ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

कसरी हरायो बाँकेमा माटोको उर्वरा शक्ति ?

९५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ नरहेको नतिजा
२२ मंसिर २०७९, बिहीबार
२२ मंसिर २०७९, बिहीबार

बाँके, २२ मंसिर ।

बाँके जिल्लामा माटोको उर्वरा शक्ति क्रमिक रूपमा ह्रास हुँदै गएको एक अध्ययनले देखाएको छ । माटो तथा मल परीक्षण कार्यशाला खजुराले माटोको उर्वरा शक्ति खस्किँदै गएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रयोगशालाका प्रमुख तथा बाली संरक्षण अधिकृत कमल शाहीका अनुसार नेपालमा पहिलोपटक ३२ वर्षअघि ५५ जिल्लामा माटो सर्भे भएको थियो । पछि साविक ७५ वटै जिल्लामा माटो परीक्षण गर्दा उर्वरा शक्ति ह्रास, प्राङ्गारिक पदार्थ घटिरहेको र माटो अम्लीय वा क्षारीय बन्दै गएको छ । उनले नेपालमा माटोको उर्वरा शक्तिको स्थिति हेर्दा हिमाल, पहाडभन्दा तराई–मधेसको माटोको उर्वरा शक्ति कमजोर देखिएको बताए ।

माटो निर्देशनालयको प्रतिवेदन अनुसार सबैभन्दा बढी तराई र मधेसका आठ जिल्लामा धेरै माटोको उर्वरा शक्ति ह्रास भएको छ । तीमध्ये बाँके जिल्ला पनि एक हो । प्रयोगशालाले बाँकेमा आर्थिक वर्ष २०७७÷ ७८ र २०७८÷७९ मा कुल नौ सय ४९ वटा माटोको नमूना जाँच गरेको थियो । तीमध्ये दुई सय २१ मा अम्लियपना, तीन सय ४७ मा तटस्थता र तीन सय ८१ मा क्षारीयपना देखिएको प्रयोगशालाले जनाएको छ ।

तीनमध्ये बाँकेमा सबैभन्दा धेरै ४० प्रतिशत माटोमा क्षारीयपना रहेको छ भने २३ प्रतिशत माटोमा अम्लियपना र ३७ प्रतिशत माटो तटस्थ अवस्थामा रहेको छ । बाँकेको माटोको प्राङ्गारिक पदार्थ जाँच र विश्लेषण गर्दा ९५ प्रतिशत माटोमा प्राङ्गारिक पदार्थ नरहेको पाइएको छ । माटोको उर्वरा शक्ति बढाउन कृषकलाई गोठेमल उत्पादनमा जोड, चुना तथा जिप्समको प्रयोग र भकारो सुधार कार्यक्रमको निरन्तरता तथा नियमित माटो जाँच गर्नेलगायतका प्रयास भइरहेको बाली संरक्षण अधिकृत शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?