© २०२३
बुटवल, १७ भदौ ।
विद्यालय शिक्षक विधेयक प्रतिवेदनबाट निजी विद्यालयलाई गैरनाफामूलक र पूर्ण छात्रवृत्तिको ब्यवस्था गर्ने भन्ने वाक्यांश हटाउनुपर्ने मागसहित नीजि विद्यालयहरुको पाच संगठनहरु साउन २९ गतेबाट निरन्तर आन्दोलनमा छन ।
प्याब्सन, एन प्याब्सन, नेसनल प्याब्सन र हिसानसहितको संगठनले सोमबार देशभर स्कुल बसमा कालोझण्डासहित नगर र सदरमुकाममा प्रदर्शन गरेका छन ।
निजी विद्यालयहरू गैर–नाफामूलक र पूर्ण छात्रवृत्तिको व्यवस्था व्यवहारिक नभएको हिसान रुपन्देहीका अध्यक्ष तथा आन्दोलन परिचालन समितिका सदस्य कृष्ण बहादुर न्यौपानेले बताए ।
सरकारबाट नीजि बिद्यालयलाई तहसनहस र बन्द गर्ने गरि ऐन ल्याउन लागेको उनले आरोप लगाए । ‘ब्यक्तिगत अधिकार सुनिश्चित हुनुपर्छ ।’–उनले भने ।
यसअघि कम्पनी ऐन अन्तरगत दर्ता गर्न दबाब दिईएको र सहमति अनुसार दर्ता भएको उनले जिकिर गर्दै अहिले आएर त्यो कम्पनी गैरनाफामुखी हुनुपर्ने भन्ने बुदा प्रति आफुहरुको असहमति रहेको उनले बताए ।

‘बदनियतपूर्ण बुदाहरु राखिएको छ ।’– उनले भने । मासिक शुल्क, परिक्षा र भर्ना शुल्कमा तथा अन्य विद्यालयमा उपयोग हुने सामग्रीहरुमा समेत छात्रवृत्ति दिदै आएकोमा अहिले आएर शिक्षा उपसमितिले छात्रवृत्ति अन्तरगत लत्ताकपडा, शैक्षिक सामग्री, यातायात, स्टेशनरी, छात्राबासको समेत सुविधा दिनुपर्ने बुदा थपेकोप्रति गुनासो गरे ।
‘शिक्षा अन्तरगत १० प्रतिशत छात्रवृत्ति प्रदान गर्न तयार छौ तर पूर्ण छात्रवृत्तिको विषयमा असहमति छ ।’– उनले भने ।
यसैगरि सर्वोच्च अदालतले नेपालको शिक्षामा रहेको ४५ र ५५ प्रतिशतको विभेद अन्त्यको घोषणा गरेको भएपनि कार्यान्वयन हुन नसकेको उनले बताए ।
सामुदायिक विद्यालयमा ६ देखी १० सम्म अध्ययन गरेको विद्यार्थीलेमात्र माथिको प्राविधिक अध्ययनमा स्कलर्ससिपको लागि आवेदन दिन पाउने प्रावधान रहेकोमा त्यो सर्वोच्चबाट हटाउन निर्णय भएपनि त्यो कार्यान्वयन हुन नसकेको प्रति आफुहरुको आपत्ति रहेको उनले बताए ।
अझ छात्रवृत्ति वितरण गर्दा स्थानिय पालिकाबाट परिक्षा लिएर दिने प्रावधानमा समेत प्राविधिक कठिनाई रहेको उनले दाबी गरे । प्रत्येक विद्यालयभित्र विद्यार्थीहरुबिच प्रतिस्प्रर्धा गराएर पालिकाका रोहबरमा छात्रवृत्ति दिन आफुहरु तयार रहेको उनले बताए ।
भदौ १८ गते जिल्ला सदरमुकाममा धर्ना दिने तथा केन्द्रबाट नया थप आन्दोलनको कार्यक्रम तय गर्ने उनले बताए । आफना जायजमाग पुरा नहुदासम्म निरन्तर आन्दोलन जारी राख्नेमात्र नभई शसक्त रुपमा अघि बढाउने उनले बताए ।

आन्दोलन समितिका सदस्य तथा एन प्याब्सन रुपन्देहीका अध्यक्ष बाबुराम बन्जाडेले संघिय शिक्षा विद्यालय विधयेक उपसमितिबाट सदनमा पेश भैसकेको विधेयक बिरुद्ध शान्त र सृजनशिल रुपमा आन्दोलन गरिरहेको बताए ।
सोमबार आन्दोलनको कार्यक्रम अन्तरगत नै सालझण्डी, गोलपार्क, भैरहवा, तिलोत्तमा लगायतमा रुपन्देही र देशभरमा बसमा कालोझण्डा प्रदर्शन गर्ने काम भएको उनले बताए ।
देशकै कुल विद्यार्थीहरुमध्ये ३४ प्रतिशत नीजि विद्यालयमा अध्ययरत रहेको र गुणस्तरीय शिक्षा दिदै आएको उनले दाबी गरे । देशकै शिक्षामा योगदान दिदै आएको निजि विद्यालयप्रति सरकारबाट च्याप्ने गरि विधेयक ल्याउन लाग्नु गलत भएको उनले बताए ।
आफनो मागको सुनुवाई नभएर विद्यालय बन्द गरेर तालाचाबी सरकारलाई हस्तान्तरण गर्ने उनले बताए ।