ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

बोटमै कुहियो केरा: कता सुस्तायो चौधरीको केरा प्रशोधन उद्योग ?

१७ भाद्र २०८२, मंगलवार
१७ भाद्र २०८२, मंगलवार

समाचार सारांशमा


  • सुस्ता र प्रतापपुर क्षेत्रलाई “केरा जोन” घोषित गरिए पनि अहिले उत्पादन भएको केरा बोटमै पाकेर नष्ट हुने अवस्था आएको छ ।


  • भैरहवा र नेपालगञ्ज भन्सार हुँदै दैनिक ८० मेट्रिक टन जति भारतीय केरा आयात भइरहेको छ ।


  • गत वर्ष ४५ रुपैयाँ प्रतिदर्जनमा बिक्री भएको केरा, यस वर्ष २० रुपैयाँ प्रतिदर्जनमा पनि बिक्री हुन नसकेको किसानको गुनासो ।


सुनवल,  १७ भदौ ।

नवलपरासीमा केरा पकेट क्षेत्रकै केरा बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले सुस्ता र प्रतापपुरलाई केरा जोनको रूपमा विकास गरेर केरा खेती प्रवद्र्धन गर्न विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ तर केरा जोनमा उत्पादित केरा अहिले बोटमै पाकेर नष्ट हुने अवस्था सृजना भएको छ ।

उखु खेतीबाट पलायन भएका किसानहरू केरा खेतीतर्फ आकर्षित भएपछि सुस्ता र प्रतापपुर गाउँपालिकामा केरा खेती गर्ने किसानको संख्या ह्वात्तै बढेको थियो ।

भारतबाट सस्तोमा केरा आयात हुँदा स्थानीय उत्पादनले बजार पाउन नसकेपछि यस वर्ष किसान निराश भएका छन । अबको एक दुई हप्ता भित्र केरा बिक्री नभए सबै नष्ट भएर जाने केरा उत्पादक सङ्घका अध्यक्ष लख्खु यादवले बताए ।

सरकारले तत्कालै स्थानीय उत्पादनको बिक्री हुने व्यवस्था नगरे किसानहरू सडकमा आउने अवस्था हुने उनको भनाई छ । “खेतमा सबै केरा पाकेर झरेको छ, कतिपय पशुलाई खुवाउनु परेको छ, किसानहरू असाध्यै पीडामा छन्, यादवले भने ।”

जमिन भाडामा लिएर केरा खेती गरेका किसानहरू झनै पीडामा छन् । केरा खेतीबाट मनग्ये आम्दानी हुने ठानेर जमिनको भाडा तिरेर केरा खेती गरेका किसानहरू अहिले २० रूपैयाँप्रति दर्जनमा समेत केरा बिक्री नहुँदा पीडामा छन् ।

सुस्ता–४ नर्सहीकी चोखमाया घलेले दैनिक पशुहरूलाई केराको घरी काटेर खुवाउँदै आएको बताइन् । जमिन भाडामा लिएर केरा खेती गरेकी घलेको खेतमा केरा पाकेर भुईँभरि खसेको छ ।

“यस्तो अवस्था आउला भनेर सोचेको पनि थिइन, अब ऋण कसरी तिर्ने परिवार कसरी चलाउने रुन मन लाग्छ घलेले भनिन् ।” गत वर्ष ४५ रुपैयाँ प्रति दर्जन सम्ममा केरा बिक्री गरेका किसानहरू यस वर्ष प्रति दर्जन २० रुपैयाँमा केरा बिक्री गर्न समेत कठिन भएको गुनासो गर्छन्

केरा उत्पादक सङ्घ नवलपरासीका अध्यक्ष यादवले निकै सस्तोमा केरा खरिदका लागि व्यापारी आउन थालेको बताउँदै कम मूल्यमा बेचेर किसानको आधा लागत समेत नउठ्ने बताए ।

नवलपरासीको सुस्ता, प्रतापपुर र सरावलमा झन्डै १८ सय बिगाहा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । अहिले नवलपरासीमा झन्डै एक लाख मेट्रिक टन केरा बिक्रीका लागि तयार भएको केरा उत्पादक सङ्घले जनाएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ रुपन्देहीका प्रमुख नारायण काफ्लेले सिँचाई पूर्वाधार विकास, बिउ बिजन लगायतका विभिन्न कार्यक्रममा सहयोग गर्दे आएको भए पनि केरामा बजारीकरणको ठुलो समस्या देखिएको बताए ।

नवलपरासीमा यस वर्ष दश प्रतिशतले केरा खेतीको क्षेत्रफल विस्तार भएको छ । तर केराले उचित मूल्य नपाउँदा फेरि केरा खेतीबाट पनि पलायन हुनुपर्ने अवस्था सृजना भएको किसानहरूले बताएका छन् ।

लुम्बिनी प्रदेशमा भैरहवा र नेपालगन्ज भन्सार कार्यालयबाट अहिले भारतीय केराको आयात हुँदै आएको छ । बेलहिया नाकाबाट प्रति दिन ८० मेट्रिकटनका दरले केरा आयात भइरहेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

भारतमा उत्पादन लागत सस्तो पर्ने भएकाले भन्सार बाट अहिले धमाधम सस्तोमा भारतीय केरा आयात भइरहेको छ । अहिले नेपाली उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले भारतीय केराको आयात रोक्नुपर्नेमा किसानहरूको जोड छ ।

कहाँ गयो चौधरीको केराका परिकार बनाउने उद्योग ?
अहिले प्रतापपुर र सुस्ताका केरा किसान आफ्नै केराको बगान हेरेर रुनुपर्ने अवस्थामा पुगेका छन् । खेत भरी केराको घरी तयारी अवस्थामा छ तर बिक्री छैन । यस्तो अवस्थामा स्थानीयदेखि प्रदेश तथा केन्द्र सम्म कुनै पनि निकायले चासो नदिएको किसानहरूको गुनासो छ ।

जनताले चुनेका प्रतिनिधिहरू किसानको पीडामा नजिक सम्म पर्दैनन् । सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य तथा नेपालका एक मात्र डलर अर्वपती बिनोद चौधरीले चुनावताका उखु र केरा किसानका समस्या सधैँका लागि समाधान गर्ने आश्वासन बाँडेका थिए ।

तर अहिले चौधरी कुन दुलोमा छन् थाहा छैन, न उखु किसानले अनुदान नपाउँदा उनी देखिन्छन् नत केरा किसानको पीडामा नै उनी साथमा छन् ।

चौधरीले सुस्ता–३ श्रीनगरमा केरा प्रशोधन उद्योग स्थापना गर्ने घोषणा गर्दै उद्योगको शिलान्यास समेत गरेका थिए । “सिजी स्न्याक्स प्रालि” को नाममा केराका आइसक्रिमदेखि चिप्स सम्मका विभिन्न परिकार बनाउने गरी उद्योग स्थापना गर्न चौधरीले जग्गा समेत खरिद गरेका थिए ।

तर चौधरीको उद्योग गफमा मात्र सीमित भएको किसानको गुनासो छ । सुस्ता नर्सहीका नारायण बहादुर ठकुरीले केराको चिप्स बनाउने उद्योग खोल्छु भनेका चौधरी कहाँ गए भन्दै प्रश्न गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?