ट्रेंडिंग:

>> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की

मुसिकोटमा मकैको आटो ब्राण्डिङ्

१५ भाद्र २०८२, आइतबार
१५ भाद्र २०८२, आइतबार

गुल्मी, १५ भदौ । 

जिल्लाको पहिलो पटक मकैको आटो ब्राण्डिङ् गरी बजारीकरण सुरु गरिएको छ । मुसिकोट नगरपालिका –३ स्थित साना किसान कृषि सहकारी संस्थाले फेदी गाउँमा खाद्य प्रशोधन उद्योग स्थापना गरेर मुसिकोटे मकैको आटोको ब्राण्डिङ्सँगै त्यसको बजारीकरण समेत सुरु गरेको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई गुल्मीले आटोको ब्राण्डिङ्मा सहयोग गरेको छ । तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मुसिकोट नगरपालिका र कृषि ज्ञान केन्द्रबाट ७३ लाख रुपैयाँ र साना किसान सहकारी संस्थाको १६ लाख ५० हजार गरी भवन निर्माणदेखि मकैको आटो बजारीकरणसम्म करिब ९० लाख खर्च भएको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि छन्तेलले जानकारी दिएका छन् ।

साना किसान सहकारीले स्थानीय किसानहरूको मकै प्रति पाथी २०० रुपैयाँमा खरिद गरी प्रशोधन र लेबलिङ्ग, प्याकेजिङ गरेर शनिवारदेखि औपचारिक रूपमा बजारमा पठाइएको छ ।

अहिले मकैको आटोलाई प्रतिकिलो एक सय ३० रुपैयाँ पर्ने प्याकेट बजारमा ल्याएको छ । त्यसै गरी साना किसानले २५ किलोको बोरामा प्याकिङ गरेर आटो बजारमा ल्याएको हो ।

सहकारी मार्फत स्थानीय बजार हुँदै बुटवल र काठमाडौँसम्म कम्तीमा ३५ टन जति आटो बिक्री गर्ने लक्ष्य रहेको साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक विवेक पेमीले जानकारी दिए ।

उनले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै गाउँको गुणस्तरीय उत्पादनको उपभोग सहरसम्म पु¥याउने आफूहरूको मुख्य उद्देश्य रहेको बताए । मध्य पहाडी क्षेत्रमा उत्पादित मनकामना, देउती र रामपुर कम्पोजिट जातका मकै स्वास्थ्य र स्वादको हिसाबले राम्रो, मिठो र स्वादिलो हुने भएकाले पहिलो चरणमा मकैको आटो र पिठोलाई सहकारी मार्फत बजारमा पठाइएको पेमीले बताए ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम मकैको प्रशोधन गर्ने उपकरण, लेवलिङ्ग, र प्याकेजिङ्गमा आफूहरूले ८५% अनुदानमा सहयोग उपलब्ध गराइएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम गुल्मीका प्रमुख रमेश जैसवालले जानकारी दिए ।

मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल जीवनले गाउँमा केही भएन भनेर भाष्य निर्माण गर्नेहरूका लागि मेहनत गरे केही हुन्छ, भन्ने साना किसान सहकारीले राम्रो उदाहरण प्रस्तुत गरेको बताए ।

उनले मुसिकोटे आटोलाई बजारीकरण गर्नका लागि नगरबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रशोधन उद्योगले कृषि उपजको प्रवर्द्धनमा समेत थप मद्दत पुराउने बताएका थिए ।

२०६३ सालमा स्थापना भएको उक्त साना किसान कृषि सहकारी संस्थाले मुसिकोट नगरपालिका अन्तर्गत २, ३ र ४ वडाका करिब तीन सय घरधुरीलाई प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?