© २०२३
लमही, १८ भाद्र ।
एक महिना अगाडी गोमन सर्पको टोकाइबाट राजपुरका अवकाश शिक्षक सालिकराम यादव को मृत्यु भयो ।
उनको मृत्यु भएको एक महिना नबित्दै राजपुर गाउँपालिका-५, नौसहरा निवासी एकै परिवारका दुई बहिनी १६ वर्षीया रैनावति यादव र करिब १२ वर्षीया रेनु यादवलाई हिजो मंगलबार साँझ करिब ६ बजेको समयमा बारीमा घाँस काटेर घर फर्कने क्रममा विषालु सर्प गोमन (कोब्रा) ले टोकेको थियो ।
उनीहरूको टोकाइबाट परिवारमा दुख्खको पहाड खस्यो । सन्चो हुदैनकी भन्दै तर उपचार पछि दिदी रेनुका पूर्ण रूपमा निको भएर घर फर्केको गढवा सर्पदंश उपचार केन्द्रले जनाएको छ । परियार सहित उनीहरूमा खुसीको सीमा रहेन्न ।
बालिकाहरू घर फर्कने क्रममा चप्पल लगाउने बेलामा अचानक सर्पले दुवै बहिनीलाई एकैसाथ टोकेको पारिवारिक स्रोतले बताएका छन् । तत्कालै परिवार र स्थानीयको पहलमा उनलाई बढवा सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो ।
समयमै उपचार प्राप्त भएपछि दुवै बालिकाको स्वास्थ्यमा सुधार आएको चिकित्सकले जनाएका छन् । विषको प्रभाव देखिए पछि डाक्टर, स्वास्थ्यकर्मी र नेपाली सेनाको निरन्तर प्रयासले उपचार सफल भएको हो ।
रेनुको अवस्था सामान्य देखेपछि आज बिहान डिस्चार्ज गरिएको थियो भने रेणुका अझै उपचार केन्द्रमै रहेको र हाल उनी पूर्ण रूपमा खतरामुक्त भएको सर्पदंश उपचार केन्द्र गढवाले जनाएको छ । देउखुरी अत्यधिक सर्पको टोकाइबाट बिरामी पर्ने गर्दछन् । त्यसमा पनि गोमन सर्पको टोकाइबाट अकालमै ज्यान गुमाउने गरेका छन् ।