ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

योमरी पुन्ही विशेष कार्यक्रम

२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

बुटवल, २२ मंसिर ।

योमरी पुन्युको अवसर पारेर रुपन्देहीमा क्रियाशिल संघसंस्थाहरुले विभिन्न कार्यक्रम गरी मनाएका छन् । नेवार समुदायका नया पुस्ताका युवाहरु आफनो संस्कृति बुझाउने उद्देश्यका भिमसेन नेवाः समाजले तिलोत्तमा नगरपालिका–३ स्थित शान्ति चोकमा मंसिर २१ र २२ गते दुई दिन नेवारी खाजा महोत्सव गरेको छ । यसैगरी ‘संस्कृतिको जगेर्ना हाम्रो दायित्व’ भन्ने नाराका साथ तिलोत्तमा नेवा मयजु खलद्वारा गोलपार्कमा यः मरी पुन्ही कार्यक्रम गरेको छ । चोकमा स्टल प्रदर्शन गरेर योमरीको बारे प्रचारप्रसार गरिएको मयजुका अध्यक्ष मिलन श्रेष्ठले बताईन् ।

रुपन्देहीकै पूरानो नेवाः पुच नेवा समाज विकास परिषदले योमरी पुन्ही विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको भवनमा विहीबार योमरी पुन्ही शुभकामना तथा प्रदेश सभा सदस्यमा विजयी भोजप्रसाद श्रेष्ठलाई सम्मान गरेको हो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री भोजप्रसाद श्रेष्ठले नेवारी समुदायमा रहेका संस्कार, संस्कृतिहरुको संरक्षण गर्न संस्थागत लाग्नुपर्ने बताए ।

ऐतिहासिक, सांस्कृतिक महत्व बोकेको विभिन्न पर्व र रितितिथिहरुलाई सबै समुदायलाई नै उपयोगी समेत रहेको उनले दाबी गरे । लुम्बिनी प्रदेशका जनताबाट पाएको जनमतलाई सही ढंगबाट कार्यान्वयनको पाटोमा लाग्ने प्रतिपद्घता जनाए । राजनीति समाज परिवर्तनको एउटा पाटो भएको भन्दै यसलाई बदनामिबाट बचाउनु आवश्कता भएको बताए । नया पिंढिलाई समेत राजनीतिप्रतिको वितृष्णा हटाउने गरी प्रमुख राजनीतिक दलहरुको नेतृत्वको काँधमा आएको बताए । जनताको पक्षमा काम गर्न सकेमात्र अब राजनीति सही गोरेटोमा आउने उनले बताए । नेवारहरुको संस्कार, संस्कृति नया पुस्तामा सिकाउने गरी अघि बढ्न जरुरी रहेको उनले बताए । संविधानले नेपालमा रहेका सबै भाषाभाषी, धर्मसंस्कृतिलाई सम्बोधन गरेको भन्दै यसमा टेकेर क्रियाकलापहरु अघि बढाउनुपर्ने बताए ।

वडा नं ९ का वडाअध्यक्ष प्रदिप श्रेष्ठले नेवार समुदायमा योमरी पुर्णिमाको विशेष महत्व रहेको भन्दै नया अन्नबाली भित्र्याउने पर्वका रुपमा रहेको बताए । भकारीमा अंन्नबालीसंगै भगवानका रुपमा योमरी पुन्य मनाउने गरिएको उनले बताए ।

कार्यक्रममा पुचका अध्यक्ष काजीमान श्रेष्ठले नेवारीले काठमाडौ बाहिर नेवारी परम्परा, संस्कृति जगेर्ना गर्न संस्थागत रुपमा आफुहरु लागेको बताए । योमरी पुन्ही पर्वलाई भेटघाट र छलफल गर्ने गरी सामाजिक विकास गर्ने काममा सहयोगी हुने गरी लागेको उनले बताए । नेवार समुदायको मात्र नभई यो सबैको साझा पर्व भएको भन्दै किसानहरुको खुशियाली मनाउने रुपमा भएको उनले बताए । चौथो वर्षमा लगातार कार्यक्रम गरिएको उनले बताए । १२ वटा प्रतिनिधिमुलक संस्थाहरु रुपन्देहीमा रहेको उनले बताए। जनप्रतिनिधिहरुले आफनो मुद्दालाई विशेष प्राथमिकता दिन उनले आग्रह गरे । प्रदेश सरकारले नेवारका विशेष पर्वमा जाईजात्रामा सार्वजनिक विदाको ब्यवस्थापन गर्न यसअघि सरकारमा पटकपटक पहल गरेको र अब नया सरकारबाट घोषणा गर्न सुझाव दिए ।

कार्यक्रममा सल्लाहकार लवकुश श्रेष्ठ, भिमसेन नेवा समाजका अध्यक्ष लिलाप्रसाद श्रेष्ठ, चिरञ्जीवी जोशी, सचिव लक्ष्मि श्रेष्ठले कला, धर्म, संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?