© २०२३
सुर्खेत,२६ भदौ ।
निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज ६ जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माहनजंग बुढथापाका अनुसार जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३३ वर्षीय बद्री बोहरा, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका ३१ वर्षीय माहन थापा, कालिकोट पचालझरना गाउँपालिकाका १८ वर्षीय महेश कठायतलाई नियन्त्रणमा लिइएको छ ।
यस्तै कालिकोट तिलागुफा नगरपालिकाका २४ वर्षीय प्रेम बुढा, शुभकालिका गाउँपालिकाका २६ वर्षीय पुष्पराज शाही, पचालझरना गाउँपालिकाका १८ वर्षीय मिलन बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले निषेधाज्ञा जारी गरेको छ । कार्यालयले आज बिहान साढे आठ बजेदेखि साँझ ६ बजेसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा (३) क बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले निषेधाज्ञा जारी गरेको हुँदा पाँच जना भन्दा बढीको समूहमा हिडडुल तथा आवत जावत नगर्ने आग्रह गरेको छ ।