© २०२३
नवलपरासी, २७ भदौ ।
जिल्ला कारागार पश्चिम नवलपरासीबाट बुधवार निस्किएका कैदीबन्दीमध्ये बिहीबार साँझ सम्म १२ जना कारागार फर्किएका छन् । बुधवार बिहान कारागारमा असहज परिस्थिति सृजना भएपछि निस्किएका कैदीबन्दी क्रमशः फर्किन थालेका हुन् ।
बिहीबार ११ पुरुष र १ जना महिला कारागारमा फिर्ता आएको कारागारका कार्यालय प्रमुख बिकल श्रेष्ठले जानकारी दिए । कारागारमा यसअघि रहेका ५ सय ७५ जना कैदीबन्दी मध्ये ३२ जना भने निस्किएका थिएनन् । अझै ५ सय ११ जना सम्पर्कबाहिर रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी विरदत्त पन्तका अनुसार कतिपयले अहिले प्रहरी र कारागारमा सम्पर्क गरेर आफूहरू फिर्ता आउने बताइरहेका छन् । भोली सम्म धेरै कैदीबन्दी फिर्ता आउने र नआएकाहरूलाई क्रमशः खोजी गरेर ल्याइने डिएसपी दत्तले बताए ।
बुधवार बिहान कारागारको सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर कैदीबन्दीले आफूहरू रिहा हुनुपर्ने माग गरेका थिए । सुरक्षा निकायले अश्रुुग्यास र हवाइ फायर गरेर कैदीबन्दीलाइ रोक्ने प्रयास गरेपनी सुरक्षाकर्मीनै नियन्त्रणमा रहेकाले बाध्य भएर छाड्नु परेको थियो । शुक्रबार बिहान जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दे कारागारबाट बाहिर निस्केका कैदीबन्दीहरुलाई तत्काल सम्पर्कमा आउन आव्हान समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्धारा जारी सूचनामा कारागारबाट निस्एिका कैदीबन्दीहरु कारागार कार्यालयमा यथाशिघ्र फर्किन भनिएको छ ।