ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

स्वदेशमै योगेशले देखेको आत्मनिर्भरको बाटो

१६ भाद्र २०८२, सोमबार
१६ भाद्र २०८२, सोमबार

नेपालगन्ज, १६ भदौ ।

दैलेखका २५ वर्षीय युवा योगेश सिंह ठकुरी अहिले बाँकेमा कृषिमा आत्मनिर्भर हुँदै पर्यटनसँग जोडिएको जीवन्त उदाहरण बनेका छन् । बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयास्थित “भरैया फार्मस्टे” सञ्चालन गरेर उनले पर्यटकलाई आकर्षित गर्ने मात्र होइन, गाउँलाई नयाँ पहिचान दिन थालेका छन् ।

करिब ७ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा उनले २८ वटा रुद्राक्षका बोटसँगै एक सय ८ प्रजातिका बिरुवा हुर्काइरहेका छन् ।

अन्न बाली धान, मकै, कोदो र स्थानीय तरकारी खेतीसँगै भैँसी, बाख्रा, लोकल कुखुरा, हाँस र माछासम्म पालेर उनले गाउँकै बिचमा आधुनिक कृषि–पर्यटनको नमुना देखाएका छन् ।

फार्मभित्रै अर्ग्यानिक खानेकुरा खुवाउने र गाउँघरमै बसेको अनुभूति दिलाउने ‘फार्मस्टे’ पनि उनले गत साउन १५ गतेदेखि सुरु गरेका हुन् । सुरु भएको एक महिनाभित्रै दैनिक ५० देखि सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ भित्रिन थालेका छन् ।

“यहाँ अर्ग्यानिक खाना खान, रुद्राक्ष र जडीबुटी हेर्न, रैथाने बालीबारे बुझ्न धेरै आउने गरेका छन् । कतिपय त केवल रुद्राक्षको बोट अवलोकन गर्नकै लागि आउँछन्,” योगेशले हाँस्दै भने ।

भरैया गाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्छ । उत्तरतर्फ सल्यान र दाङलाई छुट्याउने अग्ला चुरे पहाड, पूर्व–दक्षिणतर्फ फैलिएको घना जङ्गलले गाउँलाई अझ रमणीय बनाएको छ । बजारको कोलाहलबाट टाढा, हरियाली र शान्त वातावरण खोज्ने पर्यटकका लागि यो ठाउँ अहिले रोजाइमा परेको छ ।

यो सपना भने योगेश एक्लैले पूरा गरेका होइनन् । उनका बुवा गणेशबहादुर सिंह, आमा राजकुमारी सिंह, हजुरआमा, भाइ–बुहारीसहित करिब १० जनाको परिवारै फार्मभित्रै बस्दै यस व्यवसायलाई जीवन्त बनाइरहेका छन् ।

“छोरोले विदेश जानेभन्दा यहीँ केही गरोस् भनेर कृषि विषय पढायौँ । अहिले उसको व्यवसायले दुई भाइलाई पनि रोजगारी दिएको छ । हामीलाई गर्व छ,” योगेशका बुवा गणेशबहादुरले सुनाए । योगेशको बुवाको शब्दमा लामो सङ्घर्षको कथा लुकेको छ ।

उनले करिब १५ वर्षसम्म ‘कालापाहाड’ भोगे, भारतमा रोजगारी गरेर परिवारको खर्च जुटाए । “आज सबै परिवार एउटै ठाउँमा बसेर दुःख–सुख बाँड्न पाइरहेको छौँ । यही हाम्रो सम्पत्ति हो,” उनी थप्छन् ।

तर, आमा राजकुमारीको चाहिँ फरक सपना थियो । “मैले त छोरो विदेश गएर सुकिलोमुकिलो भएर आरामको जीवन बिताओस् भन्ने सोचेकी थिएँ । छोराछोरी जस्तै उसले पनि विदेशमा पैसा कमाओस् भन्ने लाग्थ्यो । तर ऊ मानेन । अहिले त उसको निर्णय सही रहेछ जस्तो लाग्छ,” आमा भावुक हुँदै भन्छिन् ।

योगेशले विक्रम संवत् २०७६ सालमा सुर्खेतको बड्डीचौर स्थित जनज्योति माध्यमिक विद्यालयबाट ३ वर्षे कृषि र भेटेनरी अध्ययन पूरा गरेका थिए । त्यसपछि नेपालगन्ज उपमहानगरपालिका–१४ भवनियापुरस्थित २२ बिघा क्षेत्रफलमा फैलिएको आँप बगैँचामा केही वर्ष कृषि व्यवसाय सञ्चालन गरे ।

कृषिकै क्षेत्रमा प्रख्यात झापास्थित गोल्डेन ग्रुपमा म्यानेजरको रूपमा काम गरेर अनुभव बटुलेपछि बाँकेमै फर्किएर आफ्नै उद्यम सुरु गर्ने निर्णय गरे । ‘‘पढाइकै क्रममा पढ्दै कमाउँदै कार्यक्रमले धेरै कुरा सिकायो । विदेश जाने भन्दा स्वदेशमै केही नयाँ गरेर बस्ने योजनामा छु । अहिले त्यो सपना बिस्तारै पूरा हुँदै छ,” उनी भन्छन् ।

फार्ममा दैनिक किसान मात्र नभई कृषि विषयका विद्यार्थीहरू पनि पुग्छन् । योगेशले यस वर्षदेखि जनज्योति माध्यमिक विद्यालय बड्डीचौर सुर्खेतमा भर्ना हुने विद्यार्थीलाई आफ्नै फार्ममा प्रयोगात्मक कक्षा दिने योजना बनाएका छन् ।

अहिले नै बाँकेका विभिन्न विद्यालयका शिक्षक–विद्यार्थी अवलोकनमा आउन थालेका छन् । “विद्यार्थीलाई खेतमै सिकाउन पाए, उनीहरूले जीवनभर प्रयोग गर्न सक्ने सीप पाउँछन् । यसले हाम्रो फार्मलाई पनि थप मूल्य थप्छ,” उनी सुनाउँछन् ।

धेरै युवाहरू रोजगारीको खोजीमा बिदेसिँदै गर्दा योगेशले भने स्वदेशमै सम्भावना देखे । परिवारसँगै बसेर कृषिलाई पेसा बनाउन सकिन्छ भन्ने देखाएर उनले अरूलाई पनि प्रेरणा दिएका छन् ।

छोटो समयमा कृषिका विद्यार्थी र पर्यटक दुवैलाई आकर्षित गर्न सफल भएका उनले आगामी दिनमा फार्मस्टेलाई अझ ठुलो बनाउन चाहेको बताए । “कृषि र पर्यटनलाई जोडेर नै गाउँलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा मलाई पूर्ण विश्वास छ,” उनले दृढतासाथ भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?