेपालगन्ज इजलासले अस्थायी संरचनाबाट सेवा दिन थालेको बताएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माका अनुसार कार्यालय परिसरमै टेन्ट टाँगेर नागरिकलाई अत्यावश्यक सेवाहरू दिन थालेका छन् ।

“अस्थायी कार्यालयमार्फत भेटघाट र सामान्य सेवा सुरु गरेका छौँ,” उनले भने । साथै अवरुद्ध भएको विद्युत् जडान गरिएको र शौचालय सरसफाइ पनि सम्पन्न भएको उनको भनाइ छ ।

उपमहानगरपालिकामा सामान्य स्वास्थ्य सेवा समेत सञ्चालनमा आएको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकामा रहेको स्वास्थ्य शाखा, औषधी स्टोर सबै जलेर नष्ट भएको छ ।

स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले २४ गते आगलागीमा परेर स्वास्थ्यका कार्यालय र स्टोर सबै जलेर नष्ट भएको बताए ।
यसै गरी, भन्सार कार्यालय नेपालगन्जले पनि आयात–निर्यातसँग सम्बन्धित जाँच पास कार्य औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

तर प्रशासनिक काम र मुद्दा मामिला भने तत्काल सञ्चालन गर्न नसकिने नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए । उनले भने, ‘आगलागीबाट क्षति भएका भवनमा वायरिङ र रङ रोगनको कार्य भइरहेको छ, सम्भवतः यात्रु शाखा र मुद्दा शाखा सोमबार देखि सञ्चालनमा ल्याउने कोसिस गरिरहेका छौँ ।’

भन्सार कार्यालयमा आगजनी गरेर क्षति गर्नु भन्दा धेरै सामानहरू बढी उठाएर लगेको प्रमुख भन्सार अधिकृत पौडेलले गुनासो गरे । ‘भन्सार प्राङ्गणमा रहेका करिब दुई सय बढी मोटरसाइकल र चार पाङ्ग्रे गाडीका पाठ पुर्जा निकालेर लगेको पाइएको छ, उनले भने—कार्यालयको कम्प्युटर, ल्यापटप सहित अन्य जफत गरेर राखिएका सबै सामान उठाएर लगेका छन् ।’

आन्दोलनको आडमा उठाएर लगेका सामान फिर्ता गर्न आग्रह सहितको सूचना जारी गरिएको र केहीले कम्प्युटर, मोटरसाइकल लगायतका सामानहरू फिर्ता ल्याउन थालेको पनि प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए ।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले पनि आइतबारदेखि बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट निवेदनमा सुनुवाइ सुरु गरेको जनाएको छ । यसअघि बार, बेन्च र सरकारी वकिलको कार्यालयबिच छलफलपछि यो निर्णय गरिएको हो ।

अन्य कार्यालयभन्दा धेरै क्षति बेहोरेको बाँके जिल्ला अदालतले भने सेवा प्रवाह गर्ने उपायबारे आन्तरिक छलफलमै रहेको छ । जिल्ला अदालतमा भर्खर दर्ता भएका मुद्दाका कतिपय फाइल अझै सुरक्षित रहे पनि फैसलाको अन्तिम चरणमा रहेको सबै फाइल जलेर नष्ट भएको अदालतका कर्मचारीहरूले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले पनि न्यूनतम सेवा सुरु गर्नेबारे कार्यालय प्रमुखहरूसँग छलफल गरेको थियो । तर, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार, “आगजनी र तोडफोडले सम्पूर्ण कागजात र सामग्री खरानी भएको छ, तत्कालै सेवा सुरु गर्न सक्ने अवस्था छैन ।”

यता, लामो समयदेखि अवरुद्ध रहेका विद्यालय भने सञ्चालनमा आएका छन् । द्वितीय चरणको परीक्षा नजिकिएकाले विद्यालयहरूले कक्षा सञ्चालन थालेका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) बाँकेका अध्यक्ष विकास बज्राचार्यले स्थिति सहज बन्दै गएकाले विद्यालय सञ्चालनमा सबैको सहयोग आवश्यक भएको बताए ।

जेनजी आन्दोलनका क्रममा बाँकेका अधिकांश सरकारी कार्यालयमा आगजनी र तोडफोड भएकाले अझै धेरै कार्यालयले सेवा प्रवाह गर्न नसकिरहेको जनाइएको छ ।

आन्दोलनका क्रममा सरकारी कार्यालयहरू मध्ये नेपालगन्ज उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय नेपालगन्ज, बाँके जिल्ला अदालत, उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास, सरकारी वकिल कार्यालय नेपालगन्ज, भूमिसुधार तथा मालपोत कार्यालय नेपालगन्ज, नापी कार्यालय नेपालगन्ज, यातायात व्यवस्था कार्यालय नेपालगन्ज, नेपालगन्ज भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय बाँके, इलाका पहरी कार्यालय जयसपुर, कृषि ज्ञान केन्द्र बाँके, जिल्ला हुलाक कार्यालय, जमुनाहा हेल्थ डेस्क, ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज, नरैनापुर, गाउँपालिकाको कार्यालय, डुडुवा गाउँपालिकाको कार्यालय, कोहलपुर नगरपालिकाको कार्यालय, आन्तरिक राजश्व कार्यालय कोहलपुर, कोहलपुर वडा नम्बर ८ को कार्यालय, कोहलपुर वडा नम्बर ९ को कार्यालय, कोहलपुर वडा नम्बर ११ को कार्यालय, कोहलपुर वडा नम्बर १४ को कार्यालय, इलाका प्रशासन कार्यालय कोहलपुर, कोहलपुर नगर विकास समितिको कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर, नगर स्तरीय युवा सञ्जाल कोहलपुरलगायतका कार्यालयहरू भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षति ग्रस्त भएका छन् । सबै सरकारी कार्यालयका कर्मचारीहरू स्वयंले घटनाको दोस्रो दिनबाट कार्यालय सरसफाइ तथा मर्मत सम्भारमा जुटेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?