ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

जिरो लेप्रोसी: सरकारलाई सधै सकस

१८ भाद्र २०८२, बुधबार
१८ भाद्र २०८२, बुधबार

समाचार सारांशमा


  • १६ वर्षअघि नेपालले कुष्ठरोग उन्मूलन घोषणा गरे पनि अझै नयाँ बिरामी फेला परिरहेका छन् ।


  • देशभर २४७२ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।


  • मधेश प्रदेशमा सबैभन्दा धेरै  ८७५ जना  नयाँ बिरामी  भेटिएका छन् ।


बुटवल, १८ भदौ ।

नेपालबाट कुष्ठरोग उन्मुलन घोषणा भएको १६ वर्ष बितिसक्दा पनि नयाँ कुष्ठरोगी भेटिँदै आएका छन् । देशभर २४७२ जना नयाँ बिरामी भेटिँदा लुम्बिनी प्रदेशमा ६१७ जना नयाँ बिरामी भेटिएको छ जुन कुल सङ्ख्याको २५ प्रतिशत हुन आउँछ ।

लुम्बिनी दोस्रो धेरै बिरामी फेला पर्ने प्रदेश बनेको छ । मधेश प्रदेशमा पहिलो नम्बरमा रहेको छ । मधेस प्रदेशमा ८७५ जना नयाँ बिरामी भेटिएका छन् ।

कुष्ठरोगप्रति रहेको अन्धविश्वास, खुला सिमाना, बिरामीले औषधिको पूर्ण समय सेवन नगर्ने जस्ता कारण निवारणको घोषणाको दशकपछि पनि बिरामी भेटिने क्रम रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका जनस्वास्थ्य प्रशासक उमादेवी थापाको दाबी छ ।

रुपन्देहीका केही पालिकाहरूमा प्रत्येक वर्ष नयाँ रोगी भेटिने क्रम बढी देखिएको छ । ‘उपचार निःशुल्क छ, रोगीको सम्पर्कमा आएकोलाई एक डोज औषधी खुवाएमा रोग लाग्दैन तर पनि रुपन्देहीमा रोगीको सङ्ख्या अझ बढ्दो क्रममा रहेको छ,’–उनले भनिन् ।

अन्य क्षेत्रमा र स्वास्थ्यमा रुपन्देही पछि रहेको उनले स्विकार्दै लुम्बिनी प्रदेश देशकै दोस्रो बढी सङ्ख्या हुनुमा रुपन्देहीको भूमिका प्रमुख रहेको उनले बताइन ।

उन्मुलनको घोषणा हुँदा यो सरकारको प्राथमिकतामा नपरेको, बजेट कम रहेको, बिरामीलाई नदेखिने ठाउँमा हुने, नदुख्ने र समस्या नदेखिने हुँदा धेरैलाई सार्ने सम्भावना रहेको तथा समुदायमा अझै पनि श्रापित हो भन्ने अन्धविश्वासहरू चुनौतीका रूपमा रहेको उनले बताइन ।

प्रत्येक १० हजार जनसङ्ख्यामा वर्षको अन्त्यमा उपचारमा रहेका बिरामीको प्रकोप (प्रिभिलेन्स) दर आव २०८१/२०८२ मा रुपन्देहीका पालिकामध्ये सबैभन्दा धेरै शुद्धोदन गापामा ३.६९ र सबैभन्दा कम कोटहीमाई गापामा ०.२१ देखिएको छ ।

यसै गरी जिल्लामा १७० जना नयाँ बिरामी पत्ता लागेकोमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा २६ जना, त्यसपछि क्रमशः शुद्धोदन गापामा १८, तिलोत्तमा नपा र रोहिणी गापामा १६/१६ जना रहेका छन् ।

जिल्लामा उपचारमा रहेको बिरामीको कुल सङ्ख्या १७८ जना रहेको छ । सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ३१ जना र तिलोत्तमा नगरपालिकामा १९ जना रहेको छ ।

यसैबिच ल्याप्रोसी मिशन नेपालको सहयोग र स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजनामा तिलोत्तमामा मंगलबार भएको कुष्ठरोग सम्बन्धी अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयका क्षयरोगका फोकलपर्सन टिकाराम अधिकारीले वैज्ञानिक तथ्यबाट जीवाणुबाट सर्ने रोग पुष्टि भए पनि समाजमा यसलाई हेर्ने दृष्टिकोण चिर्न नसकिएको दुखेसो गरे । सरकारले २०७८ रणनीति तयार गरेर न्यूनीकरणका लागि विभिन्न योजनाहरू बनाएको उनले बताए ।

‘जिल्ला र स्थानीय तहमा निवारण र अवरोधलाई जोड दिएको छ,’ उनले भने । अरू रोगजस्तै भए पनि कुष्ठरोगलाई विभेदकारी रूपमा लिइँदा समाज नयाँ रोगी पहिचानमा कठिनाइ रहको उनले बताए । चार वटा रणनीति स्तम्भ बनाएर खोजी गर्ने, जटिलता, प्रभावकारिताबारे सचेतना जगाउने गरी काम अघि बढाएको उनले बताए ।

‘स्नायुमा प्रभाव पार्ने हुँदा यसले बिरामीलाई अपाङ्गता हुनसक्ने डर रहेको हुँदा समयमा नै उपचार जरुरी छ,’–उनले भने । समयमा नै उपचार गरे अरूलाई समेत नसर्ने उनले दाबी गरे ।

जनप्रतिनिधि, शिक्षक, पत्रकारबाट केही कानुनहरू भेदभावपूर्ण रहेको हुँदा त्यसलाई हटाउनेतर्फ जोड दिने जरुरी छ । ‘१ सय जनालाई रोगको कीटाणु सर्दा केवल ३ जनालाई प्रभाव देखि नसक्ने सम्भावना रहन्छ,’– उनले भने ।

कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं १० वडा सदस्य बालकृष्ण लम्सालले सन् २०३० सम्म कुष्ठरोगमुक्त गर्ने अभियान अघि बढाएको भए पनि त्यो चुनौतीपूर्ण रहेको बताए । पछिल्लो समय जिल्ला कार्यालयमा सचेतनाका बजेट कम हुँदा यसको प्रत्यक्ष नकारात्मक प्रभाव देखिएको उनले बताए ।

कुष्ठ रोगी र कुष्ठ प्रभावितजस्तो शब्दावलीको प्रयोगमा समेत जोड दिनुपर्ने उनको सुझाव छ ।  कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं ७ का वडा सदस्य शोभाकान्त ढकाल, तिलोत्तमा नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टराईले बिरामीलाई समुदायमा खुल्ने वातावरण सृजना तथा वडा स्तरमा कार्यक्रमको योजना बनाउन जरुरी बताए ।

कार्यक्रममा शान्ति माबिका प्रअ कुलप्रसाद लामिछानेले विद्यालय स्तरमा विद्यार्थीहरूलाई स्वास्थ्य शिक्षामा समावेश गरेर अघि बढ्न सके धेरै प्रभावकारी हुने बताए । कुष्ठरोगबाट पीडित अधिकांश मानसिक रोगको सिकारसमेत भएका छन् ।

मानसिक रूपमा हुने डर, त्रास र भयका कारण व्यक्तिलाई समाजमा अस्वीकृत हुने डर तथा अन्य व्यक्तिले आफूलाई नकारात्मक दृष्टिले हेरेका होलान् भन्ने हिन भावनाको त्यस्तो समस्या देखिन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?