ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

मानव बेचबिखन विरुद्धको दिवस

२० भाद्र २०८२, शुक्रबार
२० भाद्र २०८२, शुक्रबार

‘तीनै तहका सरकार मिली गरौं हातेमालोः मानव बेचबिखनको हटाऔं दुष्चक्रको जालो’ भन्ने नाराका साथ आज मानव बेचबिखनविरुद्धको दिवस मनाईदैछ । मानव बेचबिखनविरुद्धको दिवस बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन गरेको दिनको सम्झनामा हरेक बर्ष मनाउने गरिएको छ ।

नेपालमा २०६४ भदौ २० गतेदेखि यो दिवस मनाउने औपचारिकता पूरा गरिदै आएको छ । बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजाने उद्देश्यले सरकारले विभिन्न चेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ ।

आजको दिनमा बिभिन्न कार्यक्रम, ¥याली र सभाहरू मार्फत मानव वेचविखन रहित नेपालको पैरवी गर्ने गरिन्छ । तर जति नै सचेतनामूलक कार्यक्रम गरिएपनि यो जालो तोड्न भने नसकिएको अवस्था छ । बढ्दो मानव बेचबिखन नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ छ ।

तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नहुँदा महिला बेचबिखन विरुद्धको अभियान पूर्णरूपमा सफल हुन सकेको छैन् । अर्को दुःखको कुरा के हो भने विगतको तुलनामा नेपालको सामाजिक तथा राजनीतिक स्वरूपमा परिवर्तन र सुधार आएपनि मानव बेचबिखन तथा ओसारपसारका प्रवृत्ति र समस्यामा भने कमी आएको छैन ।

कमजोर आर्थिक अवस्था, जानकारीको अभाव, बेरोजगारी, घरेलु हिंसा, पारिवारिक संरक्षणको अभाव हुनु मात्र बेचबिखनका कारण नभई भड्किलो जीवनशैली वा विलासिताको चाहना हुनु तथा कम मेहनतमा धेरै धन कमाउने आकांक्षाले पनि मानिसहरू विभिन्न जोखिममा पर्दै आएका छन् ।

व्यक्तिगत वा पारिवारिक कमजोरीको फाइदा उठाउँदै वैदेशिक र आन्तरिक रोजगारीमा लगाइदिने, विवाह गरिदिने, उपचार गरिदिने, पुजाआजामा संलग्न गराउने, भ्रमण गराउने लगायतका बहानामा परिवार, आफन्त, परिचित वा अपरिचित व्यक्तिबाट बेचबिखन तथा ओसारपसारका घटना हुँदै आएका छन् ।

बेचबिखनमा परेकाहरूले उजुरी गर्ने परिपाटी र उजुरी गरिहाले पनि निष्कृय बन्ने प्रवृत्ति बढ्दै गएको देखिएको छ । संविधान जारी भएको १० वर्ष भइसक्दा पनि मानव बेचबिखन तथा ओसारपसारका घटनामा सुधार आउन सकेको छैन् ।

बेचबिखनको जोखिमलाई कम गर्न गरिबी निवारण र आयआर्जनका कार्यक्रम, पीडितलाई विशेष संरक्षण, स्वरोजगारी सिर्जनाका कार्यक्रम, सबैका लागि शिक्षा र सिप जस्ता तल्लोस्तरका जनताको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

मानव बेचबिखन तथा ओसारपसारका घटना बढ्दै जानुमा राजनीतिक संरक्षणसँगै दण्डहीनता मौलाउँदै जानुपनि हो । रोजगारीको निहुँमा शोषण, परिवारकै सदस्यबाट हुने ओसारपसार लगायत थुप्रै मानव बेचबिखनका स्वरूप हाम्रो समाजमा जताततै देखिन गरेका छन् ।

पछिल्लोसमय मानवलाई मानवले बेच्ने कुरा त सामान्य जस्तै भैसकेको छ । मानवका लागि अहिले मानवीयता भन्ने कुरा गौण भएको छ । पछिल्लोसमय त नेपालीले नै नेपालीलाई ठगी गर्ने, बिक्री गर्ने गरेको बिडम्वनाजन्य खबर सुन्नु परिरहेको छ । यो गंभीर चिन्ताको कुरा हो ।

हरेक प्रकारको मानव वेचविखन अझ विशेषगरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्न सरकारले पहल गर्दै आएको छ तर समस्या ज्यूँका त्यूँ छ । सरकार लगायत विभिन्न सामाजिक संघ संस्थाले यस प्रकारका घटना नियन्त्रण गर्ने प्रयास गर्दै आएका छन तर समाधानमा टसमसको अवस्था छैन ।

नेपालका विभिन्न शहरवाट राम्रो तलब तथा काम लगाईदिने नाममा बेचिने घटना बढ्दै गएको देखिएको छ । यो दिवसकै सन्दर्भमा यसतर्फको सचेतना अवको आवश्यकता हो ।

मानव बेचबिखनको जोखिम, न्यूनीकरणका लागि गरिएका पहल, बेचबिखनमा पर्ने कारणहरू, उद्धार, पुनस्र्थापना, पैरवी, कानुनी ब्यवस्था, नीति तथा कार्यक्रम कस्ता छन भन्ने विषयमा पनि अब बहस जरुरी छ ।

कुनै एक व्यक्ति वा संस्थाले गरेरमात्र मानव बेचबिखन रोकथाम संभव नभएकोले यसमा हामी सवै नेपालीको ऐक्यवद्धता आवश्यक छ । दिवस औपचारिकता हो ।

समुदायसम्म सचेतना फैलाउने काममा दिवसको सार्थकता हुन सक्छ तर साँचो अर्थमा नियन्त्रणको प्रभावकारी उपाय भनेको सरकारको प्रतिबद्धता हो । अतः मानव बेचबिखन नियन्त्रणमा सरकार गंभीर एवं जिम्मेवार ढंगले अघि बढोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?