© २०२३
काठमान्डौ, २७ भदौ ।
नेपाली सेनाले हालको परिस्थितिलाई जोडेर विभिन्न माध्यममार्फत प्रसारित भइरहेको भ्रामक र असत्य सूचनामा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ ।
सेनाको जनसम्पर्क निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाको आधिकारिक धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट तथा आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक हुँदै आएका छन् । त्यसैले अप्रमाणित समाचार वा अफवाहमा विश्वास नगर्नुहुन सबैलाई आग्रह गर्दछौँ ।”
यस्तै, सेनाले सूचना आदानप्रदान र पुष्टि गर्ने प्रयोजनका लागि जनसम्पर्क निर्देशनालयसँगै देशभर रहेका आठ वटा पृतना मुख्यालयहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने व्यवस्था रहेको जनाएको छ। यससँगै, पृतना हेडक्वार्टरका सम्पर्क नम्बरसमेत सार्वजनिक गर्दै सेनाले तथ्यहीन समाचार र विश्लेषणप्रति सजग रहन सबैलाई अपिल गरेको हो ।
