ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

रोल्पामा विकास बजेट खर्च नहुँदा सङ्घ र प्रदेशका जनप्रतिनिधिको असन्तुष्टि

२१ भाद्र २०८२, शनिबार
२१ भाद्र २०८२, शनिबार

समाचार सारांशमा


  • पूर्व अर्थमन्त्री वर्षमान पुन र पूर्व मुख्यमन्त्री जोखबहादुर महराले रोल्पामा विकास बजेट खर्च नभएकोमा असन्तुष्टि जनाए ।


  • ठूला योजनाका लागि बजेट आए पनि कार्यान्वयन नभएको आरोप ।


  • एयरपोर्ट सञ्चालनका लागि बजेट छुट्याइए पनि काम अघि बढेन ।


 

रोल्पा, २१ भदौ ।

रोल्पामा आएको विकास बजेट खर्च हुन नसकेको प्रति पूर्व अर्थमन्त्री वर्षमान पुन र लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री जोखबहादुर महराले असन्तुष्टि जनाएका छन् । रोल्पाको विकासका लागि आफूहरूले विनियोजन गरेको बजेट खर्च नभएको प्रति उनीहरूले असन्तुष्टि जनाएका हुन ।

प्रतिनिधि सभा सदस्य समेत रहेका पुनले आफू पछिल्लो पटक अर्थमन्त्री हुँदा रोल्पाको लागि ठुलो धनराशिको बजेट विनियोजन गरे पनि खर्चको अवस्था भने सन्तोषजनक नभएको बताए ।

जिल्लाको पुरानो एयरपोर्ट वडाचौर एयरपोर्ट सञ्चालनको पूर्वाधार तयारीका लागि आफूले बजेट विनियोजन गरे पनि खर्च हुन नसकेको बताए । ‘सो एयरपोर्टवाट दैनिक उडान भर्ने गरी पूर्वाधार तयारी गर्ने सोचका साथ बजेट विनियोजन गरिएको थियो कार्यान्वयन भएनछ’, पूर्व मन्त्री पुनले भने ।

२०४६ सालअघि सफल उडान भरेको सो एयरपोर्ट त्यसयता सञ्चालनमा आएको थिएन । ‘रोल्पाको जलजला, प्युठानको स्वर्गद्वारी लगायतका पर्यटकीय क्षेत्रको विकासका लागि पनि एयरपोर्ट जरुरी थियो,’ पूर्व मन्त्री पुनले भने ।

भैरहवा, नेपालगन्ज, रुकुम र तुल्सिपुरका एयरपोर्ट चलाउन पनि वैकल्पिक एयरपोर्ट जरुरी हुन्छ, त्यसको काम पनि वडाचौर एयरपोर्टले गर्ने पूर्व अर्थमन्त्री पुनको दाबी छ ।

हामी नेताहरूले भनाइ खाने सहिद मार्गको होलेरी–घोराही खण्ड निर्माणका लागि सवा अर्ब बजेट विनियोजन गरे पनि कार्यान्वयनमा आएन पूर्व अर्थमन्त्री पुनले भने । जिल्लामा सडक पूर्वाधारको काम करिब करिब पुरा भए पनि ती सडकलाई स्तरोन्नति गर्ने र पक्की पुल निर्माणको काम गर्नका लागि बजेट विनियोजन भए पनि २२ वटा पक्की पुल बनाउने गरी बजेट विनियोजन गरे पनि एउटा पुल निर्माणको मात्रै टेन्डर भएको बताए ।

हाम्रो पालामा विनियोजन गरेको कतिपय शीर्षकको बजेट वर्तमान सरकारले कटौती गरेको उनको भनाइ थियो । रोल्पा जिल्लाको विकास गर्न आफूहरू संवेदनशील भएर लागेको पूर्व मन्त्री पुनको भनाइ थियो । हामीले प्रदेश र सङ्घबाट बजेट पठाउने यता फिल्डमा कार्यान्वयन नहुने समस्या देखियो उनले भने ।

सङ्घ र प्रदेश दुवै सरकार मिलेर रोल्पाको विकासका लागि ठुलो बजेट हालेको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखवहादुर महराको भनाइ छ । ‘अघिल्लो वर्ष रोल्पामा बजेट विनियोजन गर्दा सङ्घ र प्रदेशले समन्वय गरेका थियौँ,’ पूर्व मुख्यमन्त्री महराले भने ।

