© २०२३
सुर्खेत,२८ भदौ ।
सुर्खेतका सामुदायिक विद्यालयहरू चार दिनसम्म बन्द हुने भएका छन् । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली प्रकट गर्दै विद्यालयहरू बन्द हुने भएका हुन् ।
आज एक विज्ञप्ति जारी गर्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपाल, सुर्खेतले जिल्लाका सामुदायिक विद्यालयहरू ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष चन्द्राकुमारी खड्काले जारी गरेको विज्ञप्तिमा भाद्र २९ गतेदेखि असोज २ गतेसम्म शैक्षिक गतिविधि बन्द रहने उल्लेख छ ।
यस अवधिमा आर्थिक र प्रशासनिक काम भने यथावत् रहनेछन् । देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमका कारण शान्ति–सुरक्षाको अवस्था जोखिमपूर्ण भएको र यस्तो परिस्थितिमा विद्यालय सञ्चालन हुँदा बालबालिका जोखिममा पर्न सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको महासङ्घले जनाएको छ ।
बन्दका कारण रोकिएको पठनपाठन कार्यलाई अगाडी बढाउन स्थानीय बिदासँग मिलान गर्न विद्यालयहरूलाई अनुरोध गरिएको छ ।