ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

हिंसा न्यूनिकरणमा जिम्मेवार बन्न सरोकारवालाको आग्रह

२३ मंसिर २०७९, शुक्रबार
२३ मंसिर २०७९, शुक्रबार

बुटवल, २२ मंसिर ।

लैंगिक हिंसा न्यूनिकरणका लागि सबैपक्षजिम्मेवार हुनुपर्नेमा जोड दिइएको छ ।

मिडियाले हिंसा न्यूनिकरण हुने गरी सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारी निकाय जवाफदेही बन्दै नीति र कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत फ्रि मिडिया नेटवर्कको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा विहिबार बुटवलमा भएको लैङ्गिक हिंसा न्यूनीकरणमा मिडिया र सरोकारवालाको भुमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सबै पक्ष संवेदनशिल हुँदा मात्रै सभ्य समाज बन्ने बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले लैङ्िगक बिभेदलाई न्यूनीकरण गर्न स्थानीय तह, पत्रकार र नागरिक समाज सँगसँगै मिलेर काम गर्नुपर्ने बताए । उनले हिंसा जुनसुकै क्षेत्र, जाती र लिङ्गका ब्यक्तिहरुमाथि हुने गरेका घटना आएको बताउँदै यसको न्यूनीकरणका लागि सबै आत्मनिर्भर बन्न आवश्यक रहेकोमा जोड दिए ।

उनले सबैलाई शिक्षामा ध्यान दिनुपर्ने बताउँदै तिलोत्तमाका सरकारी बिद्यालयका विद्यार्थीहरुलाई दिवाखाजामा १० रुपैयाँ थपेर २५ प्रतिब्यक्ति बनाएको बताए।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले समाज रुपान्तरणमा मिडियाको भूमिका प्रमुख हुने बताउँदै लैंगिक हिंसा न्यूनिकरणमा पनि अह्म भूमिका हुने बताईन् । उनले महिलाहरुको समाचारलाई मिडियाले प्राथमिकतामा नराखेको बताउँदै त्यसो नगर्न आग्रह गरिन् । हिंसा कुनैपनि पक्षमा हुन नहुने बताउदै यसका लागि सबैले आ आफ्नो क्षेत्रमा रहेर काम गर्न आग्रह गरिन् । बुटवल उपमहानगरले लैंगिक विभेदलाई चिर्ने गरी कार्यक्रम निर्माण गरेको बताईन् । उनले समाजलाई शिक्षित बनाउन आवश्यक रहेकोमा जोड दिदै महिलाहरु स्वरोजगार बन्न र बनाउन आग्रह गरिन् । उनले छोरीलाई सक्दो शिक्षा दिनुपर्ने बताइन् ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव कुवँरले शुरूवातमा हिंसा भन्दासाथ महिला हिंसाको कुरा आउने गरेको भएपनि पछिल्लो समय जुनसुकै लिङ्गमा हुने हिंसाका रुपमा परिभाषित भएको बताए ।

उनले जिल्ला प्रशासन कार्यालयले सेफ हाउस निर्माण लगायतका कार्यहरु गरिरहेको बताउदै लैङ्िगक हिंसा अन्त्यको लागि सबैको पहल गर्न आवश्यक रहेकोमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रबिन्द्र रेग्मीले हिंसा विरुद्धका घटनामा प्रहरीको भुमिका सकारात्मक रहेको बताए । उनले मदिरा सेवनले हिंसाका घटना बढेको बताउदै मदिराको प्रयोगमा नियन्त्रणको लागि स्थानीय तहले कानुन बनाएमा ब्यवस्थापन गर्न सहज हुने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष विनोद पहाडीले महिला हिंसा विरुद्धको १६ दिने अभियानलाई साँच्चिकै व्यवहारिक बनाउन अघिल्लो बर्षसँग मापन गर्नुपर्ने बताए ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार ईन्दिरा अर्यालले लैंगिक हिंसा न्यूनिकरणमा मिडिया र सरोकारवालाको भूमिका बिषयमा प्रस्तुती राख्दै स्वरुप बदलिएर लैंगिक हिंसा समाजमा रहेकाले यसको अन्त्यका लागि मिडियासँगै स्थानीय सरकार, प्रहरी प्रशासन, उद्योगी व्यवसायी समेत जिम्मेवार हुनुपर्ने बताईन् ।

कार्यक्रममा पत्रकार महासंघ रुपन्देही अध्यक्ष एवं फ्री मिडिया नेटवर्क रुपन्देही संयोजक रामराज पोख्रेलले हिंसा रहित समाज निर्माणका लागि समाजलाई जागरुक बनाउन आवश्यक रहेको बताए ।

मानवअधिकार एलायन्सका केन्द्रीय उपाध्यक्ष सुमित्रा शर्मा, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल, सञ्चारिका समूह रुपन्देही अध्यक्ष निरा गौतम, मानवअधिकारकर्मी रिमा बिसि, दलित महिला संघ रुपन्देही अध्यक्ष मनु खड्का, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, सहसचिव माया केसी लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?