जिल्लामा आएका कतिपय योजना कार्यान्वयन गर्न दिइएन वर्तमान सरकारप्रति लक्षित गर्दै महराले भने । सरकारका मुख्य मान्छेहरू नै योजना कार्यान्वयन गरे कारबाही हुन्छ भन्दै कर्मचारीलाई थर्काउने गरेको महराको भनाई थियो ।

‘मोटरेवल पुलका लागि रोल्पामा करिब २ दर्जन योजना परे पनि एउटा पनि टेन्डर गर्न दिइएन, प्रदेशको बजेटले जसोतसो एउटा पुलको टेन्डर भएको छ,’ पूर्व मुख्यमन्त्री पुनले भने । बजेट विनियोजन भएपछि पालिकाहरूले हतार हतारमा डिपिआर तयार गरे पनि योजना कार्यान्वयन गर्न दिइएन महराले भने ।

लुम्बिनी प्रदेश सरकारले ५ लाख भन्दा ठुला योजना टेन्डर प्रक्रियामा जानुको कारण योजना कार्यान्वयन नहोस् भनेर हो, टेन्डरमा जाँदा प्रक्रिया लामो हुने र काम गर्न नभ्याइने हुनाले विकास योजना कटौती गर्ने सरकारी चालबाजी भएको पूर्व मुख्यमन्त्री महराले आरोप लगाए ।

ठुला दुई दल मिलेर वनेको शक्तिशाली सरकारले समेत काम गर्न सकेको छैन, प्रदेश सभा लामो समय देखि चल्न सकेको छैन यी सबै कुरा हेर्दा सरकार असफल भएको प्रमाणित हुन्छ लुम्बिनी प्रदेश सभामा विपक्षी दलका नेता समेत रहेका महराले भने । वर्तमान लुम्बिनी प्रदेश सरकारले विकासमा प्रतिशोध साँधिरहेको महराको भनाई छ ।

पूर्व अर्थमन्त्री पुन र लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री महराको भनाई प्रति रोल्पाका पूर्व सांसद लेखनाथ आचार्य भने सहमत छैनन् । जिल्लामा आएको बजेट खर्च नहुनु दुःखद रहे पनि बजेट कुन नियतले हालिएको भन्ने मुख्य कुरा भएको आचार्यको भनाई छ ।

आएको बजेट खर्च हुन नसक्नु एउटा समस्या हो भने विनियोजन भएको बजेट खर्च हुन नसक्नु अर्को समस्या भएको बताउँदै जिल्लामा आएका अधिकांश योजनामा अध्ययन विना नै बजेट विनियोजन गरिएको पूर्व सांसद आचार्यले बताए । कार्यकर्ता पोस्न खर्च हुने यस्ता योजनाले विकास भन्दा पनि भ्रष्टाचार मौलाउने आचार्यको भनाई छ ।

कतिपय अनावश्यक खोलामा पुलका योजना थिए भने, खोला भएका ठाउँमा पनि खोलाको लम्बाई भन्दा बढी पुलको इष्टिमेट थियो उनले भने । कतिपय पुल निर्माणमा निकै न्यून बजेट विनियोजन भएकाले जिल्लामा योजना कार्यान्वयन हुन सकेन पूर्व सांसद आचार्यले भने ।

सस्तो लोकप्रियताका लागि भन्दा पनि जनताको आवश्यकतालाई हेरेर बजेट विनियोजन हुनुपर्नेमा त्यसो हुन नसकेको आचार्यको भनाई छ ।

पछिल्लो दिनमा रोल्पाका जनप्रतिनिधिहरूमा बजेट विनियोजन गर्दा आफ्नो पैत्रिक सम्पत्ति बेचेर छुट्टाएको जस्तो गरेको नेपाल प्रेस युनियन रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दको भनाइ छ ।

‘यो वा उ दल भन्दैन सबै दलमा यस्तो दम्भ देखिन्छ’, चन्दले भने । विकास आवश्यकता र मागको आधारमा हुने नियमित प्रक्रिया भएको बताउँदै यस्तो बजेटलाई सस्तो लोकप्रियता र राजनैतिक स्वार्थमा उपयोग गरिएको चन्दको भनाइ छ ।

जनताको करबाट सङ्कलित बजेटको राजनैतिक स्वार्थ पूर्ति र सस्तो लोकप्रियताका लागि दुरूपोग गर्ने छुट दलहरूलाई दिन नहुने अध्यक्ष चन्दको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?