Butwal Today

सुर्खेतमा पुनः कर्फ्यु जारी

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

सुर्खेत, २५भदौ ।

सुर्खेतमा आज साँझ पाँच बजेदेखि लागु हुने गरि पुनः कर्फ्यु जारी गरिएको छ । जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्यु जारी गरिएको छ ।

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन नेपाली सेनाले नागरिकलाई आग्रह गरेको छ । अहिले वीरेन्द्रनगरका मुख्य सडक तथा चोकहरुमा सेना परिचालन गरिएको छ । जेनजी आन्दोलनले उग्र रुप लिएपछि हिजो(मंगलवार) कर्फ्यु जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले अपरान्ह साढे चार बजेदेखि लागु हुने गरी अर्काे आदेश नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो ।