ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पर्यटक आगमनमा उत्साहको लहर

१९ भाद्र २०८२, बिहीबार
१९ भाद्र २०८२, बिहीबार

सन् २०२५ को अगस्तको एक महिनामा मात्रै ८८ हजार ६८० पर्यटक नेपाल आएका छन । गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक वृद्धि भएको छ । नेपालका पर्यटन क्षेत्रमा यो उत्साहको लहर हो भन्दा अत्युक्ति हुँदैन ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सबैभन्दा बढि भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् । त्यस्तै चीनबाट ७ हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट ६ हजार ६८ अर्थात ६.८ प्रतिशत पर्यटक आएको वोर्डले जनाएको छ । श्रीलंकाबाट ५ हजार ९५६ र बंगलादेशबाट ४ हजार २६२ पर्यटक भित्रिएका छन् ।

सन् २०२५ को जनवरीदेखि अगस्तसम्म ८ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए । पछिल्लोसमय नेपालको पर्यटन क्षेत्रले लय समातेको महसुस भएको छ । पछिल्लो तथ्यांकले नेपालको पर्यटन क्रमशः लयमा आउन थालेको छ ।

पर्यटक आगमनले विगतमा नेपालको आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएको थियो । अवपनि पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । यसैगरी हरेक महिना पर्यटक बढ्ने हो भने यसले नेपालको अर्थतन्त्रमाथि उठाउन ठूलो भूमिका निर्वाह गर्नेछ ।

अर्थतन्त्र चलायमान बनाउनेमात्र नभै आन्तरिक रोजगारी सिर्जनाका साथै बजार गुल्जार हुन ठूलो सहयोग पुग्न सक्छ । नेपालका धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटक आगमनले ठूलो उत्साह सिर्जना गरेको छ र यसबाट पर्यटन ब्यवसायी खुसी र उत्साहित भएका छन् ।

अर्कोतर्फ भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनीमा अहिले भारतीयदेखि तेश्रो मुलुकका पर्यटकको चहलपहल बढेको छ । पर्यटक आगमनको सिजन नभएको अवस्थामा पनि लुम्बिनीको पर्यटनले खुसीको माहौल सिर्जना गरेको छ । लुम्विनीका पर्यटन व्यवसायीले विगत चार बर्षदेखि सुस्ताएको पर्यटनमा अव सुधार आउने अपेक्षा गरेका छन ।

लुम्विनीमा अहिले आन्तरिक पर्यटकहरूको चहलपहल समेत बढेको छ । कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत बढीको योगदान दिने पर्यटन क्षेत्र राष्ट्रिय आम्दानीको मुख्य स्रोतमध्येको एक हो ।

लुम्विनीसंगै देशका अन्य क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यमा समेत अहिले पर्यटकको आगमन बढेकोले नेपालको अर्थतन्त्रको सुधारमा ठूलो सहयोग पुग्ने देखिएको छ । त्यसबाट नीजि क्षेत्रपनि उत्साहित वनेको छ र विस्तारै पर्यटनसंगै अन्य क्षेत्रपनि आफ्नो गतिमा आउने आधार सिर्जना भैरहेको छ

। नेपालको पर्यटन क्षेत्र उत्साहित अवस्थामा रहेकोले अव सरकारले समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि योजना ल्याउनु जरुरी छ । देशको आर्थिक अवस्था सुधारमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेकोले देशभर रहेका पर्यटकीय स्थलको संरक्षणमा अब चासो दिनु जरुरी छ ।

अहिले जसरी लुम्विनीको पर्यटन क्षेत्रले आशा जगाएको छ, त्यो अवस्था सबैतिर हुनुपर्दछ भन्ने हो । नेपालको पर्यटक आगमनमा बृद्धिले खुसी सिर्जना गरेको छ । अव यही रफ्तारमा पर्यटक आगमन बृद्धिसंगै अरू क्षेत्रले पनि आशातीत सुधार गरेको अवस्थामा नेपालको अर्थतन्त्र सुदृढ र बलियो हुने कुरामा दुईमत नहोला ।

अव सरकारको काँधमा ठूलो र ऐतिहासिक जिम्मेवारी छ । अर्थतन्त्रले लय समातिरहेको बेला त्यसको मूख्य आधारमध्येको एक पर्यटन क्षेत्रलाई माथि उठाउन सरकारको जोडबल महत्वपूर्ण हुनेछ ।

सरकारका प्रयासले पर्यटन क्षेत्रलाई पूर्ववत गराउन धेरै सहयोग पुग्छ । पर्यटन क्षेत्रलाई सुचारु गराउन सकिएमा यो क्षेत्रमा आश्रित हजारौं मजदुर तथा व्यवसायीको दैनिक जीवन निर्वाहमा ठूलो सहयोग पुग्नेछ ।

देशको रोजगारी बृद्धिमा टेवा पुग्छ । यसकै कारण नेपाली युवा विदेश पलायन हुनबाट केही हदसम्म रोकिने अवस्था आउन सक्छ । तसर्थ अव सरकारले लुम्विनीसंगै नेपालको समग्र पर्यटन क्षेत्रलाई आकर्षित गर्ने नयाँ अभियान चलाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?