Butwal Today

सुर्खेतमा कर्फ्यु जारी

२५ भाद्र २०८२, बुधबार
अ+
अ-

सुर्खेत,२५ भदौ । 

सुर्खेतमा जेन जी आन्दोलनले उग्र रुप लिएपछि कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ति जारी गर्दै कर्फ्यु जारी गरिएको जनाएको छ ।

आज अपराह्न साढे चार बजेदेखि लागु हुने गरी अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय प्रशासन ऐन  २०२८ ( संशोधन समेत ) को दफा ६( क ) बमोजिम वीरेन्द्य्रनगर नगरपालिका  भित्रका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

प्रशासन कार्यालयका अनुसार सुब्बा कुनादेखि पश्चिम बांगेसिमलसम्म रत्न राजमार्गको उत्तर क्षेत्र सबै र दक्षिणतर्फ रत्न राजमार्गको तीन सय मिटर भित्र कर्फ्यु आदेश जारी गरिएको छ ।  त्यसै गरी आन्दोलनकारीहरूले वीरेन्द्रनगर स्थित काँग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरेका छन् ।