© २०२३
बुटवल, २४ मंसिर ।
रोटरी क्लब अफ बुटवलको नियमित बैठकले हालसम्म भएका कार्य प्रगतिको समीक्षा गरेको छ । क्लबको १४४१ औं बैठकले विजनेश एजेण्डा अन्तर्गत छलफल गर्दै क्लवका कार्यप्रगतिका बारेमा समीक्षा गरेको ।
क्लवका प्रेसडेन्ट नोमिनी प्रज्वल थान्जुको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरुले रोटरी क्लव अफ बुटवललाई शत प्रतिशत पिएचएफ बनाउनुपर्नेमा जोड दिंदै मुख्य दाता बन्न र पिएचएफ बनिदिनका लागि सबैसँग आग्रह गरे ।
क्लवमा नयाँ सदस्य बनाउने बेलादेखि नै पिएचएफको बारेमा पनि जानकारी गराउनुपर्ने र क्लवको बोर्डले निश्चित लक्ष्य राखेर अगाडि बढ्ने हो भने शत प्रतिशत पिएचएफ पु¥याउन सकिने बताएका थिए । त्यसैगरी क्लवका सबै कमिटीहरुले आ–आफ्नो कमिटीमा छलफल गर्न पिएचएफ बढाउनेतर्फ पहल गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
बैठकमा क्लवको चार्टड नाईट कार्यक्रमको बारेमा पनि समीक्षा गर्दै केही कमी कमजोरीका बाबजुद चार्टड नाईट सफल भएकोमा सहभागी सबैले नेतृत्वलाई धन्यवाद दिएका थिए । बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।
त्यस अवसरमा क्लवका पुर्व अध्यक्षहरु हरिप्रसाद पौडेल, कृष्णप्रसाद अर्याल, पुरनप्रसाद श्रेष्ठ डिल्लीकुमार श्रेष्ठ, आमोद सिमाङ्गैडा, अन्य रोटरीयनहरु महेन्द्रप्रसाद श्रेष्ठ, यदुनाथ पाण्डे, लेखनाथ पोखरेल, लक्ष्मण श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए ।